© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
काठमाडौ÷रास- युनिटी कि्रष्टल वायो इनर्जि लिमिटेडले व्यवसायीक सजिवन खेतीबाट आगामी सात वर्षमा नेपाललाई इन्धन मुक्त देस बनाउने दावी गरेको छ ।
अहिलेसम्म त्यसै खेर गईरहेका पाखा बारी भिर पखेरो खोलाको बगर र खेती योग्य जमिनमा सजिलै उत्पादन गर्न सकिने सजिवनको व्यवसायीक खेतीको माध्यामबाट नेपाललाई इन्धनबाट आत्मनिर्भर बनाउने अभियानकासाथ सो दावी गरेको युनिटीले जनाएको छ ।
युनिटीले सजिवनको तेलबाट वायोडिजेल उत्पादन गर्ने उदेस्यकासाथ सजिवनको व्यवसायीक खेती शुरु गरेको बताएको छ । सो जानकारी दिन युनिटी लाईफ ईन्टरनेशनल लिमिटेडद्धारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका अध्यक्ष काशीराम गुरुङले दश हजार हेक्टर जमिनमा सजिवन खेती लगाएर परिक्षण समेत गरिसकेको बताए ।
उनले इन्धन खाडीमा होइन झाडीमा हुन्छ भन्ने नाराकासाथ अभियानकै रुपमा अहिले युनिटीले व्यवसायीक सजिवनको खेती सुरु गरेको बताए । यस कार्यलाई विस्तार गर्नकालागि हाल एक लाख किलो बिउ ल्याई गाउँ गाउँका खाली जमिनमा सजिवन खेती लगाउने कार्यलाई तिब्रताकासाथ अगाडी बढाएको जानकारी दिँदै उनले आगामी ७ वर्षमा करिब २ अर्ब लिटर बायोडिजेल उत्पादन गर्ने लक्ष्य लिएको बताए ।
स्वास्थ्य शिक्षा सुरक्षा रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटीले सन् २०१७ सम्ममा नेपाललाई इन्धनमुक्त देश बनाउने दावी गरेको छ । युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीले ग्रामिण भेगका जनताको आयस्तर बढाउन र देशलाई इन्धनमा आत्मनिर्भर बनाउन नीजी व्यवसायीको प्रयासमा युनिटीले सजिवन खेती शुरु गरेको बताए ।
Comments0
Leave Comments