© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
सदाझंै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालमा मनाइँदैछ । यो वर्षको नारी दिवसमा नयाँपन थपिएको छ । सरकारले महिला कर्मचारीहरुलाई मात्र सरकारी बिदा दिँदै आएकोमा यो वर्ष पुरुष कर्मचारीले पनि सरकारी बिदाको उपभोग गर्न पाएका छन् यो दिन । यो बिदा व्यंग्य छड्के आदिमा हाँसोको विषय पनि बनाइएको छ । अब तीज र पाचमीमा बिदा किन नपाउने भनेर गलल्ल हाँसो निकालियो विभिन्न सरकारी कार्यालयका महामहिम कर्मचारी महोदयहरुबाट । यो असंवेदनशील र क्रूर मजाक भएको कुरा जाहेर गर्दै विषय परिवर्तन गर्ने जमर्को गर्दछु । बधाई छ पुरुष कर्मचारीहरुलाई नारी दिवसमा पनि बिदा उपभोग गर्न पाएकोमा ।
नारी दिवस सामाजिक न्यायमा महिलाको पहँुचको सुनिश्चितताको एक आन्दोलन हो । राज्यमा बसोवास गर्ने सम्पूर्ण नागरिक महिला-पुरुष हरुका बीचमा रहॆको आर्थिक एवं सामाजिक असमानता हटाई देशको साधनस्रोत साधनमा समान पहुँच एवं हिस्सेदारीको अवसरको सुनिश्चितता सामाजिक न्याय हो । सामाजिक न्यायको कुरा बौद्धिक बहसमा बढी मात्रामा आए पनि मानवीय हुन्छ । यसले न्यायपूर्ण समाजको परिकल्पना गरेको हुन्छ । सामाजिक न्यायको सन्दर्भ समयको परिवर्तन तथा विकास सँगसँगै रुपान्तरित हुन्छ । र यो गतिशील बहुआयामिक बन्न गएको हुन्छ । सामाजिक न्यायको अवधारणा मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २५ सँग पनि सम्बन्धित छ । प्रत्येक व्यक्तिलाई ऊ तथा उसको परिवारसहित सम्मानपूर्ण जीवन बिताउन पाउने हक रहॆको छ । सो प्रयोजनका लागि आवश्यक पर्ने स्वास्थ्य हेरचार स्वास्थ्य उपचारलगायतका सुविधाहरु खाद्यान्न घर बेरोजगारको अवस्थामा बिरामी असमर्थता वृद्धावस्था एकल जीवन या त्यस्तै परिस्थितिमा सामाजिक सुरक्षा पाउनेलगायतका हक हुनेछ भनेर धारा २५ उल्लेख गरिएको छ । यसले व्यक्ति समाजविना बाँच्न सक्दैन भन्ने पनि सन्देश दिन्छ ।
सामाजिक न्यायले खासगरी नागरिकहरुको जीनवस्तर माथि उठाउने सामाजमा शान्ति र व्यवस्था कायम गर्ने सामाजिक विभेदहरुको अन्त्य गर्ने न्यायपूर्ण समाजको स्थापना गर्ने समानताको सिद्धान्तलाई मूर्त रुप दिने पिछडिएका तथा राज्यमा पहुँच नपुगेका नागरिकहरुको भविष्य सुनिश्चित गर्ने राज्यका साधानस्रोतहरुमाथि समान हिस्सेदारी तथा लाभको सुनिश्चितता गर्ने सामाजिक सुरक्षा तथा सार्वजनिक भलाइ अभिवृद्धि गर्नेलगायतका उद्देश्यहरु राखेको हुन्छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २१ मा आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला दलित आदिवासी÷जनजाति मधेसी समुदाय उत्पीडित वर्ग गरिब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी हुने हक हुनेछ भनेर उल्लेख गरिएको छ ।
सामाजिक न्यायको सन्दर्भमा महिलाको हक अधिकारको कुरा गर्दा अन्तरिम संविधानमा महिलाको हक भनेर छुट्टै व्यवस्था गरिएको छ । धारा २० अनुसार महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव गरिनेछैन प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हक हुनेछ कुनै पनि महिलाविरुद्ध शारीरिक मानसिक वा अन्य कुनै किसिमको िहंसाजन्य कार्य गरिनेछैन र त्यस्तो कार्य कानुनद्वारा दण्डनीय हुनेछ र पैतृक सम्पतिमा छोरा र छोरीलाई समान हक हुनेछ भन्ने व्यवस्था
गरिएको छ । त्यसो त हरेक संविधानमा रहने समानताको हकअन्तर्गत सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणबाट विाचत गरिनेछैन भन्ने व्यवस्थाले महिला र पुरुषका बीचमा भेदभाव गर्न नपाइने कुराको सुनिश्चितता गर्दछ । त्यसैगरी सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म वर्ण िलंग जातजाति उत्पत्ति भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराका आधारमा भेदभाव गरिनेछैन भनेर संवैधानिक ग्यारेन्टी पनि प्रदान गरिएको छ ।
राज्यले नागरिकहरुका बीच धर्म वर्ण जातजाति िलंग उत्पत्ति भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराका आधारमा भेदभाव नगर्ने तर महिला दलित आदिवासी÷जनजाति मधेसी वा किसान मजदुर वा आर्थिक सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएको वर्ग वा बालक वृद्ध तथा अपांग वा शारीरिक वा मानसिक रुपले अशक्त व्यक्तिको संरक्षण सशक्तीकरण वा विकासका लागि कानुनद्वारा विशेष व्यवस्था गर्न सकिने भनेर आश्वासनसमेत संविधानले दिएको छ । त्यसैगरी समान कामका लागि महिला र पुरुषका बीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिनेछैन भनेर महिला-पुरुषका बीचमा रहॆका भेदभाव हटाउने संवैधानिक हकको प्रत्याभूति गरिएको छ । नेपालको संविधानमा राम्रा कुराको व्यवस्था गर्ने कुरामा कुनै कसर बाँकी राखिएको छैन । महिला श्रमिक वृद्ध अपांग तथा अशक्त र असहाय नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनेर समेत व्यवस्था गरिएको छ । नेपालमा कानुनी प्रावधानको भन्दा त्यसको कार्यान्वयनको सवाल प्रमुख रहेको छ । विश्वमा जति पनि नयाँ संविधान बन्दछन् उति हकअधिकारका लामा दस्तावेजहरु अंगीकार गर्ने गरिन्छ । तर कार्यान्वयन पक्ष भने फितलो नै रहॆका पाइन्छ । २०४७ को संविधान पनि नेपालको सन्दर्भमा महिलाको उत्थानका सम्बन्धमा कम थिएन ।
नारी दिवसको कुरा गर्दा अझै पनि नेपाली समुदायमा एक प्रकारको नकारात्मक छाप रहिआएको पाइन्छ । यसको एक कारणमा महिला आन्दोलन चलाउँदा पुरुषहरुको उपेक्षा पनि एक रहेको छ । अब महिला-महिला मात्र नभनेर लैंगिक सवालबाट विश्लेषण गर्नुपर्ने आवश्यकता छ । अंग्रेजीमा ुजेन्डरु भनिनासाथ यो त महिलाको कुरा भनेर तत्कालै एक प्रकारको धारण बनाउने प्रवृत्ति नेपाली समाजमा छ ।
बुझनुपर्ने कुरा लंैगिक सवाल महिला वा पुरुष नभएर सामाजिक एवं सांस्कृतिक प्रकि्रया हो जसले महिलापुरुषको कर्तव्य एवं दायित्वलाई संकेत गर्दछ । यसले एकअर्कालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याई त्यसबीचमा रहेको नकारात्मक कुरालाई हटाई समातामूलक समाज स्थापना गर्ने परिकल्पना गरेको हुन्छ ।
विश्वका धेरै समाजमा महिलाको स्थिति कमजोर रहेका तथ्यलाई स्वीकार गर्नुपर्दछ । त्यसको पछाडि केही कारण रहॆका हुन्छन् । नेपालको सन्दर्भमा महिला पछाडि पर्नुको कारणमा परम्परागत मूल्य र मान्यता पनि प्रमुख रहॆका छन् । हिन्दू दर्शनमा जहाँ नारीको पूजा हुन्छ
सम्मान हुन्छ त्यहाँ देवताको वास हुन्छ खुसी हुन्छन् भन्ने अवधारणा हुँदाहँुदै पनि पछिका सामाजिक मान्यताहरुले यो अवधारणलाई लत्याइदिएको पाइन्छ । महिलाहरु गृहिणीको घेरामा रहने िलंगसम्बन्धी चेतनाको अभाव पुरुषहरु नै देशको उच्च तहमा पुग्ने तर महिलाहरुको बारेमा सकारात्मक पहल गर्न नसक्ने महिला श्रमको उचित सम्मान नगरिने संवैधानिक तथा कानुनी प्रावधानलाई प्रभावकारी कार्यान्वयन नगरिने आदि नै महिला उत्थानका अवरोधक हुन् ।
महिलाको विकासमा रहेका नकरात्मक कारण अन्य धेरै हुँदाहुदै पनि नेपालमा महिला अधिकारको खोजी गर्ने क्रममा पुरुषप्रति गालीगलौजको भाषामा उत्रने गरेको पाइन्छ । यसले समाज परिवर्तन गर्न सक्दैन । टाठाबाठा महिलाहरु त विश्वका हरेक देशमा नेतृत्व तहमा पनि पुगेका छन् । तर उनीहरुले पनि महिला वर्गको उत्थानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका यथार्थ छ । नेतृत्व तहमा पुग्नु मात्र पनि समाधान होइन रहेछ भन्ने प्रमाणित भएको छ ।
महिला विकासका निकै अघि नै विकासमा महिला भन्ने नारालाई प्रमुखताका साथ अगाडि बढाइएको थियो । यसले परिवर्तनको प्रकि्रयामा महिलालाई एकीकृत रुपमा समावेश गर्ने भन्ने आन्दोलन चलायो । तर यसले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन । केही हदसम्म महिलाको सचेतनामा वृद्धि आर्थिक उपार्जन सीपमूलक क्षमता उत्पादनशील क्षेत्रमा महिलाको केही उपस्थिति गराए पनि खाँटी अर्थमा महिला सशक्तीकरण हुन नसक्ने अवस्था भएपछि ुमहिला र विकासु भन्ने अवधारणा सँगसँगै विकसित गरियो । ुविकासमा महिलाुले केही कल्याणकारी उपागमलाई ध्यान दिएका कारण ुमहिला र विकासुले विकास निर्माणमा सर्वाङ्गीण रुपमा महिलालाई सहभागी गराई महिलाको सशक्तीकरण गर्ने भनी आन्दोलन चलाइयो । खासगरी यसले विकासको प्रतिफल महिलाको निष्क्रिय प्रापक नभएर सही प्रापकका रुपमा हुनुपर्दछ भन्ने मान्यता राख्छ ।
१९८० को दशकपछि महिलालाई मात्रै नभनेर ुिलंग र विकासुलाई अगाडि बढाउनुपर्दछ भन्ने मान्यतामा जोड दिन थालिएको छ । यो आन्दोलनले ुिलंग र विकासुलाई विभिन्न कोणबाट विश्लेषण गर्दछ । यसले असमानताका कारकतŒव पहिल्याउँदै त्यसको निराकरण लैंगिक रुपमा विश्लेषण गर्दछ । महिला र पुरुषलाई नकारात्मक दृष्टिकोणबाट नभएर सकारात्मक ढंगबाट हेर्ने गर्दछ । निचोडमा भन्ने हो भने महिलापुरुष एकै रथका दुई पांग्रा भनेर हेर्ने गरिन्छ । घुमीफिरी रुम्जाटार भनेझंै धेरै आन्दोलन चलाउँदा पनि सफल नभएर अन्त्यमा उही पुरानो सिद्धान्तलाई आधार लिएर अगाढि बढ्नुपर्ने श्रेयष्कर देखिन आयो । महिलापुरुषमा धारे हात नभएर काँधमा काँधको आवश्यकता छ ।
महिला दिवसको दिनमा समीक्षा गर्दा उग्र एवं भड्किलो भाषण गरेर केही नहुने निश्चित भइसकॆको छ । पुरुष नेताले छोरीलाई आफ्नो उत्ताराधिकारी बनाउन महिला आन्दोलन गर्ने हो भने यो देश र समाजका लागि घातक हु्न्छ । पहाडका कुनाकाप्चा हिमालको खांेच तथा तराईका बस्ती-बस्तीमा रहेका महिलाहरु जो नयाँ मान्छेसँग बोल्न सक्दैनन उनीहरुसँग गएर हातेमालो गर्ने वातावारण बन्दछ भने त्यो हो नारी दिवस । विभिन्न दाताहरुको तारे होटल कार्यक्रम टुँडीखेलका भाषणभूसनले नारी उत्थान हँुदैन । वर्षभरि सुतेर एक दिन नारी आवाज उठाउने कालक्रम धेरै भइसक्यो । दिनभर भाषण सुन्न आएका नारीहरुको काखमा रहेको बालक रुँदै गर्दा तथा साँझ घरमा फर्केर दिनभर काम गर्न छुटेका कारण भोको पेट बस्नुपर्दा के महिला उत्थान होला र नेपालमै व्यक्त गरिएका नारी उत्थानका गुलिया आश्वासनका पोकाहरु फिजाउने हो भने पनि यो पृथ्वीमा नअटाएर अन्तरिक्षको खोजी नै गर्नुपर्ला । तर अवस्था जहाँको त्यहीँ छ ।
अन्त्यमा दिनभर तास खेलेर रक्सी खाएर साँझ श्रीमतीसँग झगडा हुनेछैन भन्ने विश्वास यो वर्ष नारी दिवसमा बिदा पाउनुभएका पुरुष कर्मचारीसँग गर्दछु । र अर्को वर्षमा नारी दिवसमा पुरुष कर्मचारीले प्राप्त गरेको बिदाको समीक्षा गरौं भन्दै महिला वर्गमा हार्दिक मंगलमय शुभकामना †
Comments0
Leave Comments