© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
प्रदीप न्यौपाने÷राजधानी
काठमाडौं २३ फागुन
त्रिभुवन विश्वविद्यालयले शैक्षिक सुधारका लागि आफ्ना मातहतका आंगिक क्याम्पसमा अनुगमन गर्ने भएको छ । विश्वविद्यालयको शैक्षिकस्तर दिनप्रतिदिन घट्दै गएको गुनासो सर्वत्र उठ्न थालेपछि विश्वविद्यालयले शैक्षिक गुणस्तरका लागि अनुगमन गर्न लागेको हो ।
आंगिक क्याम्पसको शैक्षिकस्तरका साथै भौतिक संरचनाको अनुगमन गरी सुधार गर्न लागिएको त्रिवि सूचना शाखाका प्रमुख प्रेम चित्रकारले बताए । त्रिविले विद्यार्थीसँग लिने मासिक र भर्ना शुल्कमा गरेको वृद्धिसँगै शैक्षिकस्तर बढाउन आवश्यक रहेकाले अध्ययन गर्न लागिएको
उनले बताए ।
शैक्षिक तथा शैक्षिक वातावरण अध्ययनका लागि शिक्षाशास्त्रका डिन प्रकाशमान श्रेष्ठको संयोजकत्वमा त्रिविले नौ सदस्यीय समिति गठन गरेको छ । सो समितिलेविश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसको शैक्षिकस्तरका बारेमा
अध्ययन गर्नेछ ।
विश्वविद्यालयले विभिन्न संकायमा साचालन गर्दै आएको परीक्षामा विगत एक वर्षदेखि विद्यार्थीहरुले प्रश्नपत्र पाठँक्रम बाहिरबाट आएको भन्दै विभिन्न विषयको परीक्षा बहिष्कार गर्दै आएका छन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन पनि सो समितिले अध्ययन गरी त्रिविलाई प्रतिवेदन बुझाउने बताइएको छ ।
विद्यार्थीले नियमित रुपमा कक्षामा पढ्न नपाउने गरेको उजुरी त्रिविमा दिएका छन् । नियमित रुपमा शिक्षण कार्यका लागि शिक्षक नआउने गरेका कारण पढाइ नहुने गरेको विद्यार्थीको गुनासो आएपछि सो विषयमा समेत त्रिविले अनुसन्धान गर्ने भएको छ ।
विश्वविद्यालयको भौतिक स्रोत परिचालन तथा सुधारका लागि व्यवस्थापन संकायका डिन गोविन्दप्रसाद आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ । सो समितिले आंगिक क्याम्पसको भौतिक पक्षका बारेमा अध्ययन गरी एक महिनाभित्रमा प्रतिवेदन त्रिविलाई
बुझाउने छ ।
मुलुकभर त्रिविअन्तर्गत ६० आंगिक र ६ सय १५ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । मुलुकमा साचालनमा आएका निजी क्याम्पससँग त्रिविले प्रतिस्पर्धा गर्न नसकेको विषयमा समेत अध्ययन गर्न लागिएको बताइएको छ ।
विश्वविद्यालयको शिक्षा वैज्ञानिक व्यावहारिक र अनुसन्धानमुखी बनाउनुपर्ने त्रिवि उपकुलपति प्राडा। माधवप्रसाद शर्माले बताए । उनले राजधानीसँग भने ुत्रिविका लागि सरकारले विनियोजन गर्ने बजेट कम हुनुका साथै अतिराजनीतिका कारण सो शिक्षा प्रदान गर्न नसकिएको हो ।ु
विश्वविद्यालयले वृद्धि गरेको शुल्क नयाँ भर्नासँगै लागू हुने भएको छ । विद्यार्थीसँग शुल्क बढी लिएपछि शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ भनेर नै त्रिविले अध्ययन कार्यलाई अगाडि बढाएको उनले बताए । ुअध्ययन प्रतिवेदनलाई आधार मानेर त्रिविले नयाँ कार्यक्रमलाई प्राथमिकता दिनेछु उपकुलपति शर्माले बताए ।
Comments0
Leave Comments