२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

अरविन्दको समाधिमा

महषिर् अरविन्दबारे स्कूल जीवनदेखि नै एकखाले आकर्षाले मनभित्र बास पाएको थियो । उनीमाथिका लेखहरू बेलामौकामा पढियो पनि, तर त्यसले पिपासा शान्त गर्नु सट्टा झन-झन बढायो पो । पछि केही साना पुस्तकहरू पनि पढें, तर बुझाईमा भने अरु एक थोपा पनि थपिएन । धेरैले सिफारिश गरेपछि 'डिभाईन लाईफ' भन्ने बृहद ग्रन्थ पढें । तर यथार्थ पढ्न सुरु मात्र गरें, आठ-दश पाना पढेपछि थप पढ्ने जाँगर नै लागेन । यसो हुनुमा दोष पुूस्तकको होइन, मेरै दिमागको थियो । किनकि दिमागमा केही पस्दै पसेन । कता कता आफुमा हीन भाव पनि आयो, योगीराजको पुस्तक पढ्ने सामर्थ्य नभएकोमा ।
त्यसको केहीपछि 'उत्तरयोगी' भन्ने पुस्तक पढ्ने सौभाग्य पाएँ । कुनै भारतीय लेखकले लेखेको अरविन्दको जीवनकथा 'उत्तरयोगी' पढेपछि ती भारतीय राजनैतिक क्रान्तिका महानायक एवं पर्ूर्वीय अध्यात्म-योग दर्शनका मर्र्ुधर्न्यबारे बुझ्ने संयोग जुर्‍यो । बाल्यकालमै पिताको अंगे्रजी-प्रेमले इंगलैण्ड पढ्न पठाइएका अरविन्दको सारा शिक्षा पश्चिमी परिवेशमा भएको थियो । त्यसबेलाको सर्वोच्च शिक्षा हासिल गरेपश्चात भारत फर्की तत्कालीन ब्रिटिस सरकारी सेवामा प्रवेश नगरी एउटा राजाको दरवारमा नोकरी गरे अरविन्दले । देशमा क्रान्तिकारीहरू अंग्रेज शासनविरुद्ध सल्बलाउन थालेको बेला उनले महत्वपर्ूण्ा भूमिका निर्वाह गरे । यसअघि बंगालमै उनको बिबाह भैसकेको थियो । श्रीमती बंगालमै बस्थिन । उनका लागि महिनाको सय रुपंैया खर्च पठाउनुहुन्थ्यो योगीराजले । बाँकीको बीस हजार तलव क्रान्तिकारीहरूलाई सहयोग गर्नमा खर्च हुन्थ्यो । पञ्जावदेखि बंगालसम्म अनेकौं क्रान्तिकारी दस्ताको निर्माण उहाँले पर्दापछाडिबाट गर्नुभयो । तर उर्त्र्सगको भावनामा सुत्रधारको भूमिकाले मात्र सन्तुष्टि कहाँ हुन्छ - जागिर छोड्दा उहाँले श्रीमतीलाई पत्र लेख्नुभयो- 'आजसम्म त्रि्रो जिम्मेवारी मैले निर्वाह गरेेको थिएँ, अब यो जिम्मेवारर्ीर् इश्वरमाथि छ ।'
कोलकाता फर्किएर क्रान्तिकारी दलको परिचालनमै पर्ूण्ारुपेण होम्मिनुभयो, ब्रिटिश शासनले जेल हाल्यो र त्यसको केहीदिनपछि जेल मूक्त हुनुभयो । तर फेरि जेल पर्नुभयो । यसपटक भने मुद्दा गम्भिर थियो, छुट्ने आशा थिएन । जेलमै उहाँले भगवान कृष्णको दर्शन पाउनुभो र पाउनु भो आफु जेलमुक्त हुने संकेत साथै राजनैतिक/क्रान्तिकारी जीवनबाट सन्यास लिई अध्यात्मको बाटोमा हिड्ने प्रेरणा । उहाँले प्रश्न गर्दा 'देश मुक्तिको कार्य कसले र कसरी अगाडि बढ्छ - प्रत्युत्तरमा त्रि्रो कार्यभूमिका यहीसम्म थियो अब त्रि्रो ठाँउमा अर्को कोही आउँछ । '
फैसलाको दिन अदालतमा उहाँले न्यायाधिशलाई हर्ेदा कृष्ण बसेको पाउनुभयो, मनमा सन्तोष भयो, अब त म पक्कै मुक्त हुन्छु, नजर घुमाउँदै लाँदा आफ्नो वकिल पनि, सरकारी साक्षी पनि कृष्ण, सरकारी वकिल पनि कृष्ण! सबैलाई कृष्णमय देखेपछि पलाएको आशा तुहियो । यही त हो मानिसको मनको कमजोरी र व्यथा † उहाँ छुट्नुभयो, छुटेपछि उहाँको स्वागतार्थ आयोजना गरिएको उत्तरपाडा भन्ने स्थानमा उहाँले सभालाई सम्बोधन गर्नुभयो, जुन आज पनि 'उत्तरपाडा अभिभाषण' भनेर प्रसिद्ध छ । त्यसै रात दर्ुइ जना सहयोगीका साथ सदाका लागि कोलकता छाडी उहाँ सुटुक्क दक्षिणतिर प्रस्थान गर्नुभयो । र, नयाँ जीवनको कर्मथलो बनाउनु भयो त्यसबेलाको फ्रेन्च कोलोनी पांडिचेरीलाई । एउटा कोठा भाडामा लिएर उहाँको योगसाधना प्रारम्भ भयो, अनेकौं आर्थिक संकट झेल्दै उहाँको साधना अघि बढ्दै गयो । र, एकदिन उद्घोष गर्नुभयो उहाँले आफु 'डिभाइन' भएको । र, यतिमा पनि उहाँको साधना रोकिएन । उहाँले अगाडि भन्नुभयो, 'मेरो आत्मा चैतन्य भैसक्यो, अब म त्यो चैतन्यलाई शरीरसम्म ल्याउँछु, शरीरमा त्यो चेतना आएपछि आत्मा सरह मेरो शरीर पनि अजर-अमर हुन्छ ।' तर कोरिया युद्धका समय उहाँले शरीर छोड्ने घोषणा गर्नुभयो र त्याग दिनु भयो शरीर । मृत्युको सातदिनसम्म उहाँको शरीरबाट निस्किएको नीलो किरणले कोठा नै उज्यालो बनाएको थियो ।
अब यो महासंयोग नै होला, भारत तिनै योगीराज जन्मेको मितिमै स्वतन्त्र हुन पुग्यो, स्वतन्त्र भारतको रेडियोबाट राष्ट्रलाई सम्बोधन गर्ने सम्मान र अभिभारा योगीराजले नै पाउनुभयो । योगीराज अरविन्दबाहेक भारत भ्रमणको क्रममा मैले एकजना मात्र योगी भेटें, जुन योगीराजले भनेजस्तै दिव्य चेतनालाई शारीरिक तलमा ल्याउन साधनारत छन् । उहाँ हुनुहुन्छ पंजावको मोगा जिल्लामा पर्ने मल्लके नामक गाँउमा शब्द सूरत संगम आश्रममा बस्ने स्वामी बुधपुरीजी महाराज । अरविन्द विशुद्ध योगी हुनुहुन्थ्यो, योगाचार्य होइन । बाल्यकालदेखि रहेको पांडिचेरी पुग्ने मेरो अभिलाषा गत 'अगष्ट'मा पूरा भयो । वषौंको धोको पूरा भएको उल्लासमा अरविन्द समाधिमा ध्यानमग्न भई बसें, तर मेरो ध्यान भने एउटा यहुदी कथा सम्भिmनतिर पुग्यो ।
कुनै सन्यासीले एउटा गाउँलेको सेवाले प्रसन्न भइ आफ्नो गधा उसलाई उपहार दिए । गाउँले गधा पाएर अत्यन्त खुशी भयो, उसले भारी बोक्ने झंझटबाट मुक्ति त पायो नै साथसाथै पायो एउटा सवारी साधन । एकदिन यात्राको क्रममा गधाको मृत्यु भयो, गाउँले अति नै दुखित् भयो । गधाको गुन सम्झेर उसले खाल्डो खनी अन्तिम संस्कार गरेर बढो श्रद्धापर्ूवक नमस्कार पनि गर्‍यो । आगन्तुक एउटा पथिकले 'ए यो त पक्कै सिद्धको समाधि नै हुनर्ुपर्छ' ठम्याएर वरिपरि घुम्दै श्रद्धाले टाउको निहुराँउदै भेटी समेत चढायो । गाउँले फेरि यो देखेर छक्क पर्‍यो र उसले सम्भिmयो, अब त यो मेरो जिविकाको साधन बन्न सक्छ । ऊ दिनभरि समाधिमा झोक्राएर बस्न थाल्यो, आउने-जानेहरूले कुनै सिद्ध पुरुषको समाधि ठानेर भेटी चढाउन थाले । उसको जीविका राम्ररी चल्न थाल्यो । कुनैदिन घुम्दै-फिर्दै सन्यासी छेवैको गाँउमा आइपुगेछन् । गाँउलेहरूले सन्यासीलाई समाधिका बारेमा बखान गरे । ती सन्यासी  गाउँलेहरूका साथ समाधिमा पुगे, उनले पर्ूव परिचित उनै गाउँलेलाई पो त्यहाँ देखे र सोधे, यो कसको समाधि हो र तँ यहाँ तिमी यहाँ किन बसेको - गाउँले सन्यासीलाई कुनामा लगी उत्तर दियो( 'तपार्ँइसँग त के लुकाउनु ! तपाईंले मलाई दिनु भएको गधा बाँचुञ्जेल धेरै काम त दियो नै, विचरा ! मरेपछि पनि उसले मेरो साथ छोडेको छैन, अझै साथ दिई नै रहेको छ, यो उसकै समाधि हो ।' यसैबाट मेरो गुजारा चलिरहेको छ ।' गाउँलेको उत्तर सुनेर सन्यासी जोडले हाँसे र भने, यस्तै एउटा समाधि मेरो आश्रममा पनि छ, तिमीलाई थाहा छ त्यो कसको समाधि हो - सोझो गाउँलेले विनम्रतापर्ूवक 'हजूर त्यो त मलाई कसरी थाहा हुनु र !' भनेपछि सन्यासीले भने, 'त्यो यही गधाकी आमाको समाधि' हो । त्यसै समाधिबाट त मेरो आश्रमको खर्च चलेको छ ।
अरविन्दको समाधिमा ध्यानमा बसेको बेला यो कथा सम्भिmनुलाई पूरै सकारात्मक लिएर योगीराजप्रति श्रद्धा नमन गर्दै बाहिरिए('योग त मैले आफैंसँग गर्नुछ' ।
divinitycallsyou@gmail.com

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी