२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

खेती गरेर १२ लाख कमाइ

इलामको पर्ूर्वी पञ्चकन्या गाविसका भेषराज गड्तौलाले गोलभेंडा खेती गरेर ६ महिनामा १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । पञ्चकन्या-७ का कृषक भेषराज गड्तौलाले गोलभेंडा खेतीबाट गत वैशाखदेखि असोज महिनासम्ममा १२ लाख रुपैयाँ आम्दानी गरेको बताए ।
'दर्ुइ लाख  लागत खर्च कटाउँदा १० लाख रुपैयाँ चोखो आम्दानी भयो,' गड्तौलाले खुसी हुँदै भने । २० रोपनी जग्गा भाडामा  लिएर उनले गोलभेंडा खेती गरेका थिए । उनकोे बारीमा फलेका गोलभेंडा अझै केही बेच्न बाँकी नै छ ।
'गतवर्ष१० हजार बोट गोलभेंडा खेती गर्दा पाँच लाख रुपैयाँ आम्दानी भएको थियो,' गड्तौलाले सुनाए, 'यो वर्ष२० हजार बोट गोलभेंडा रोपेकोमा हालसम्म आठ सय क्विन्टल बिक्री भइसकेको छ ।' स्थानीयस्तरमा बजारको अभाव र अन्य तरकारीको मात्र उत्पादन हुने गरेकाले गोलभेंडा बिक्री गर्न  झापा  झर्नुपर्ने गड्तौलाको बाध्यता छ । यसले गर्दा ढुवानी खर्च बढी लाग्ने धारणा राखे उनले । उनका अनुसार गोलभेंडा खेती गर्न जटिल भए पनि आम्दानी भने राम्रै हुन्छ । भन्छन्, 'मेहनत गर्न सके यहीँ पैसा कमाउन सकिन्छ, लाखौं रुपैयाँ खर्चेर विदेश जानै पर्दैन ।'
चाडबाडका बेला प्रतिकिलो ३५ देखि ५० रुपैयाँसम्ममा गोलभेंडा बिक्री गर्ने गरेका छन्, गड्तौलाले । उनको कमाइ देखेर उनका  परिवार मात्र होइन, छरछिमेकीसमेत गोलभेंडा खेतीप्रति आकषिर्त हुन थालेका छन् । गड्तौला परिवारले छिमेकीलाई पनि हौस्याएको छ । स्थानीय डोलेन्द्र भारद्वाज भन्छन्, 'उनको मेहनत र आम्दानी देखेर हामीलाई पनि गोलभेंडा खेती गर्न जाँगर चलेको छ ।' गड्तौलाकै सिको गरेर यहाँका करिब डेर्ढदर्जन परिवारले व्यावसायिक गोलभेंडा खेती सुरु गरेका छन् ।
विशेष गरी वषर्ायाममा लगाइएको गोलभेंडाबाट राम्रो आम्दानी हुने गर्छ । तर, वर्षयाममा लाग्ने हुस्सुबाट बचाउन, गोडमेल गर्न र औषधोपचार गर्न भने गाह्रो पर्छ । रातदिन गोलभेंडाको स्याहारसुसारमा जुटेका गड्तौलाका छोरा दीपेन्द्र भन्छन्, 'ढुसीनाशक औषधि खरिद गर्न र छिट्न पनि धेरै समय खर्चिनर्ुपर्छ ।' गोलभेंडा खेतीबाट भएको आम्दानीबाट गड्तौला परिवारले घरनजिकै १० रोपनी जमिनसमेत किनिसकेका छन् ।  
विगत लामो समयदेखि तरकारी खेती गरिरहेका गड्तौलाले बन्दा, काउली, रायो, मूलालगायत अन्य बेमौसमी तरकारी खेती गरेका छन् । अन्य तरकारीबाट पनि राम्रै आम्दानी हुने अनुभव गरेका छन् ।  
जिल्लाका पञ्चकन्यासहित पर्ूर्वी गोदक, लक्ष्मीपुर, शान्तिपुर, फिक्कल, गोर्खे, पशुपतिनगर, कन्याम, कोल्बुङलगायतका गाविसमा अहिले व्यावसायिक रूपमा गोलभेंडा, बन्दा, आलु, इस्कुस, काँक्रा, फर्सर्ीीमटर, धनियाँलगायतका तरकारीको खेती सुरु भएको छ । यसबाट भएको आम्दानीले स्थानीय परिवारको गुजारा चलाउन र बालबालिकालाई विद्यालय तथा क्याम्पसमा पढाउनसमेत पुग्ने गरेको किसानहरू बताउँछन् । उपयुक्त बजार अभावका कारण खेती गरेअनुसारको आम्दानी लिन नसकेको ती कृषकहरुको गुनासो छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार हिउँदे सिजनमा जिल्लाको ७० हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेंडा खेतीबाट नौ सय १० मेक्टि्रक टन उत्पादन हुने गर्छ भने वषर्ायाममा बेमौसमी रूपमा जिल्लाको २७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट तीन सय २४ मेक्टि्रक टन गोलभेंडा उत्पादन हुने गर्छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी