© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
राजधानी समाचारदाता काठमाडौं, २२ फागुन कांग्रेस संसदीय दलका नेता एवं पार्टर्ीीपसभापति रामचन्द्र पौडेलले निर्धारित समयमा संविधान जारी गर्न संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी बाधक भएको बताएका छन् । ज्ाापान सरकारको निमन्त्रणामा टोकियोतर्फलागेका नेता पौडेलले शनिबार त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा सञ्चारकर्मीसँग भने 'माओवादी सहमति कायम गरेर समयमै संविधान बनाउने पक्षमा नदेखिएकाले कांग्रेसले मात्र संविधान बनाउन चाहेर हुँदैन ।' उनले नेपाली भाषालाई सर्म्पर्क भाषाको रूपमा स्वीकार्नसमेत नमानेर माओवादीले असहमतिको राजनीति थालेको जनाए । उच्चस्तरीय राजनीतिक संयन्त्र र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको सक्रियतामा दर्ुइ/दर्ुइ ओटा कार्यदल गठन भए पनि संविधान निर्माणमा भने एकरति प्रगति नभएको पौडेलको गुनासो छ । माओवादी वर्तमान सरकार परिवर्तन हुने आशामा रहेकाले उनीहरूको सत्ता प्राप्तिको मोहभंग नभएसम्म संंविधान निर्माणमा माओवादीको ध्यान नै नजाने पौडेलको तर्क छ । पौडेलले राज्य पुनःसंरचना आयोग गठन गर्नसमेत माओवादी तयार नभएको जनाए । पार्टर्ीीे आन्तरिक विषयमा पौडेलले केही जिल्लामा देखिएको विवादको टुंगो नलागेसम्म कांग्रेसको आगामी महाधिवेशनको मिति घोषणा हुन नसक्ने बताए । केही नेताले चैतकै अन्तिम साता महाधिवेशन गर्नु पर्छ भनी 'अव्यवहारिक प्रस्ताव' गरेकाले महाधिवेशनको मिति भदौमा र्सन सक्ने पौडेलको भनाइ छ ।
Comments0
Leave Comments