२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

माउण्ट धौलागिरीको

काठमाडौ/रास- माउण्ट धौलागिरी बहुउदेस्यीय सहकारी संस्था लिमिटेडले विभिन्न संस्थाहरूबीच सहकारीको सिद्धान्त बमोजिम अन्तर सहकारी सम्बन्ध विस्तार गर्दे जने लक्ष्य लिएको छ

यस सहकारी संस्थाले राष्ट्रिय सहकारी संघ लिमिटेड, राष्ट्रिय सहकारी बैंक, नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ र जिल्ला सहकारी संघ लगायत अन्य सहकारी सस्थाहरूसंग अन्तर सहकारी सम्बन्ध विस्तार गर्दे जाने छ

शनिबार राजधानीमा सम्पन्न दसौं वाषिक साधारण सभामा संस्थाका सचिव एवं प्रवन्ध निर्देशक गोविन्द प्रसाद शर्माले सो जानकारी गराएका हुन

साधारण सभामा आर्थिक वर्ष२०६६ को वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दे सचिव शर्माले हाल सञ्चालित अन्य सहकारीको भन्दा उच्च गुणस्तरीय सेवा प्रदान गर्ने उदेस्यकासाथ सहकारीको सिद्धान्त बमोजिम अन्तर सहकारी सम्बन्ध विस्तार गर्दै जाने लक्ष्य लिएको बताए

उनले विभिन्न बचत कार्यक्रमबाट ६ करोड २० लाख ५९ हजार ८ सय ७० रुपैयाँ बचत संकलन भएकामा निक्षेप मुद्धती तर्फ२ करोड १६ लाख ८६ हजार ५० र कुल निक्षेप ८ करोड ३७ लाख ४५ हजार ९ सय २० रुपैयाँ रहेको जानकारी दिए

जसमा १७ करोड १७ लाख ९३ हजार ७ सय ११ रुपैयाँ कर्जा लगानी भएकामा १० करोड ३१ लाख ४९ हजार ८ सय १३ रुपैयाँ असुल भएको संस्थाले जनाएको छ

सभामा राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष सरोज कुमार शर्माले सहकारी मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले सहकारीलाई थप व्यवस्थित बनाउन सरकारले थप गृह कार्य थालेको बताए

उनले हाल सहकारीमा राजनीतिक गतिविधी बढ्दै गएकाले सहकारी व्यवसायीलाई राजनीतिको पछाडी नलाग्न आग्रह गरे

अहिले सहकारी व्यवसायीकै ठुलो जमात भईसकेकाले राजनीतिको पछाडी लाग्नुपर्ने केही कारण नभएको बताउँदै उनले सहकारीलाई थप व्यवस्थित बनाइने बताए

सो कार्यक्रममा ललितपुर सहकारी डिभिजनका प्रमुख बद्धी तिवारीले हाल सहकारी संस्थाले हाउजिङ एवं आवासिय कर्जामा लगानी बढाइरहेको बताए

उनले आवासीय कर्जामा सहकारीको लगानी बढी देखिएकाले राष्ट्र बैंकले समेत बैकिङ तरलता बढ्नुमा सहकारीको भूमिका रहेको आरोप लगाउँदै आएको जानकारी गराए

           । सहकारीको हाउजिङमा लगानी बढाउने आकर्षालाई नियन्त्रण गर्नका अहिले सहकारी बोर्डले आवासीय कर्जा२५ प्रतिशतमा झार्नकालागि निर्देशन दिएको पनि उनले जानकारी दिए 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी