२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

प्रत्येक जिल्लामा सामुदायिक विज्ञान उच्चमावि सञ्चालन हुने

राजधानी समाचारदाता
काठमाडौं, २५ माघ
उच्च माध्यमिक शिक्षा परिषद्ले ७५ जिल्लामा एक सामुदायिक विज्ञान संकायको उच्चमावि सञ्चालनमा ल्याउने भएको छ ।
हालसम्म उच्चमाविले सम्बन्धन दिएका सामुदायिक उच्चमाविहरूमा विज्ञान संकाय निकै कम भएको भन्दै प्रत्येक जिल्लामा एउटा विज्ञान संकाय सञ्चालन गर्ने सामुदायिक उच्चमावि सञ्चालनमा ल्याउन लागेको हो ।
अखिल क्रान्तिकारीले उच्चमावि सुधारका लागि यसअघि राखेका मागबारे सोमबार भएको सहमतिमा सो उल्लेख गरिएको छ । यसअघि सरकारले बजेटमार्फ् प्रत्येक जिल्लामा एउटा विज्ञान संकायको उच्चमावि सञ्चालनका लागि सहयोग गर्ने नीति ल्याएको थियो । हाल निजीस्तरमा खुलेका उच्चमाविहरूमा मात्र  विज्ञान संकाय सञ्चालनमा आएको छ ।
क्रान्तिकारी र उच्चमाविबीच भएको सहमतिमा विज्ञान संकाय सञ्चालनका लागि प्रयोगशाला र पुस्तकालयका निम्ति वाषिर्क आर्थिक सहयोग गर्ने सहमति गरेको छ । क्रान्तिकारीले निजी उच्चमाविलाई राष्ट्रियकरण गर्नुपर्ने विषयमा उच्चमावि र क्रान्तिकारी विद्यार्थी संगठन सम्मिलित समिति गठन गरी गृहकार्य गर्ने सहमति भएको छ ।
निजी उच्चमाविहरूले मनोमानी ढंगबाट शुल्क उठाउने गरेको भन्दै त्यसका लागि एक कार्यदल गठन गरी छानबिन गर्न उनीहरू सहमत भएका हुन् ।
उच्चमाविले दर्ुगम क्षेत्रका विद्यालयलाई सम्बन्धन दिँदा धितो रकम राख्नु नपर्ने भएको छ । क्रान्तिकारीले सामुदायिक उच्च माविहरूमा पाँचवटा दरबन्दी हुनुपर्ने भनी राखेको मागमा आगामी वर्षेखि सो व्यवस्था गरिने भएको छ ।
अन्तरिम संविधानमा विद्यालय शिक्षा निःशुल्क भन्ने उल्लेख भए पनि कार्यान्वयन नभएको भन्दै त्यसका लागि पहल गर्न एक कार्यदल गठन गरी त्यसले दिएको सुझावका आधारमा अघि बढ्ने सहमति उच्चमावि र क्रान्तिकारीले गरेका छन् ।
सामुदायिक र निजी उच्चमाविमा दोहोरो शिक्षा प्रणाली लागू भएको भन्दै दुवैमा एकरूपता ल्याउन पहल गर्न त्यसका लागि सरोकारवालाहरूबीच छलफल गर्ने विषयमा दुवै सहमत भएका छन् । यसैगरी, प्रत्येक जिल्लामा एक छात्रावास स्थापना गरिने छ ।   
सो सहमतिमा  उच्चमाविका उपाध्यक्ष डा.उपेन्द्र काइराला र क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा न्यौपानेले सहमति कार्यान्वयन नभए संगठनले दबाबमूलक आन्दोलन गर्ने भन्दै त्यसको जिम्मेवार उच्चमावि हुने बताए । उच्चमाविका उपाध्यक्ष डा.कोइरालाले आफ्नो पद दाउमा राखेर भए पनि सहमतिलाई कार्यान्वयनमा पहल गर्ने प्रतिबद्वता जनाए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी