© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
कायरो÷एपी-अमेरिकामा जन्मेका अल-कायदा प्रवक्ताले अमेरिकी सशस्त्र फौजमा सेवारत मुसलमानलाई फोर्ट हूडमा १३ जनाको ज्यान जाने गरी एक सैनिक मेजरले गरेको आक्रमणको सिको गर्न आह्वान गरेका छन् ।
लडाकू वेबसाइटमा पे्रषित २५ मिनेट लामो भिडियो सन्देशमा एडम गाडाह्नले मेजर निडाल हसनलाई आदर्श पात्रका रुपमा वर्णन गर्दै विशेषगरी पश्चिमी सेनामा कार्यरत मुस्लिमलाई त्यस्तो आह्वान गरेका हुन् ।
ुविश्वासघाती र विश्वास गर्न नसकिने मुलुकको सेनामा कार्यरत सबै दुःखी मुस्लिमले निडाललाई आदर्श पात्रका रुपमा लिनुपर्छु उनले भने ।
ुउच्च मूल्यको लक्ष्यु भनी व्याख्या गरेर त्यस्तो हमला गर्न आग्रह गर्दा अज्जाम अल-अमि्रकी नामबाट पनि परिचित गाडाह्न सेतो पहिरन र सेतै पगरीमा थिए । ुअमेरिका र पश्चिमका सैनिक आखडालाई मात्र उच्च मूल्यका लक्ष्य ठान्ने गल्ती गर्नु हुँदैन । त्यहाँ अन्य धेरै ठाउँ संस्था र उपकरणहरु छन् जहाँ प्रहार गरेर मुस्लिमले महत्वपूर्ण क्षति गर्न सक्छन्ु उनले भने ।
हसनले गत ५ नोभेम्बरमा टेक्सास्स्थित फोर्ट हूडमा १३ जना हताहत हुनेगरी गोली चलाएका थिए । त्यसपछि फोर्टहूड प्रहरी बलका दुई नागरिक सदस्यले गोली प्रहार गरेपछि सैन्य मनोचिकित्सक हसनलाई पक्षघात भएको थियो ।
ुनिडाल हसन अग्रज हुन् एक पदप्रदर्शक र आदर्श पात्र जसले ढोका खोले बाटोलाई उज्यालो बनाए र आफूलाई अविश्वासीहरुको माझमा पाउने सारा मुस्लिमलाई बाटो देखाएु हाडाह्नले भने ।
गाडाह्न क्यालिफोर्नियाको नदी किनारको एक बाख्रा गोठमा हुर्केका थिए । पछि उनी नजिकैको ओरेन्ज काउन्टीमा इस्लाममा परिणत भएका थिए । एफबीआईले उनलाई सन् २००४ देखि खोजी गर्दै आएको छ भने त्यसको दुई वर्षपछि उनीमाथि छल गरेको आरोप लागेको थियो । उनको बारेमा सूचना दिनेलाई दश लाख डलर पुरस्कार घोषणा गरिएको छ । विगतमा पनि उनले पश्चिमलाई विनाश गर्ने र अमेरिकामाथि हमला गर्ने आह्वान गरेको भिडियो र सन्देशहरु सार्वजनिक भएका थिए । उनी कहाँ छन् त्यो अझै अज्ञात छ । तर उनी अफगान-पाक सीमा क्षेत्रतिर हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो भिडियोमा गाडाह्नले हमलाको योजना गरिरहेकाले हसनले जस्तै बन्दूकको मात्र प्रयोग नगरिकन अन्य हतियार पनि प्रयोग गर्न सकिने बताएका थिए । ु११ सेप्टेम्बरको आशिर्वादप्राप्त कारबाहीले सानो कल्पना र योजना तथा सीमित बजेटले कुनै पनि कुरालाई िहंस्रक प्रभावकारी र उपयोगी हतियार बनाउन सकिन्छु उनले भने ।
Comments0
Leave Comments