© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २५
सविन प्रियासन/राजधानी
दाङ, २५ माघ
महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र्सवदेव ओझाले अल्पसंख्यक रूपमा रहेका वादी समुदायका बालबालिकासँग भेटघाट गरेका छन् । कार्यक्रमको सिलसिलामा दाङ आइपुगेका मन्त्री ओझाले वादी समुदायका बालबालिकासँग भेटघाट गरेका हुन् । मन्त्रीलाई भेट्न पाउँदा बालबालिका दंग परेका थिए ।
सेफ हाउसमा रहेका वादी समुदायका बालबालिकासँग भेट गर्दै मन्त्री ओझाले वादी समुदायको उत्थानका लागि सरकार लागिपरेको बताए । 'वादी समुदायको उत्थानका लागि राज्यले यस वर्षेखि समुदाय विशेष कार्यक्रम सञ्चालन गरेको छ, तपाईंहरूको उत्थानका लागि सरकार गम्भीर छ,' उनले भने । महिला तथा बालबालिकाको विकासमा ध्यान नदिँदासम्म अन्य क्षेत्रकोे विकासमा अवरोध उत्पन्न हुने उनको भनाइ थियो । 'म यस कार्यक्रमबाट सन्तुष्ट छु, भौतिक विकासलाई मात्र हेरेर हँुदैन, यस कार्यक्रममले मानवीय विकासमा टेवा पुर्याउनेमा म विश्वस्त छु,' उनले भने ।
मन्त्रीसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा बालबालिकासँगै उनीहरूका अभिभावक पनि खुसी देखिन्थे । 'मलाई मन्त्रीसँग भेटेर कुराकानी गर्न पाउँदा निकै खुसी लागको छ, यसअघि मन्त्रीको अनुहारसम्म पनि देख्न पाएको थिइन,' अनिषा नेपालीले भनिन् । आर्थिक स्थिति कमजोर भएकी नेपाली एक वर्षेखि सेफ हाउसमा बस्दै आएकी छन् । 'घरको आर्थिक अवस्था कमजोर छ, यहाँ आएर पढ्न पाएकोमा खुसी लागेको छ, हाम्रोबारेमा सरकारले केही गर्छ कि भन्ने लागेको छ,' मन्त्रीसँग भेटेपछि उनले भनिन् ।
डुरुवा-६ की शर्मिला नेपाली पनि सेफ हाउसमै बसेर अध्ययनलाई नियमितता दिन सकेकोमा खुसी छन् । 'घरको अवस्था कमजोर छ, पढ्नलाई पैसा छैन,' उनले भनिन् । आफू बसेको कार्यालयमा मन्त्री आएर अनुगमन तथा निरीक्षण गरेपछि आफ्ना लागि केही सहयोग हुन्छ कि भनी उनी आशावादी देखिएकी छन् । महिला विकास कार्यालयले सञ्चालन गर्दै आएको सेफ हाउसमा अहिले १६ जना बालबालिका बस्ने गर्दछन् । वादी महिलाले परम्परागत रूपमा चलाउँदै आएको देहव्यापार अन्त्य गर्न राज्यले वादी महिला विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । दाङका वादी समुदायका बालबालिकाका लागि २९ लाख २५ हजार रुपैयाँ आएको महिला विकास कार्यालयकी महिला विकास अधिकृत प्रभा
श्रेष्ठ बताउँछिन् ।
दाङमा अहिले करिब दर्ुइ सय ५० घरधुरी वादी समुदायका बालबालिकामध्ये करिब एक सय ९५ जनाले छात्रवृत्ति पाएका छन् । ती बालबालिकाका प्रतिघरपरिवारलाई वाषिर्क १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिँदै आएको श्रेष्ठले जानकारी दिइन् । दाङमा करिब तीन हजार पाँच सय वादी समुदायका बालबालिका रहे पनि विद्यालयमा भर्ना भएका बालबालिकाको संख्या अत्यन्त न्यून छ । दर्ुइ सय ६१ जना वादी समुदायका बालबालिकाले मात्रै विद्यालय शिक्षा लिन पाएको सेफ हाउसका प्रकाश नेपालीले जानकारी दिए । उनका अनुसार एक सय ४० छात्रा र एक सय २१ छात्रले मात्रै अध्ययन गर्न पाएका छन् । दाङका १५ गाविसमा वादी समुदायको बसोवास रहेको उनले बताए ।
यसैबीच, मन्त्री ओझाले घोराहीको पर्सर्ाा रहेको शान्ति बालगृहको पनि निरीक्षण गरे । शान्ति बालगृहमा असहाय, अनाथ, द्वन्द्वपीडित, अपांगलगायत २६ जना बालबालिका छन् ।
Comments0
Leave Comments