© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
कमलेश मण्डल÷राजधानी
महोत्तरी २३ फागुन
महोत्तरीको हलखोरी गाविसमा प्रहरी र स्थानिय बासिन्दाबीच झडप हुँदा प्रहरी
सहायक निरीक्षकसहित पाँच जना सख्त घाइते भएका छन् ।
घाइते हुनेमा हलखोरी प्रहरी चौकीका इन्चार्ज प्रसनी दीपनारायण राउत र हलखोरीकै नरेश यादवसहित चार जना स्थानीय
बासिन्दा रहेका छन् । उनीहरु सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइते राउतको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ भने स्थानीय बासिन्दाहरुको उपचार स्वास्थ्य चौकी हलखोरीमा भइरहेको छ । टाउको फुटेको र शरीरभरि चोटपटक लागेका प्रहरी सहायक निरीक्षक राउतको अवस्था गम्भीर छ ।
हलखोरी-८ का जुलाई यादव र नरेश यादवकी श्रीमतिबीच घाँस काट्ने विषयमा भएको झगडामा प्रहरीले जुलाई यादवलाई पक्राउ गरी कुटपिट गरी घाइते बनाएको आरोप स्थानीय बासिन्दाले लगाएका थिए । त्यसको विरोधमा स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरी ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप सुरु भएको थियो ।
करिब एक घन्टासम्म चलेको झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्याँस र सात राउन्ड हवाई फायर गरेको थियो । घटनाबारे बुझ्न प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक साजयराज शर्माले बताए ।
उता राजधानीका खोटाङ सहकर्मी हरिवोल आचार्यका अनुसार खोटाङ जालपा प्रहरी चौकीभित्र प्रवेश गरी जलापाका युवाहरुको एक समूहले प्रहरीमाथि कुटपिट गरेका छन् । कुटपिटबाट असई मानबहादुर मिश्र र हवल्दार डिकबहादुर कार्की घाइते
भएका छन् । उनीहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । घाइते दुवैलाई शनिबार राति नै उपचारका लागि अस्पताल ल्याइएको छ ।
शनिबार दिउँसो करिब ३५ जनाको समूहले प्रहरीलाई कुटपिट गरेको जिल्ला प्रहरी नायव उपरीक्षक टेकबहादुर तामाङले बताए । कुटपिटबाट असई मिश्र सामान्य घाइते भएका र हवल्दार कार्कीको शरीरभरि असर देखिएको अस्पतालको रिर्पाेटमा देखिएको प्रनाउ तामाङले बताए । कार्कीको टाउको छाती र पेटमा असर परेको छ । प्रहरीले कुटपिटमा संलग्नको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
विद्यार्थीलाई प्रहरीले धम्काएको भन्दै सो समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।
Comments0
Leave Comments