२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

ओस्कार अवार्डमा ुद हर्ट लकरु सर्वोत्कृष्ट

लस् एन्जसल÷एजेन्सी- सिने पुरस्कारमा ८२ वर्षीय इतिहास बोकेको विश्वकै चर्चित ओस्कार अवार्डमा पहिलो पटक महिला निर्देशकको फिल्म ६ ओटा अवार्ड जित्दै सर्वोत्कृष्ट भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसकै दिन हलिउडकी महिला निर्देशक क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड जितेकी हुन् । ुद हर्ट लकरुबाट निर्देशकको अवार्ड जितेर क्याथरिनले नयाँ इतिहास बनाएकी छन् । आफ्ना पूर्वपति जेम्स क्यामरुनको सशक्त मानिएको फिल्म ुअवतारुलाई पछि पार्दै क्याथरिनको फिल्म द हर्ट लकरले उत्कृष्ट फिल्मको ओस्कार अवार्ड जित्यो । उनको फिल्म द हर्ट लकर इराक युद्धमाथि केन्द्रित छ ।
कोडाकको भव्य थिएटरमा आइतबार अबेर राति सम्पन्न ओस्कार अवार्डमा क्याथरिनको द हर्ट लकरले उत्कृष्ट फिल्म र निर्देशनसहित ६ विधामा अवार्ड जितेको छ । यो सिनेमा नौ ओटा विधामा मनोनयन भएको थियो । त्यस्तै जेम्स क्यामरुनको फिल्म अवतार पनि नौ ओटा विधामा मनोनयनमा परेको थियो । तर अवतारले तीनओटा अवार्डमा चित्त बुझाउनुपर् यो । अवतारले कला निर्देशन छायाँकन र भिजुअल इफेक्ट गरी तीन विधामा चित्त बुझाउनुपर् यो ।
फिल्म ुक्रेजी हर्टुले उत्कृष्ट अभिनेता र संगीततर्फ गीत गरी दुइ ओटा ओस्कार अवार्ड हासिल गर् यो । त्रेुजी हर्टबाट विजेसले उत्कृष्ट अभिनेताको अवार्ड जिते । मनोनयनमा परेका आफ्ना प्रतिस्पर्धी अभिनेताहरु जर्ज क्लोनी कोलिन फर्थ मार्गन पि्रुमेनलाई पछि पार्दै जेफले अभिनेताको अवार्ड जितेका हुन् । ुक्रेजी हर्टुमा उनले एक गायकको भूमिका निर्वाह गरेका थिए ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म ुद ब्लाइन्ड साइडुबाट सान्ड्रा बुलकले प्राप्त गरिन् ।
सहअभिनेताको अवार्ड अभिनेता कि्रस्टफ वाल्ट्जले हासिल गरे । फिल्म ुइंग्लोरियस बास्टर्डस्ुमा आफूले निर्वाह गरेको क्रुर नाजी अधिकारीको भूमिकाबाट उनले यो अवार्ड जितेका हुन् । सो फिल्म द्वितीय विश्वयुद्धमा आधारित थियो ।
यस्तै फिल्म पि्रशियसमा क्रुर आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री मोनिकाले सो फिल्मबाट सहअभिनेत्रीको ओस्कार अवार्ड प्राप्त गरिन् । फिल्म पि्रशियसबाट नै जेफरी फ्लेचरले लेखन रुपान्तरित् पटकथाको अवार्ड जिते ।
विदेशी भाषाको फिल्म विधामा अर्जेन्टिनाको फिल्म ुद सेक्रेट इन देयर आइजुले ओस्कार अवार्ड प्राप्त गर् यो ।
त्यस्तै एनिमेटेड फिचर फिल्मको अवार्डुअपुले जित्यो भने डक्युमेन्ट्रीफिचरको अवार्ड ुद कोबुले हासिल गर् यो ।
डक्युमेन्ट्री सर्टको अवार्ड भने वृत्तचित्र ुम्युजिक बाई प्रुडेंसुको पोल्टामा पर् यो ।
ओस्कार अवार्ड समारोहमा विश्वप्रसिद्ध कलाकारहरु माइकल ज्याक्सन बि्रट्नी मर्फी जेन साइमन्सलाई श्रद्धााजली व्यक्त गरिएको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी