© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
भैरहवा÷रास- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को अध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन् ।
शुक्रबारदेखि भैरहवामा जारी दसौं राष्ट्रिय महाधिवेशनले खड्कालाई दुई वर्षका लागि सो पदमा निर्विरोध निर्वाचित गरेको हो । २०५६ देखि ६० सम्म दुई पटक अध्यक्ष रहिसकेका खड्का पछिल्लो समयमा प्याब्सनको प्रमुख सल्लाहकार र संरक्षक थिए । प्याब्सनको विधानमा लगातार दुई कार्यकालसम्म दुई-दुई वर्ष मात्र अध्यक्ष पदमा रहन पाउने प्रावधान छ ।
ललितपुरस्थित जेम्स स्कुलका संस्थापक खड्काले अध्यक्षमा निर्वाचित भएपछि राजधानीसँग कुरा गर्दै यसअघिको कार्यसमितिले उठाएका म्यान्डेटलाई पूरा गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले लगाएको एक प्रतिशत शिक्षा सेवा कर खारेजीको पक्षमा प्याब्सन रहेको जानकारी दिए । सरकारको शैक्षिक निकायमा देशभर प्याब्सनको प्रतिनिधित्व हुनुपर्ने र साना तथा म´ाैला निजी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आपुू लाग्ने उनको भनाइ थियो ।
खड्काले निजी विद्यालयको सन्दर्भमा ुनिजी तथा संस्थागत शिक्षा ऐनुका लागि आपुूले पहल गर्ने प्रतिबद्धता जनाए ।
महाधिवेशनले कोषाध्यक्षमा महेश श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन स्कुलका संस्थापक पि्र_िन्सपल हुन् । यसअघि उनी प्याब्सनको केन्द्रीय सदस्य थिए ।
महाधिवेशनले निर्वाचनमार्फत एक वरिष्ठ उपाध्यक्ष पाँच क्षेत्रीय उपाध्यक्ष एक महिला उपाध्यक्ष महासचिव सचिव र सदस्यहरु चयन गर्नेछ । महासचिव पदका लागि पूर्वमहासचिव टीआर ढकाल र विजय सम्बाहाम्फेले उम्मेदवारी दिएका छन् ।
Comments0
Leave Comments