© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २८ | 12, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २५
लक्ष्मी सापकोटा/राजधानी
काठमाडौं, २५ माघ
लोडसेडिङले साइबर व्यवसाय संकटमा परेको छ । बढ्दो लोडसेडिङले साइबर व्यवसाय पर्ूण्ा रूप्ाले प्रभावित भएका हुन् । आइतबार दिउँसो २ बजे कम्प्युटरमा काम थियो भन्दै वनस्थलीका प्रविण पोखरेल पुतलीसडकमा साइबर चहार्दै थिए ।
सोही स्थानमा रहेको पिस जुन साइबर एन्ड कम्युनिकेसनमा ग्राहकहरू आउँदै-जाँदै गरिहेका थिए । साइबरकी सञ्चालक
दैनिक ११ घन्टाको लोडसेडिङले व्यवसाय सञ्चालन गर्न नसकेको बताइरहेकी थिइन् ।
बिहानदेखि बेलुकासम्म भीडभाड हुने सो साइबर बत्ती जान थालेपछि सुनसान बनेको छ । चल्ने ठाउँमा रहेका साइबरले १० देखि १५ हजार रुपैयाँसम्म दैनिक कारोबार गर्ने गर्छन् । तर, अहिले त्यस्ता पसलमा बढीमा चार हजार रुपैयाँको मात्र कारोबार हुने गरेको छ ।
बागबजारमा रहेको माइक्रोसफ्ट साइबरका सञ्चालक पनि व्यवसाय सञ्चालन गर्न कठिन परेको बताउँछन् । त्यस्तै, कोटेश्वरका मनकामना साइबर सेन्टरका सञ्चालक केशव सापकोटा बत्ती नभएको बेला पसल नै बन्द गर्ने गरेको बताउँछन् । 'बत्ती हुँदैन, इर्न्भर्टरबाट कम्प्युटर लामो समयसम्म चलाउन सकिन्न,' सञ्चालक खतिवडाले भने, 'हामीजस्ता साना व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न धौधौ परेको छ ।'
दैनिक १५ देखि २० हजार रुपैयाँँसम्मको व्यापार हुने पसलमा हाल पाँचदेखि सात हजार रुपैयाँँमात्र व्यापार हुने गरेको उनी बताउँछन् । ३० लाख लगानी गरी चार वर्षघि सञ्चालन गरेको सो साइबर बन्द हुने अवस्थामा रहेको स्ाञ्चालक खतिवडाले बताए ।
साइबर व्यवसाय सञ्चालन गरेका लगानीकर्तालाई मात्र नभएर ग्राहकहरूलाई समयमा काम गर्न नपाएर समस्या उत्पन्न भएको छ । थोरै पुँजी लगानी गरी व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई लोडसेडिङले प्रभावित बनाएको छ ।
Comments0
Leave Comments