२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

बलिउडको नक्कल नगर्न मनिषाको सुझाव

तस्वीर: रजेन्द्र केसी

ल डब्बु क्षेत्री/राजधानी

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले भारतीय सिनेकाको 'कपी' गरेर नेपाली फिल्म नबनाउन नेपाली सिनेकर्मीहरूलाई सुझाव दिएकी छन् ।
सोमबार राजधानीमा सम्पन्न दर्ुइवटा चलचित्र र्'गर्ल' र 'जर्नी'को शुभ साइतमा मुख्य अतिथि
बनेकी अभिनेत्री कोइरालाले सोही कार्यक्रममा यस्तो सुझाव दिएकी हुन् । नेपालमा प्रशस्त चलचित्र बन्न लागेकोमा खुसी व्यक्त गर्दै अभिनेत्री कोइरालाले भनिन्, 'यतिबेला १० वटा नेपाली चलचित्रको सुटिङ भइरहेको जानकारी पाउँदा मलाई साह्रै खुसी लाग्यो, अब हामीले नेपाली चलचित्र निर्माणमा संख्यासँगै यसको गुणस्तरमा पनि ध्यान दिनर्ुपर्छ ।'
हाल राजधानीमा छायांकन भइरहेको नेपाली चलचित्र 'धर्मा'को छायांकनका लागि आफू काठमाडौं आएको कोइरालाले बताइन् । सो चलचित्रमा आफूले निभाएको भूमिकाबारे बताउन भने सुरुमा
उनले अस्वीकार गरिन् । तर, सञ्चारकर्मीहरूको निरन्तर दबाबमा उनको केही लागेन । त्यसपछि उनले भनिन्, 'धर्मामा म नायक राजेश हमालजीकी श्रीमतीको भूमिकामा छु, त्यो रोल राम्रो लागेकै कारण मैले यो चलचित्र खेलेकी हुँ ।'
डा. दर्ुगा पोखरेलले निर्माण गरेको धर्माको निर्देशन दीपेन्द्र के खनालले गरिरहेका छन् । यो चलचित्रको छायांकन गत साताबाट राजधानीमा भइरहेको छ ।
मनिषाले २०४७ सालमा नेपाली फिल्म 'फेरि भेटौंला'मा नायिकाको भूमिकासँगै फिल्मी यात्रा सुरु गरेकी थिइन् । त्यसपछि मुर्म्बई छिरेकी कोइरालाले सुभाष र्घइको फिल्म 'सौदागर'बाट बलिउडमा अभिनय थालेकी हुन् । नेपाली चलचित्रमा खेलेको दर्ुइ दशकपछि उनी पुनः नेपाली चलचत्रमै फर्किएकी छन् । यहाँ बन्ने चलचित्रको लागानीबारे अभिनेत्री कोइरालाले, 'पहिला
जस्तै अहिले पनि ५०/६० लाख
रुपैयाँको बजेटमा नेपाली फिल्म
बन्दोरहेछ, तर निर्माण संख्या भने प्रशस्त बढेछ ।'
धर्मापछि अरू पनि नेपाली चलचित्रमा अभिनय गर्ने पनि उनले बताइन् । 'बलिउडमा जस्तो प्रशस्त पारिश्रमिक नेपाली चलचित्रमा पाइँदैन, के कम पारिश्रमिकमा पनि काम गर्नुहुन्छ -' भन्ने सञ्चारकर्मीको प्रश्नमा अभिनेत्री कोइरालाले
भनिन्, 'पैसाभन्दा पनि मेरा लागि चलचित्रको भूमिका महत्त्वपर्ूण्ा हो, यदि मौलिक चलचित्र छ र मैले चाहेजस्तो सशक्त रोल छ भने म यहाँ चलेको बजेटमा पनि काम गर्छर्ुु'
यसअघि थुप्रैपटक आफूले नेपाली चलचित्र निर्माण गर्ने घोषणा अभिनेत्री कोइरालाले गर्दै आएकी थिइन् । त्यो चलचित्रबारे उनले भनिन्, 'नेपाली चलचित्र बनाउने मेरो योजना यथावतै छ, त्यो मेरो 'डि्रम प्रोजेक्ट' भएकाले सो चलचित्र निर्माण गर्न अझै केही वर्षलाग्छ ।'
नेपाली चलचित्र अन्तर्रर्ााट्रयस्तरको नबनेको टिप्पणी गर्दै अभिनेत्री कोइरालाले भनिन्, 'नेपाली मौलिक कलासंस्कृति समेटेर सांस्कृतिक चलचित्र बनाई त्यसलाई अन्तर्रर्ााट्रय महोत्सवमा पुर्‍याउनुपर्‍यो ।' नेपालमा प्रशस्त सुन्दर दृश्य र त्यत्तिकै मौलिक कथा एवं लोकसंस्कृति भएको पनि उनले बताइन् ।
नेपाली राजनीतिमा 'ब्रान्डेड' मानिएको कोइराला परिवारकी
छोरी हुन्, मनिषा । उनी पनि
नेपाली राजनीतिमा आउने चर्चा बेलामौकामा नचलेको होइन, तर त्यसलाई उनले अस्वीकार गरिन् । नेपाली राजनीतिमा आउने योजनाबारे सञ्चाकर्मीको जिज्ञासामा उनले भनिन्, 'होइन, होइन, म अहिले राजनीतिमा आउँदिन, मेरा लागि चलचित्र नै ठीक छ ।'
निर्माण हुन लागेका दर्ुइवटा चलचित्र गर्ल र जर्नीको मुुहर्ूतमा प्रमुख अतिथि हुन पाएकोमा अभिनेत्री कोइरालाले खुसी व्यक्त गर्दै भनिन्, 'रियल स्टोरीमा बनाउन लागिएको यी दर्ुइ फिल्म मैले चाहेजस्तो मौलिक हुने आशा गरेकी छु ।' आफू बाहिर जाने हतारमा रहेको बताउँदै सो मुुहर्ूत समारोहमा छोटो बसाइसँगै उनी त्यहाँबाट बाहिरिइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी