२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

बिजोग छ नानी बाबुकॊ

चैलाही-३ अर्नवाका १२ वर्षीय अर्जुन थापामगर एचआईभी संक्रमित हुन् । एचआईभी संक्रमित भएकै कारण बिचल्ली भएको छ उनको । उनको उचित रेखदेख गर्नेसमेत कोही छैन ।
ुकाम नगरे खान पाइन्न बिरामी परे पनि घरको काम गर्नुपर्छ कति बेला औषधि खाने थाहा छैनु अर्जुनले भने । आर्थिक अभावकै कारण उपचारमा समस्या परेको उनको भनाइ छ । एचआईभी संक्रमणकै कारण उनकी आमा वसन्ती थापा मगरको मृत्यु भइसकेको छ भने बाबु बेपत्ता छन् ।
आमाको निधनपछि एक्लो बनेका अर्जुन हिजोआज ठूलोबुबा- ठूलीआमाका साथ चैलाहीमा बस्दै आएका छन् । ुएचआईभी संक्रमण भएको भन्दै मलाई लखॆट्छन् । केही महिनाअघि त मलाई ठूलोबुबा ठूलीआमालगायत गाउँले मिलेर गाउँनिकाला गर्न खोजेका थिए तर मजस्तै संक्रमित अंकलहरुले मलाई बचाउनुभयोु उनले भनॆ ।
एचआईभी संक्रमितको सहयोगीको रुपमा काम गर्ने सहयोगी संस्था दाङ प्लसका कर्मचारीले आपुूलाई बचाएकोमा अर्जुन खुसी देखिन्छन् । ुमलाई घरमा राम्रोसँग खान पनि दिँदैनन् औषधि पनि समयमा खान पाइँदैन बिरामी भए पनि घरायसी काम गर्नुपर्ने हुन्छ आमाबुबा नभएकोमा मलाई भविष्यप्रति चिन्ता लागेकॊ छु उनले भने । एचआईभी÷ एड्सग्रस्त भएर जन्म लिएकोमा उनले दुखेसो पोख्दै भने ुपापी आमाबुबाले मलाई एचआईभी÷ एड्सको बिल्ला भिराएर संसार छोडेर गए ।ु पटक-पटक अभिभावकले अर्जुनलाई अपहेलना गर्ने र गाउँबाट लखेट्ने प्रयास गरेको एचआईभी÷ एड्सको सहयोगी संस्था दाङ प्लसले जनाएको छ । ुअर्जुनलाई गाउँलेले लखेट्न थालेको तर पछि आपुूहरुले पटपटक जोगाउँदै आएको र अभिभावक तथा गाउँलेहरुलाई सम्झाउँदै आएको दाङ प्लसका कार्यक्रम संयोजक प्रकाश नेपालीले बताए । बालक बिचल्लीमा परेको देखेपछि दाङ प्लसको टोली बेलाबेलामा त्यहाँ जाने र अभिभावकसँग काउ_िन्सलिङ गर्ने गरेको छ ।
एचआईभीको शंका लागेपछि उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा चेकजाँच गर्न ल्याइएको थियो । चेकजाँचका क्रममा एचआईभी देखिएपछि दाङ प्लसको सहयोगमा उनलाई भेरी अाचल अस्पताल नेपालगन्जमा उपचार गर्न लगिएको प्रकाश नेपाली बताउँछन् ।
झन्डै डेढ महिनासम्म असहाय सेवा संघ नेपालगन्जको सहयोगमा उपचार गरेर उनलाई घर पुनस्र्थापना गरिएको बताइएको छ । घरमा औषधि खुवाउने मान्छे नभएपछि उनलाई समस्या परेको थियो । कक्षा दुईसम्म मात्र पढेका अर्जुन उमेरले १२ वर्षका भए पनि हेर्दा सानै देखिन्छन् ।राजपुर- मतेनीखोलाकी ६ वर्षीया दिलपुरी आग्रीको अवस्था पनि उस्तै छ । झन्डै एक वर्षअघि मात्रै एचआईभीको सक्रमण देखिएकी आग्रीको आमाको मृत्यु एवं बुबा बेपत्ता भएपछि उनी पनि पीडादायी जीवन बिताउन बाध्य छन् । ुएचआईभी÷एड्सले आमा मरिन रे बाबुलाई पनि एचआईभी÷एड्स भएको छ भन्छन् तर कहाँ छन् थाहा छैन । यहाँ मलाई सार् है गार् हो भएको छु उनले गुनासो गरे ।
सानीआमासँग बस्दै आएकी दिलपुरी त्यहाँ सानीआमाले निको नमानेपछि अहिले नवकिरण प्लसमा बस्दै आएकी छन् । ुआमाबुबाले असुरक्षित जन्म दिएर मलाई जीवनभर धोका दिए उनीहरुको माया नपाउँदा मलाई निन्यास्रो लागिरहेको छु उनले भनिन् । उनकी आमाको एचआईभी पोजेटिभ भएको एक वर्ष बित्न नपाउँदै मृत्यु भएको थियो । अहिले उनका लागि पढाई टाढाको कुरा भएको छ ।
एचआईभी संक्रमित अर्की बालिका झरनाको अवस्था पनि उस्तै नाजुक छ । उनका पनि बाबुआमा छैनन् । ुमेरा बाबुआमा दुवै जना एड्सले मरिसके मलाई पनि संक्रमण भएको छ उपचार गर्न नै गाह्रो भइरहेको छु
झरनाले भनिन् ।
झन्डै डेढ वर्षदेखि नवकिरण प्लसमा बस्दै आएकी झरना संस्थाको कार्यक्रम सकिएपछि बिचल्लीमा परेकी छन् । ुसंस्थामा बस्दा त राम्रै हुन्थ्यो तर अहिले कार्यक्रम सकियो भनेपछि आफन्तकहाँ दिन बिताइरहेकी छु संक्रमित भनेपछि सबैले हेला गर्दा रहेछन्ु झरनाले भनिन् । उनी घोराहीको चौघेरा विद्यालयमा कक्षा सातमा अध्ययन गर्छिन् । ुपढ्ने रहर थियो तर अहिले पढाइ पनि विाचत भएको छ ।
एचआईभी÷एड्स संक्रमितको सहयोगी संस्था दाङ प्लसले दिएको जानकारीअनुसार दाङमा १० बढी एचआईभी संक्रमित अनाथ बालबालिका छन् । दाङ प्लसका अनुसार सात बालक र तीन बालिका अनाथ छन् । उनीहरुको अवस्था एकदमै नाजुक रहेको दाङ प्लसका अध्यक्ष तिलक खड्का बताउँछन् । ुदाङमा संक्रमित बालबालिकाको अवस्था नाजुक छ केयर हाउसको अभाव रहेकाले पनि उनीहरुको संरक्षणमा जोड दिन सकिएको छैनु उनले भने ।
संक्रमित सबैको अवस्था नाजुक रहेको सन्दर्भमा अझ अनाथ संक्रमित बाल-बालिकाको अवस्था झन् खस्कँदो अवस्थामा रहेको नवकिरण प्लस दाङका अध्यक्ष जोसेफ कोइराला बताउँछन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी