© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
पर्शुराम काफ्ले÷राजधानी
काठमाडौं २३ फागुन
-अनमिन प्रमुख करिन ल्यानग्रेनद्वारा पार्टीलाई भित्री रुपमा सहयोग प्राप्त
-ुजनमुक्ति सेनाु ुजनविद्रोहु का लागि सबैभन्दा ठूलो शक्ति
-समायोजन गर्दा सुरक्षा निकायको दोस्रोदेखि महŒवपूर्ण पद लिइने
-सेना समायोजनको प्रकि्रया पार्टीलाई फाइदा हुने गरी कछुवाको गतिमा
-सेना समायोजनपछि क्रमशः पूरै सेना माओवादी नियन्त्रणमा
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आगामी १४ जेठपछि जनविद्रोहमार्फत सत्ता र सुरक्षा निकायमाथि पूर्ण नियन्त्रण गर्ने गरी तयारी गर्न लडाकूहरुलाई निर्देश्ान दिएका छन् ।
पार्टीअन्तर्गत्ा रहेका लडाकूहरुको बटालियन सहकमान्डरदेखि डिभिजन कमान्डरसम्मलाई १७ फागुनमा शक्तिखोरस्थित तेस्रो डिभिजनमा आयोजित प्रशिक्षणमा प्रचण्डले जनविद्रोहमा जानुपर्ने समय नजिकिँदै गरेको भन्दै त्यस्तो निर्देशन दिएका हुन् ।
राजधानीलाई प्राप्त गोप्य विवरणअनुसार लडाकूहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले संयुक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले पार्टीलाई भित्री रुपमा सहयोग गरेको समेत दाबी गरेका छन् ।
ुअब हामीहरु जंगल पस्दैनौं बरु प्रतिकि्रयावादीहरुले काम गर्न नदिए जनविद्रोह गरिने भएकाले त्यसका निम्ति ुजनमुक्ति सेनाु नै सबैभन्दा ठूलो शक्ति होु प्राप्त विवरणअनुसार प्रचण्डले लडाकूहरुलाई हौस्याउँदै भनेका छन् ुनेपाली कांग्रेस र एमाले संविधान बनाउन बाधाको रुपमा रहेकाले जनविद्रोहमार्फत नै सत्ताकब्जा गरी अगाडि बढ्ने पार्टीको सोच छ ।ु
अध्यक्ष प्रचण्डले आइत्ाबार पार्टी सम्बद्ध योङ कम्युनिस्ट लिग वाईसीएलको केन्द्रीय समिति बैठकमा पनि तोकिएको मितिमा संविधान बन्ने सम्भावना न्यून रहेको भन्दै जनविद्रोहका लागि तयारी गर्न निर्देशन दिएका छन् ।
ुसकेसम्म संविधान निर्माणका लागि दबाब दिन युवा अभियान साचालन गर्नूस् यदि त्यसविरुद्ध षड्यन्त्र हुन्छ भने निरंशुकतावादीहरु विरुद्ध विद्रोह गर्नुको विकल्प हुँदैनु वाईसीएल बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै वाईसीएल नेता चन्द्रबहादुर थापा सागरले राजधानीसँग भने । सागरका अनुसार प्रचण्डले पार्टी कार्यकर्तामाथि आक्रमण भएमा जस्ताको तस्तै प्रतिरोध गर्न पनि निर्देशन दिएका छन् ।
१८ पुस २०६४ मा चितवनको शक्तिखोरस्थित शिविरमा आयोजित प्रशिक्षणमा प्रचण्डले लडाकूहरुको संख्यामा तेब्बर भर्ती गरिएको सुरक्षा निकायमा आफ्नो हस्तक्षेप बढाउने गरी समायोजन गर्न लागिएको भन्दै दिएको प्रशिक्षणको निरन्तरताका रुपमा पछिल्ल्ााे प्रशिक्षणको विवरण खुलासा भएको हो । तर प्रचण्डले पछिल्लो प्रशिक्षणमा यसअघिको भिडियो टेप प्रकरणजस्तो ुबदनाम भएर नआवस्ु भन्दै आफ्ना कुरा गोप्य राख्न निर्देशनसमेत दिएका छन् ।
लडाकूहरुलाई प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समिति मातहत ल्याउने गृहकार्य भइरहेका बेला पछिल्ल्ााे पटक दिएको प्रशिक्षणमा प्रचण्डले सुरक्षा निकायको दोस्रोदेखि महŒवपूर्ण पद लिएर लडाकू समायोजन गर्ने आश्वासन दिएका छन् ।
ुसामूहिक रुपमा सेनामा समायोजन गर्ने उद्देश्यले नै पार्टीले अहिले संविधान निर्माण सँगसँगै सेना समायोजन गर्नुपर्छ भन्ने विषय अघि सारेको होु उनले लडाकूहरुलाई भनेका छन् ुसेना समायोजन गर्दा हामीले पहिलो पद लिँदा अन्तर्राष्ट्रिय समुदायले समेत किचलो झिक्ने भएकाले हामी दोस्रोदेखि विभिन्न महŒवपूर्ण पद लिने विचारमा छौं ।ु
प्रचण्डले १० हजार लडाकू चाँडै समायोजन हुने दाबी गर्दै विश्वस्त भएर शिविरमा रहन पनि निर्देश्ान दिएको गोप्य विवरणमा उल्लेख छ ।
प्रचण्डले सेना समायोजनको प्रकि्रया पार्टीलाई फाइदा हुने गरी कछुवाको गतिमा भइरहेको समेत बताएका छन् । ुसेना समायोजनपछि क्रमशः पूरै सेना नियन्त्रणमा आइहाल्ने भएकाले पार्टी कछुवाको गतिमा अघि बढेको होु उनले भनेका छन् ।
प्रचण्डले १४ जेठभित्र संविधान नबन्ने र समय थप्ने प्रस्ताव कांग्रेस र एमालेबाट आउने भविश्यवाणी गर्दै भनेका छन् ुत्यतिखेर जनविद्रोहको उपयुक्त माहोल बन्नेछ । त्यसबखत हामी आफैं सेना समायोजनको पोको हातमा लिई काम गर्नेछौं ।ु
अनमिन प्रमुख ल्यानग्रेनले भित्री रुपमा माओवादीलाई समर्थन गरेको दाबी गर्दै प्रचण्डले लडाकूहरुलाई भनेका छन् ुअनमिन प्रमुख करिन ल्यानग्रेनले हाम्रो पार्टीलाई भित्री हृदयदेखि सहयोग गरिरहेकाले विदेशमा समेत हाम्रो विषयमा राम्रो सन्देश गएको छ ।ु
लडाकूहरुको विस्तृत विवरण सरकारलाई उपलब्ध नगराएको आरोप खेप्दै आएकी ल्यानग्रेनले लडाकूहरुको समायोजन तथा पुनस्र्थापनाका बारेमा आइतबार मात्रै माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेकी छन् । स्रोतका अनुसार डा। भट्टराईले शान्ति प्रकि्रया टुंगोमा नपुगेसम्म नेपालमा अनमिनको भूमिका आवश्यक भएको भनाइ दोहोर् याएका छन् ।
यसैबीच माओवादी सम्वद्ध वाईसीएलले संबिधान निर्माण र राष्ट्रियताको
बिरोधीु ठहर् याइएकाहरु बिरुद्ध आगामी चैत्रदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।
Comments0
Leave Comments