२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

बालिकाले बनाएको चित्र

काठमाडौं- राजधानीको बौद्धमा अवस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयको ६ कक्षामा अध्ययनरत रमिला भुजेल नेपालको नक्सा बनाउन व्यस्त थिइन् ।
भुजेलले बनाएको नेपालको नक्सा हेर्नका लागि उनकै सहपाठी र दर्शकको ठूलो भीड लागेको थियो । सेतो कपडामा उनले बनाएको नक्सा कुनै पोख्त कलाकारले बनाएको भन्दा कम थिएन ।
विकल्प बालशान्ति कार्यक्रमले एक सय अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आइतबार वसन्तपुरमा आयोजना गरिएकॊ बृहत् बालिका सामूहिक चित्रलेखन प्रतियोगितामा भुजेलले सो चित्र बनाएकी हुन् ।
शिक्षिकाको सहयोगमा आफूले चित्र बनाउन सिकेको बताउने भुजेलले राजधानीसँग भनिन् ुपहिलो पटक प्रतियोगितामा भाग लिएर चित्र बनाउन पाउँदा निकै खुसी लागेको छ ।ु
ुबालबालिका मैन्त्री संविधान निर्माण नयाँ नेपालको पहिचाहनु भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा उपत्यकाका ३५ विद्यालयका चार सय विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा महिलामात्र सहभागी रहेका थिए ।
पद्मकन्या उच्च माविमा ८ कक्षामा अध्ययनरत एसिका चन्द्रवंशीले महिलालाई अध्ययन गर्न सरकारले सजिलैसँग शिक्षा दिनुपर्ने संकेतपूर्ण चित्र बनाइन् । ुविद्यालय पढ्ने विद्यार्थीले पनि मानिसको मन छुने चित्र बनाउन सक्छन् भन्ने लागेको थिएन तर बनाएु एक शिक्षकले अचम्म मान्दै भने ।
सरकारले बालिका शिक्षाका लागि विभिन्न शैक्षिक कार्यक्रम ल्याएको भए पनि विद्यालय तह बाहिर रहेका हजारौं बालबालिका शिक्षाको अवसरबाट विाचत रहँदै आएका छन् । चन्द्रवंशीले एउटी बालिका विद्यालयमा अध्ययन गदै गरेकी र अर्कीले अध्ययन गर्न नपाएर घाँसको भारी बोक्दै गरेको चित्र बनाएकी थिइन् ।
सामूहिक चित्र लेखन प्रतियोगितामा बालिकाहरुले हिमाल पहाड विद्यालय घर सूर्यरुख महिलापुस्तक कलम मन्दिरलगायतका चित्रहरु बनाएका थिए । विकल्प शान्ति कार्यक्रमले चित्र बनाउनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका रंग बालिकालाई उपलब्ध गराएका थिए ।
नयाँ बन्ने संविधानमा बालबालिकाले अध्ययन गर्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्नका लागि दबाब दिने उदेश्यले चित्र प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका लीला भट्टराईले बताए ।
ुबालबालिकाले बनाएका चित्रमा पनि द्वन्द्वभन्दा शान्ति चाहेको देिखन्छु उनले भने । बालिकाले बनाएका चित्र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने कार्यक्रम रहेको छ । सबै चित्रलाई समान रुपमा हेर्ने भएकाले प्रतियोगितामा कुनै पनि चित्रलाई उत्कृष्ट नछुटुउने कार्यक्रम आयोजक संस्थाले गरे ।
ल प्रदीप न्यौपाने

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी