© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
राजधानी समाचारदाता
काठमाडौं २४ फागुन
शासकीयस्वरुप र राज्यको पुनःसंरचनाबारे पार्टीको स्पष्ट धारणा बनाइ आगाडि बढ्न एमाले केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
शासकीयस्वरुप र राज्य पुनःसंरचनाबारे पार्टीले स्पष्ट अडानका साथ अघिबढ्न नसकेकाले संविधानसभामा दुविधा देखिएको भन्दै उनीहरुले यस विषयमा तत्काल आधिकारिक धारणा तय गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टी कार्यालय बल्खुमा जारी केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा सदस्यहरुले संविधान निर्माणका सवालमा पार्टी बोलीमा जति व्यवहारमा गम्भीर नभएको भन्दै आलोचनासमेत गरेका थिए ।
बैठकमा सहभागी एक सदस्यका अनुसार आइतबार बोल्ने अधिकांश सदस्यले संविधान निर्माणबारे पार्टीले आफ्नो चुनावी घोषणापत्रमा लेखिएका विषयलाई आधिकारिक मानी त्यसमै अडिग हुनु सुझाव
दिएका थिए ।
उनीहरुले एमालेले अघि सारेको मुद्दा एकातिर राखेर सहमतिको नाममा आफ्ना सबै अडान त्यागी अरुको शरण पर्ने शैली बन्द गर्न माग गरेका थिए । उनीहरुले राज्यको पुनःसंरचना गर्दा उच्चस्तरीय आयोग बनाइ आयोगबाटै राज्यको पुनःसंरचना गरिनुपनॆ्र अडिग रहन नेतृत्वलाई सुझाएका थिए ।
बैठकमा राज्यको शासकीय स्वरुपबारे भने फरक-फरक विचार प्रस्तुत भएको थियो । अध्यक्ष खनालनिकट मानिने घनश्याम भुसाल योगेश भट्टराईलगायतले जनताबाट चुनिएका प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा आलंकारिक राष्ट्रपति र वरिष्ठ नेता केपी ओलीनिकट मानिने गुरु बराल भानुभक्त ढकाल कृष्णगोपाल श्रेष्ठलगायतले संसदीय प्रणालीबाट चुनिने प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतीय व्यवस्थाबारे आ-आफ्नो विचार राखेका थिए ।
Comments0
Leave Comments