२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

आलु महोत्सव

आलुको पनि महोत्सव हुन्छ र महोत्सवमा मान्छेको भीडभाड यति साह्रो होला भनेर कल्पनासम्म गरेका थिएनन् आयोजकले । भइदियो झकास । महोत्सवमा आलु किन्नेहरुको भीडभाड व्यापक थियो ।
पोखराकै करेसाबारीको रुपमा परिचित हेम्जामा भएको महोत्सवमा केहीलाई आलु किन्नको हतारो थियो भने कतिपयलाई आलुबाट बनेका परिकार खाँदैमा फुस्रद थिएन ।
श्री जनकल्याण आमा समूहका आमाहरु महोत्सवमा आएका पाहुनालाई सत्कार गर्दै थिए त्यो पनि आलुको १४ थरीका परिकार लिएर । आलुको तरकारी अचार पकौडालगायतका गरी १४ थरी परिकार महोत्सवमा थिए ।
ुएक प्लेटको मात्रै ७०ु पहिलो पटक अयोजना गरिएको आलु महोत्सवमा त्यति धेरै दर्शक आउलान भनेर आयोजकले समेत विश्वास गरेका रहेनछन् । पोखरा नागडाँडा काहु काडे लगायत अन्य क्षेत्रका दर्शक आलु किन्नकै लागि महोत्सवस्थल पुगेका थिए ।
क्षेत्रीय कृषि निर्देशनालयको सहयोगमा बहुउद्देश्यीय विकास सहकारी संस्था लिमिटेडको आयोजनामा भएको आलु महोत्सवको उद्घाटन शैलीसमेत फरक थियो गन्यमान्य व्यक्तिबाट रिबन काट्ने वा मोटो रकम खर्च गरेर महोत्सव उद्घाटन गर्ने गरिन्छ तर हेम्जामा आलु जोखेर महोत्सवको उद्घाटन गरियो ।
क्षेत्रीय कृषि निर्देशक वीरेन्द्रबहादुर हमालले पाँच किलो आलु जोखेर महोत्सवको उद्घाटन गरेका थिए ।
कास्की जिल्लामा करिब एक हजार ३० हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ भने कास्कीमा ११ हजार ६ सय मेटि्रक टन आलु उत्पादन हुने गरेको छ । हेम्जा गाविसमा मात्रै पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको स्थानीय किसान प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।
पाँचसय हेक्टरमा करिब १० हजार मेटि्रक टन उत्पादन हुने गरेको तथ्यांक छ । ुप्रतिहेक्टर २० मेटि्रक टन आलु उत्पादन हुने उनको भनाइ छ । उत्पादित आलु पोखरासँगै अन्य विभिन्न सहरमा समेत खपत हुँदै आएको छ । हेम्जामा उत्पादित आलुबाट मात्रै वार्षिक आठदेखि १० करोड आम्दानी हुने गरेको छ ।
हेम्जामा सम्पन्न आलु महोत्सवमा ३५ लाखको कारोबार भएको छ भने ३० हजारले मेला अवलोकन गरेका थिए । अघिल्लो वर्षको तुलनामा करेसाबारी हेम्जामा अहिले बढी फल्यो । गतवर्ष सात हजार आठ सय मेटि्रक टन आलु उत्पादन भएको थियो भने यसवर्ष ११ हजार मेटि्रक टन आलु उत्पादन भएको स्थानीय कृषकले जानकारी दिए ।
कृषकहरुको उत्पादनलाई बजार सबलीकरण गर्न हेम्जामा १२ लाखको लागतमा राजमार्ग क्षेत्रमा कृषि उपज कारोबार केन्द्रसमेत निर्माण गरिएको छ । त्यस केन्द्रमा मुलुकभर उत्पादन भएका तरकारीहरु संकलन गरी बिक्री गरिने
जनाइएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी