© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २५
सुभाष न्यौपाने/राजधानी
काठमाडौं, २५ माघ
माओवादी समर्थित मजदुर संगठनले गरेको ठूला रेस्टुरेन्टको आन्दोलनको निकास निस्कन वार्ता हुन नसकेपछि सोमबार पनि राजधानीका २४ रेस्टुरेन्ट बन्द भएका छन् ।
मजदुर संगठन व्यवस्थापनले तालाबन्दी गरेर वार्तामा आउनर्ुपर्ने र व्यवस्थापन पक्ष रेस्टुरेन्टलाई बाधा गर्न छोडेर टेबलमा बस्नर्ुपर्ने अडानका कारण वार्ता हुन नसकेपछि ती होटल बन्द भए ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन -रेबन) का अनुसार बन्द हुनेमा 'द बेकरी क्याफे' का ११ ओटा, र्'हर्ट बे्रड'का आठओटा र 'एन्डिज'का पाँचओटा छन् । 'एन्डिज' का एकजना उच्च व्यवस्थापकले माओवादी मजदुर स्ंागठनले धाक-धम्की दिने गरेकाले व्यवसायमा सुरक्षा चुनौती बढेको बताए । 'खुट्टा भाँच्ने र मार्ने मात्र कुरा गर्दछन्,' ती व्यवस्थापकले भने, 'सरकारले आफ्नो उपस्थिति देखाउन नसकेमा रेस्टुरेन्ट व्यवसाय ध्वस्त हुन्छ ।'
माओवादीनिकट अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघका महासचिव प्रकाश श्रेष्ठले मजदुरलाई तल्लो श्रेणीका प्राणी ठान्ने मालिक मानसिकताका कारण समस्या चर्किएको बताए । संघले ४० प्रतिशत तलब र शतप्रतिशत महँगी भत्ताको माग राखेर चरणबद्ध आन्दोलन गरेपछि व्यवस्थापनले ती प्रतिष्ठान बन्द गरेको हो ।
रेबनले प्रतिष्ठानमा आठ घन्टासम्म ग्राहक सेवा बन्द गर्नेसम्मका क्रियाकलाप गरेपछि सञ्चालन गर्नुको औचित्य नभएको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ । रेबनका अध्यक्ष श्यामसुन्दर कक्षपतिले उपभोक्तालाई सेवाबाट वञ्चित नगर्ने प्रतिबद्धता मजदुर पक्षबाट आउनर्ुपर्ने बताए ।
सत्तारुढ एमालेको मजदुर संगठनले भने महंगी अनुसारको तलव भत्ता पाउने अधिकार प्रतिष्ठानका श्रमिकमा रहे पनि संगठन विस्तार गर्ने नाममा अराजकता निम्ताउन नहुने जिकिर गर्दछन् ।
नेपाल टेड्र युनियन महासंघ -जिफण्ट) का अध्यक्ष विष्णु रिमालले मजदुर हीतका नाममा उग्र व्यवहार देखाएर प्रतिष्ठान बन्द गराउने वातावरण निर्माण गर्नको सट्टा न्यायोचित टेड्र युनियन गतिविधि गर्न आग्रह गरे । उनले धाक धम्की देखाएर मजदुर आन्दोलन सफल नहुने उल्लेख गर्दै महंगी अनुसारको तलव भत्ता व्यवसायीले पनि मजदुरलाई दिनु पर्ने बताए ।
एन्डिजका एक जना व्यवस्थापकले राजधानीलाई दिएको जानकारी अनुसार ठुला रेष्टुरेन्टमा एमाले मजदुरको बर्चस्व भएकाले उनीहरूलाई आकषिर्त गर्न माओवादीले धान्न नै नसक्ने गरी महत्वकांक्षी माग राखेकाले वातावरण व्रिगेको जानकारी दिए । उनले आन्दोलनमा वाइसिएलको समेत संलग्नता देखिएकाले प्रतिष्ठानलाई बन्द गर्नु पर्ने अवस्था आएको गुनासो गरे । जिफण्टका अध्यक्ष रिमालले संगठन विस्तारका नाममा गलत टेड्र युनियन गतिविधि बढ्न थालेको स्वीकार गरे ।
Comments0
Leave Comments