© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
भीम गौतम/राजधानी काभ्रे, २२ फागुन र्सार्वजनिक धारामा पानी भरिएको डेक्ची छोएको निहुँमा काभ्रेको शारदाबतासे गाविस-७ की एक दलित बालिकाले उपल्लो जातिबाट पिटाइ खानुपरेको छ छुवाछूतको अन्त्य भएको धेरै वर्षबिते पनि एक्काइसौं शताब्दीमा काभ्रे सदरमुकाम धुलिखेलसँग जोडिएको शारदा बतासेकी ती बालिकाले दलित भएकै कारण कुटाइ खानुपरेको हो गत फागुन १६ गते बिहान साढे ९ बजे शारदाबतासे गाविस-७ की १२ वषर्ीय पार्वती विकलाई सोही गाविस-५ की अनिता थापाले पानी छोएको निहुँमा कुटेकी हुन् स्थानीय कालिका मावि ४ कक्षामा पढ्ने पार्वती कुटाइ खाएपछि शुक्रबारसम्म विद्यालय जानसकेकी छैनन् कुटपिटको आरोप लागेकी थापाले भने बालिकाले पानीको पालो मिचेपछि र ठूलो मान्छेको गाग्रीको पानी किन छोइस् भनेर आफूले कुटेको स्वीकारेकी छन् पीडित बालिकाका बुबा हरिबहादुर र आमा रमा विकका अनुसार तल्लो जातले किन पानी छोएको भन्दै छोरीलाई कुटेपछि छोरी रुँदै घर आएकी थिइन् छोरीमाथि र्सार्वजनिक धारामा कुटपिट भएपछि उनीहरूले गाविसमा न्यायका लागि निवेदन दिएका थिए, तर बिहीबार दिउँसोसम्म गाविसले कुनै पहल नगरेपछि उनीहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका थिए पीडक थापालाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि सयौं स्थानीयवासी धुलिखेलमा आइपुगेका थिए
Comments0
Leave Comments