© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
राजधानी समाचारदाता
काठमाडौं २३ फागुन
आगामी १२ चैतदेखि साचालन हुन लागेको एसएलसी परीक्षाका लागि विद्यार्थीहरुले पाठँपुस्तकका अलावा ई-मेल र इन्टरनेटमार्फत अध्ययन गर्ने गरेका छन् । पाठँपुस्तक अध्ययन गर्दा बाहिरी विषयवस्तुबारे जानकारी नहुने भएका कारण ई-मेल तथा इन्टरनेटद्वारा अध्ययन गर्ने गरेको विद्यार्थीहरुको कथन छ । विभिन्न पाठँपुस्तक तथा विद्यालयको वेभसाइट हेरेर पनि धेरै विषयवस्तु थाहा पाइन्छ ।
शान्ति विद्यागृहबाट एसएलसी परीक्षा दिने तयारी गरेकी अस्मिता न्यौपानेले पाठँपुस्तक अध्ययन गर्दा नजानेका विषयवस्तुहरु साथीसँग अनलाइनमार्फत सजिलै जानकारी लिने गरेको बताइन् । अघिल्ला वर्षका प्रश्नपत्रहरु पनि विद्यालयको वेभसाइटमा हुने गरेका कारण ई-मेल र इन्टरनेट एसएलसी परीक्षाको तयारी गरेका विद्यार्थीका लागि प्रभावकारी हँुदै आएको उनको अनुभव छ ।
उपत्यकाका विभिन्न साइबरमा एसएलसीको तयारी गरेका र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु बढी आउने गरेका साइबर साचालकहरु बताउँछन् । लाजिम्पाटमा साइबर साचालन गर्दै आएका सुजनचन्द्र पौडेलले एसएलसी परीक्षाको तयारी गरेका विद्यार्थी ई-मेल र इन्टरनेटमार्फत आफ्ना साथीसँग सम्पर्क गरेर धेरै कुरा जानकारी लिने गरेको बताए ।
दैनिक हुने १२ घन्टे लोडसेडिङका कारण ई-मेल र इन्टरनेटमार्फत अध्ययन गर्न अप्ठ्यारो भएको विद्यार्थी नवीन काफ्लेले बताए । विषयवस्तुका लागि आवश्यक पर्ने सन्दर्भ सामग्री विभिन्न वेभसाइटमार्फत सजिलैसँग जानकारी हुने गरेको उनी बताउँछन् । आफ्ना सहकर्मीसँग ई-मेलबाट परीक्षाबारे आवश्यक पर्ने विषयवस्तु साटासाट हुने गरेको उनको कथन छ ।
सहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयले विद्यार्थीलाई कम्प्युटर शिक्षा पढाउने गरेका कारण पनि विद्यार्थीहरुमा ई-मेल र इन्टरनेट शिक्षाको विशेष दख्खल छ । २१ औं शताब्दीमा विद्यार्थीहरु सूचना र प्रविधिसँग नजिक हुने भएकाले पनि एसएलसीका लागि आवश्यक पर्ने विभिन्न विषयवस्तु ई-मेल इन्टरनेट तथा वेभसाइटमार्फत जानकारी लिने गरेको एनप्याब्सनका पूर्वमहासचिव अर्जुनबहादुर अधिकारी बताउँछन् ।
आगामी १२ चैतदेखि सुरु हुने परीक्षा २० चैतसम्म साचालन हुनेछ । सो परीक्षाका लागि नियमित तथा आंशिक गरी मुलुकभरबाट करिब चार लाख ५० हजार परीक्षार्थीहरु सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसएलसी परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका सबै जिल्ला शिक्षा कार्यालयमा पठाइसकिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने ुआगामी चैतको पहिलो सातासम्म सबै जिल्लामा प्रश्नपत्र पठाइसकिने छ ।ु परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गरिएको रेग्मीले बताए ।
Comments0
Leave Comments