२०६६ - फागुन - २८ | 12, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

हिमपहिरोमा परी पन्ध्र भारतीय सेनाको मृत्यु

एपी
श्रीनगर, २५ माघ
भारतको नियन्त्रणमा रहेको कश्मिरस्थित एक सैन्य तालिम केन्द्रमा सोमबार आएको विशाल हिमपहिरोमा १५ भारतीय सेनाको ज्यान गएको र १७ जना गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् ।
द्रुतगतिमा झरेको हिउँ र बरफ हिमाली पखेरोमा अवस्थित सो तालिम केन्द्रमा ठोक्किएको ६ घन्टापछि १५ जनाको लास पाइएको र ५३ जनालाई जीवितै उद्वार गरिएको वरिष्ठ प्रहरी अधिकारी कायुम मान्हासले एपीलाई बताए । उद्वार गरिएकामध्ये १७ जनालाई आकस्मिक उपचारको खाँचो रहेको मान्हासले जानकारी दिए । अझै दर्ुइजना हिउँमा पुरिएको उद्धारकर्मीले आशंका गरेका छन् ।
भारतीय काश्मिरको प्रमुख सहर श्रीनगरबाट ५० किलोमिटर उत्तरपश्चिममा रहेको गुलमार्गस्थित सैनिक तालिम केन्द्रमा दर्ुघटना भएको प्रवक्ता कर्र्णोल विनित सूदले बताए ।
हिमपहिरो सेनाको 'हाई अल्टिच्युड' युद्धकला स्कूलमा स्थानीय समयअनुसार विहानको ११ बजे आएको थियो । 'यो हालसम्मकै खराब हिमपहिरो हो' सैन्य प्रवक्ता सूदले भने ।
'तालिम केन्द्रमा ३० र्सवसाधारण कामदारसहित चार सयजना थिए । तर, पहिरोले
एउटा अंशमा मात्र क्षति पुर्‍याएको थियो' उनले थपे । पुरिएका सैनिक जवानलाई उद्वार गर्न व्यापक सुरक्षाबल खटाइएको उनले
जानकारी दिए ।
सो क्षेत्रका पर्यटक अधिकारी जीएम दारले त्यहाँ स्की खेलिरहेका सबै चार सय पर्यटक सकुशल रहेको बताए । हिमपहिरोले मुख्य सहरबाट तीन किलोमिटर माथि रहेको तालिम केन्द्रमा क्षति पुर्‍याएको थियो ।
बारम्बारको वषर्ा र हिमपातले काश्मिरमा सडक अवरुद्ध हुनेगरी हिमपहिरो र पहिरो
आउने गर्छ ।
गुलमार्ग भारत र पाकिस्तानले व्यापक सेना तैनाथ गरेको सीमा क्षेत्र, नियन्त्रण रेखा -लाइन अफ कन्ट्रोल)को नजिक पर्छ ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच समयसमयमा विवाद र युद्ध हुँदै आएको छ । सो क्षेत्रको नियन्त्रण रेखाको दुवैतर्फहजारौंको संख्यामा सैन्य सुरक्षाबल तैनाथ गरिएको छ ।
गत वर्षअप्रिलमा भारतीय सैनिक पोष्टमा आएको हिमपहिरोले सातजना भारतीय सेनाको ज्यान लिएको थियो भने कम्तिमा पनि आठजना घाइते भएका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी