© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
उन्नाइसांै शताब्दीको आरम्भदेखि नै सुरु भएको नारी दिवस अहिले एक्काइसौं शताब्दीको आँगनमा घुमिरहेको छ । फर्केर हेर्दा समयको थुप्रै कोल्टेफेराइसँगै ठूला परिवर्तनहरु हुनुपर्ने हो । तर भएको छैन । नारी नारीकै नामले उपेक्षित छन् कतिपय मुलुकहरुमा । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा त झनै पिछडिएका छन् नारी । सहरका महलदेखि गाउँका झोपडीसम्म नारी विभिन्न प्रकारका िहंसाका सिकार भइरहेका छन् ।
कहीँ सुन्दरताका नाममा नारी लुटिएकी छे । कहीँ दाइजोका नाममा नारी जिउँदै जलेकी छे । कहीँ पैसाका नाममा नारी वस्तुझंै बेचिएकी छे र कहीँ आमाकै नाममा नारी प्रसव व्यथाले मृत भएकी छे । यति मात्र होइन यहाँ कुनादेखि खुला आँगनसम्म नारी विभिन्न बहानामा चोइटिएकी छे । क्षतविक्षत भइरहेकी छे । यहाँ नारीले िसंगो अस्तित्व बाँच्न अनेक चुनौतीहरुको सामना गर्नुपर्छ । जन्मँदै छोरी घरको इज्जत हो भनेर इज्जतको भारी बोकाइएका नारीलाई फेरि अर्को भारी बोकाइन्छ श्रीमान्को घरको सम्मान र इज्जतको । त्यो इज्जत र सम्मानको भारी बोकेकी नारी थाकुन्जेल त्यही भारी बोकिरहन्छे ।
पितृसत्ताले जरा गाडेको हाम्रो समाजमा नारीलाई हेर्ने आँखा साँघुरो छ । मानवअधिकारका ठूला-ठूला कुरा गर्नेहरुले स्वयं आफ्नो घरमा नारी पि_िल्सरहेको यथार्थलाई बिस्रन्छन् । यसका उदाहरणहरु हाम्रै समाजमा देख्न सक्दछौं । परिवर्तन नभएको होइन । सुस्त गतिमा भइरहेको यो परिवर्तनले आममहिलाको समस्यालाई समाधान गर्न सक्दैन ।
यहाँ महिलाअधिकारसम्बन्धी सेमिनार तथा गोष्ठी सहरका पाँचतारे होटेल र रिसोर्टहरुमा हुन्छन् । त्यही होटल र रिसोर्टका कोठाहरुमा थुप्रै निर्दोष युवतीहरु बाँच्नका लागि धनाढ्यहरुको खेलौना बनेका हुन्छन् । सेमिनार हलमा महिला िहंसा रोकथामका कार्ययोजनाका खाकाहरु तयार गरिन्छन् तर त्यही खाका तयार गर्नेहरुले पीडित महिलाका नाममा आएका रकमबाट आफ्नो जीवनस्तर माथि पुर् याउँछन् धेरै मािथ । स्विमिङ पुलसहितको महल ठड्याउँछन् । आफ्ना बालबच्चालाई महँगा स्कुलहरुमा पठाउँछन् तर कार्ययोजना केवल कागजको खाकामा सीमित रहन्छ । मात्र अलिकति रकम चुहाइन्छ पीडित महिलाहरुका नाममा ।
यस्तो तरिकाले कहिले समाधान हुन्छ त महिला िहंसा यहाँ प्रश्न गर्न मिल्ने ठाँउहरु धेरै छन् । केही महिलाहरु माथिल्लो तहमा पुगे भन्दैमा ठूलो परिवर्तन भयो भन्न मिल्दैन । जबसम्म निम्न वर्गका महिलाहरु अधिकारको पहँुचभन्दा टाढा रहिरहन्छन् तब देशको विकास भयो भनेर भन्न सुहाउँदैन ।
यतिखेर नारी दिवसकै चहलपहल छ । महिलाअधिकारकर्मीहरुलगायत सम्बन्धित संघ÷संस्थाहरुले नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् । यसैअन्तर्गत भाग लिनेछन् धेरै महिलाहरुले । महिला अधिकारका नाममा कोरिएको नारामा घाँटी सुकाउँदै सहर परिक्रमा गर्ने छन् । केही राजनीतिक दलका नेताहरुले भाषण गर्नेछन् र भन्नेछन् ुआधा आकाश ढाक्ने महिलाहरुलाई सबै क्षेत्रमा समान अवसर दिइनुपर्छ ।ु
ुयो दिनुपर्छ र लिनुपर्छुको कुरा भएको धेरै भइसक्यो । तर यहाँ नारीलाई दयाको पात्रका रुपमा प्रयोग गरी केही अवसरहरु दिने गरिएको छ । र नारी दुई हात थापी मागिरहेछन् । यो माग्ने प्रवृत्तिलाई नतोडी महिलाको स्वअस्तित्वको विकास हुन सक्दैन । जब महिला स्वयं सक्षम हुन सक्दैनन् तबसम्म माग्नैपर्ने हुन्छ । त्यसैले स्वयं सक्षम हुन उसले केही त गर्नैपर्छ । तर यहाँ केही गर्न नारीले दुनियाँ चुनौतीसँग जुध्नुपर्छ । यी चुनौतीहरुसँग जुध्न नारीले अर्को नारीलाई नबुझी हुँदैन । उच्च ओहोदामा पुगेका महिला वर्गले यो बिस्रनुभएन कि आपुूजस्तै लाखौं महिलाहरु विभेदका सिकार बनिरहेका छन् । उनीहरु आफ्नै श्रीमान्को हातबाट काटिएका छन् । आफ्नै बाबुहरुबाट लुटिएका छन् । योसँगै नारी नारीकै हातबाट पनि लुछिएका छन् । दिनहँुका समाचारहरु यस्ता घटनाका उदाहरणहरु हुन् ।
समय दु्रत गतिमा छ । तर समयानुसार समाज फेरिन सकेको छैन । समाजमा अझै पनि पुरातनवादी सोचको हावी छ । जसले गर्दा नारीलाई स्वतन्त्रपूर्वक जीवन बाँच्न गाह्रो भइरहेको छ । कसैले बाँचेका छन् भने पनि उनीहरुले ठूलो साहस बटुलेर बाँचेका छन् । ती नारीहरु सफल भएका पनि छन् । उनीहरुको सफलताभित्र डरलाग्दो
पीडा पनि छ जुन नारी हुनुको कारण भोग्नुपरेको पीडा हो ।
कुरा नारी दिवसकै गरौं । नारी दिवस मनाउन निस्केका अधिकांश महिलाहरु मुखमा महिला अधिकारको नारा जप्छन् तर मनमा भने घरमा के गर् यो श्रीमान्ले के खानुभयो छोराछोरीले लुगा फेरे कि फेरेनन् होमवर्क गरे कि गरेनन् ढिला भयो सासूससुरा रिसाउनुभयो कि
ओहो † आज ग्याँस सकियो भने बाथरुमको
लुगा कतिखेर धुने हो । यस्ता-यस्ता
कुराहरु महिलाको मनमा खेल्छ नै किनकि महिला आफ्नै घरभित्र कामै कामले जेलिएकी हुन्छे ।
यसरी घरभित्रकै कामले जेलिएकी महिलाले एक दिन नारी दिवस मनाएर यहाँ हुनेवाला केही छैन । समाज बदल्न र नारीलाई साँच्चीकै अधिकारमुखी बनाउन नारी दिवस पर्खनुपर्दैन । यसका लागि घरभित्रको संस्कार बदल्नुपर्छ । घरभित्रका कामको जिम्मेवारी परिवारका सदस्यहरुले बराबर बाँड्नुपर्छ । अनि मात्र नारीले बाहिरी संसार हेर्ने अवसर पाउँछे । यसका साथै महिला स्वयंले पनि आफूसक्षम हुनका लागि अवसर सिर्जना गर्नु अत्यावश्यक छ ।
सधैं अरुले बाटो बनाइदिनेभन्दा पनि आफंै बाटो खन्न अबको नारी अग्रसर हुनुपर्दछ । आजको पुरुष समाज पहिलाको भन्दा फरक छ । महिला आफू सक्षम हुन सके पक्कै पुरुष समाजसँग समन्वयको भूमिका निर्वाह गरी देशका हरेक कुनामा रहेका आममहिलाको अवस्थामा परिवर्तन ल्याउन सकिनेछ ।
Comments0
Leave Comments