२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

महिला आन्दोलन र आठ मार्च

विश्वको आधा आकाश ओगटेका महिलाहरु यस सृष्टिको उदयकालदेखि नै शोषण र उत्पीडनको शिकार हुँदै आएका छन्

समाजमा दर्ुइ पक्ष हुन्छ

युरोपमा मजदूर आन्दोलन सँगसँगै महिलामुक्ति आन्दोलन भएको पाइन्छ

त्यहाँका केही मुलुकहरुमा महिला आन्दोलन विश्वको र्सवहारा आन्दोलनसँग जोडिन थाल्यो र त्यसको साथै सन् १९०६ मार्च ७ का दिन जर्मनीको स्टुड गार्डमा समाजवादी महिलाहरुको पहिलो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भयो

एशिया महादेशमा उपनिवेशबाट मुक्तिका लागि सञ्चालन भएको आन्दोलनबाट महिला आन्दोलनको सुरुवात भएको हो

नेपालमा महिला मुक्ति आन्दोदनको इतिहासलाई पल्टाएर हेरौं

२००६ सालमा नेपाल महिला संघको स्थापना भयो

२०४६ सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था अन्तरगत बनेको सरकारको पालामा चौथो विश्व महिला सम्मेलन भयो

नेपालले पनि १९९० मा महिला विरुद्धको सबै खाले भेदभावको अन्त्य गर्ने महासन्धिलाई अनुमोदन गर्‍यो

बहुदलीय व्यवस्थाको समयमा सीमित उपलब्धिहरु हाँसिल भएता पनि पिछडिएका, जनजाति, अल्पसङख्यक र विपन्न वर्गका लागि ठोस काम हुन सकेन

नेपाली समाज मुलतः पितृसतात्मक समाज हो

परिवर्तनको विगुल फुक्ने काम नेपाली नारीहरुले नयाँ नेपाल सँगसँगै नयाँ र सफल भविष्यको कल्पना गरेका छन्

