© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
रोम÷एजेन्सी- इटालियन सिरी ुएुको शनिबार राति भएको खेलमा एएस रोमा र एसी मिलानबीच गोलरहित बराबरी भएको छ । दुई शक्तिशाली टोलीबीचको खेलमा कुनै नतिजा ननिस्किएपछि शीर्ष टोली इन्टरलाई झन् फाइदा पुगेको छ । यसअघि भएको खेलमा फाबियो ग्रोसोको निर्णायक गोलमा युभेन्ट्सले फियोरेन्टिनालाई २-१ ले पराजति गर् यो । फियोरेन्टिना पछिल्लो नौ खेलमा एकमा मात्र विजय हात पार्न सफल भएको छ । खराब फर्ममा रहेको फियारेन्टिनाको च्यामिपयन्स लिगको तयारीमा पनि धक्का लागेको छ । सो क्लब चौथो स्थानमा रहेको युभेनट्सभन्दा नौ अंक पछाडी रहेको छ ।
ब्राजिलियन डिएगोले युभेनट्सलाई अग्रता दिलाएको खेलमा मासिमो गोबीले गोल गरे । वैकल्पिक खेलाडी ग्रोसोले ६८आंै मिनेटमा गोल गरेका हुन् ।
यसैगरी इंग्लिस पि्रमियरसीपको शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १-० ले पराजित गरे । म्यानचेस्टरलाई विजय दिलाउने क्रममा पाउल सकोल्सले इन्जुरी समयमा गोल गरे । विजयपछि म्यानचेस्टरले चेल्सीलाई दुई अंकले पछि छाडेको छ । तेस्रो स्थानमा रहको आस्रनलले बर्नलीलाई ३-१ ले हरायो ।
स्पेनिस लिगको सनसनीपूर्ण खेलमा दुई गोलले पछि परेको रियल म्याडि्रडले खेलमा फर्कर्ंदै सेभियालाई ३-२ ले पराजित गर् यो ।
Comments0
Leave Comments