-खनाल पद्यकन्या क्याम्पस, बागबजारमा स्नातकोत्तर तह, प्रथम वर्षा अध्ययनरत छिन्

 । आदिम युगदेखि वर्तमान् समयसम्म पनि उनीहरु कुनै न कुनै माध्यमबाट उपेक्षित भइ नै रहेका छन्  । एउटा पक्ष भनेको महिलालाई जहिले पनि कमजोर देख्ने र उसमाथि शोषण गर्दै जाने । र, अर्को महिलालाई पनि स्वतन्त्र र अधिकारसम्पन्न गराउनु पर्छ भन्ने महिलाका पक्षधर । स्टालिनले भनेका छन्, 'इतिहासमा महिलाहरुले भाग नलिएको उत्पीडन वर्गको त्यस्तो कुनै आन्दोलन भएनन् ।' समाजको मुक्तिका लागि गरिएको आन्दोलनमा महिलाहरु कहिल्यै पनि अलग रहन सकेनन् । दासमुक्ति आन्दोलनमा सयौं महिला सहिद भए । उनीहरुले वीरतपर्ूण्ा कार्य गरेका थिए  । विश्वमा सबैभन्दा पहिला सन् १४१२ मा प|mान्समा जन्मेकी 'जोन अफ आर्क'ले विदेशी शासकहरुविरुद्ध जनक्रान्ति तथा युद्धको आहवान गरिन् । त्यसैको फलस्वरुप उनलाई १९ वर्षो कलिलो उमेरमै बोक्सीको आरोप लगाई ३० मे १४३१ म्ा जीउँदै जलाएर मारियो । यसै गरी र्सवप्रथम सन् १८४४ मा प|mान्सकी फ्लोरा टि्रष्टन र उनका सहकर्मीहरुले महिलासम्बन्धी माग राखी राजमहलकी साम्राजी मेरी आन्त्वनेतन को निवाससम्म पुगे । यसरी युरोपमा महिलाहरुको शोषण र उत्पीडनको सवालमा आन्दोलनहरु भएका थिए  । उक्त अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेटकिन को नेतृत्वमा 'श्रमिक महिला संगठन' नामक संघ गठन भयो । युरोपेली महिलाहरुले आन्दोलनलाई संगठित रुपले अगाडि बढाउने क्रममा सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा महिला प्रतिनिधिहरुको भेलाबाट ८ घण्टाको श्रम समय लागु गर्ने, मातृशिशु कार्यक्रम सञ्चालन गर्ने महिलाहरुको आर्थिक र राजनीतिक कार्यमा भागलिन पाउनुपर्ने आदि जस्ता सवालहरुमा छलफल भयो । उक्त समयदेखि ८ मार्चलाई विश्वभरी नै अन्तराष्ट्रिय महिला दिवस मनाउने सहमति भयो । सन् १९११ मार्च ८ देखि निरन्तर रुपमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाइदै आइएको छ  । उक्त आन्दोलनमा महिलाहरुको ठूलो योगदान रहेको पाइन्छ । विश्वकै सबैभन्दा पहिला महिला प्रधानमन्त्री एशियाली देश श्रीलङ्काकी सिरमाओ भण्डारा नायके, त्यस्तै गरी भारतकी इन्दिरा गान्धी, पाकिस्थानकी बेनेजीर भुट्टो, बङ्गलादेशकी बेगम खालिँन्दा जिया र हसिना बाजेढ जस्ता साहसिक महिलाहरुले गर्दा सारा एशियाली महादेशमा महिला राजनीतिक आन्दोलन निकै अगाडि रहेको देखिन्छ  । धार्मिक पक्षबाट शुरु भएको योगमायाको जलसमाधिलाई महिला व्रि्रोहको पहिलो ज्वालाको रुपमा लिन सकिन्छ नेपालमा । २००४ सालताका राणा शासनको समयमा महिला शिक्षा र सुधारको विषयलाई लिएर महिलाहरु तत्कालिन राणा प्रधानमन्त्री पद्यमशमशेरसँग प्रतिनिधिमण्डल गइ भेटघाट गरेको र तत्तपश्चात पद्यमशमशेरले महिला शिक्षाको स्वीकृति दिनुका साथै पद्यमकन्या विद्यालय र पद्यकन्या कलेजको स्थापना गरेको पाइन्छ । त्यसपछिका दिनहरुमा महिला झन-झन सक्रिय बन्दै गए  । २००७ सालमा राणाशासनविरोधी आन्दोलनमा महिला सहभागीतालाई एउटा साहसिक कदमको रुपमा लिन सकिन्छ । २००८ सालमा अखिल नेपाल महिला संघको स्थापनापश्चात नेपालमा महिला मुक्ति आन्दोलनले संगठित रुप लिएको पाइन्छ । त्यसपछि २०३६ सालको आन्दोलन र जनमतसंग्रह आदिमा महिलाहरुको सहभागीता बढ्दै गयो । २०३६ सालपछि महिला संघ संगठन पहिलेका भन्दा झन सक्रिय हुन थाले । २०३८ सालमा अखिल नेपाल महिला संघको पर्ुनर्गठन भयो । अन्तराष्ट्रिय क्षेत्रमा सन् १९७५ लाई अन्तराष्ट्रिय महिला वर्षर १९७५ देखि १९८५ लाई अन्तराष्ट्रिय महिला दशकका रुपमा मनाउने घोषणाले नेपालमा पनि ठूलो प्रभाव पार्‍यो । त्यसपछि २०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्वमा समेत महिलाहरु रहे  । त्यसपछि आम महिलाहरुले अन्तराष्ट्रिय महिला आन्दोलनमा चासो लिन थाले । देशभर गैरसरकारी संस्थाहरु दर्ताको लहर चल्यो । आम समूहहरुले महिला अधिकारको अभियानलाई अघि बढाए भने महिलाकै लागि काम गर्ने भनेर संस्थाहरु खुले  । स्थानीय निकायमा २० प्रतिशत महिला उठाउनै पर्ने प्रावधानका कारण करीब ४० हजार महिलाहरुले एकै पटक स्थानीय विकास निमार्ण्र्ााराजनीति र महिला सवालमा चासो राख्न थाले । महिला मन्त्रालयको स्थापना, महिला आयोगको गठन, राष्ट्रिय मानवअधिकार आयोग, योजना आयोग र लोकसेवा आयोगमा १ जना भए पनि महिला राख्ने, संयुक्त राष्ट्रसंघमा छाँया वा वैकल्पिक प्रतिवेदन कामको थालनी, विभिन्न मन्त्रालयमा महिला विभाग वा शाखाको स्थापना, राजनैतिक पार्टर्ीी तिनका जनसंगठनहरुमा महिला विभागको गठन आदिलाई बहुदलीय व्यवस्थाको समयमा भएको महिला आन्दोलनको उपलब्धिको रुपमा लिन सकिन्छ  । त्यसैको फलस्वरुप फेरि पनि अन्दोलनका ध्वनिहरु फुक्नु पर्ने बेला भयो । त्यसैले २०६२ र २०६३ को महान आन्दोलनको उठानसँगै महिला सहभागिताको सवाल रहेक क्षेत्रमा उठेको हो । त्यही विचार अनुरुप समावेशी धारणालाई अवलम्वन गर्दै संविधानसभाको चुनावमा ३३ प्रशित महिला सहभागीता गराइएको हो । यसरी महिला मुक्तिका लागि यति धेरै कदमहरु चालिए तापनि महिलाहरुले कहिल्यै पनि स्वाभिमानी भएर बाँच्न अवसर पाएनन्  । पितृसतात्मक संरचनाले गर्दा मुलुकको सामाजिक राजनैतिक, अर्थिक र कानुनी पक्षमा गहिरो प्रभाव परेको छ । जन्मेदेखि मृत्यु संस्कारसम्म पनि छोरा र छोरीमा भेदभाव गरिन्छ । महिलाहरु घरेलु हिंसा, कुरीति, कुसंस्कार, कुटपिट, छोरीको भूण हत्या, बालविवाह, बहुविवाह, बलात्कार, यौनजन्य हिंसाहरु, चेलीबेटी वेचविखन, दाइजो प्रथा र गालीगलौज आदि सहन बाध्य छन् । २१ औं शताब्दीको संघारमा आइपुग्दा पनि नेपाली महिलाहरु ब्ाोक्सी, डङ्गकीनी, चुडेल्नीको आरोप खप्न तथा त्यसको लागि यातना सहन बाध्य छन् । महिलामाथि लादिएका यति धेरै हिंसालाई सही ढङ्गले अन्त्य गरी महिला मुक्तिका लागि सहि कानुन र अधिकार निमार्ण्र्ाारुर छि । त्यसका लागि कुल जनसंख्याको ३३ प्रतिशत महिलाहरु हरेक क्षेत्र र हरेक वर्गका महिलाहरु समानुपातिक रुपले महिला मुक्तिका लागि सही गोरेटो निमार्ण्र्ाार्ने ठाउँमा पुगेका छन्  । अवश्य पनि २०६६ साल जेठ १४ गते लेखिने नयाँ संविधानका पानामा महिला मुक्तिका निम्ति असल कानुनहरु बन्ने छन् र युगयुगान्तरदेखि महिला मुक्तिका निम्ति बगाइएका रगत र पसिनाहरुले सहि बाटो पाउने छन्  ।)

khanal.bk@gmail.com

 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी