२०६६ - फागुन - २८ | 12, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

उपराष्ट्रपति झाले लिए शपथ

काठमाडौं/रास- र्सवाेच्च अदालतले नेपाली भाषामा शपथ लिन दिएको आदेश अस्वीकार गरेको करिब ६ महिनापछि उपराष्ट्रपति परमानन्द झाले आइतबार नेपाली र मैथिली दुवै भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
हिन्दी भाषामा शपथ लिएकाले र्सवाेच्च अदालतको आदेशबाट निष्त्रिmय अवस्थामा रहेका उपराष्ट्रपति झाको पद शपथसँगै आइतबारदेखि पुनः सक्रिय बनेको छ ।
व्यवस्थापिका संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिले समेत मातृभाषामा शपथ लिनसक्ने गरी संविधानमा सातौं संशोधन गरेपछि उपराष्ट्रपति झाले पुनः शपथ लिएका हुन् ।
राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो ३ बजेर ४३ मिनेट जाँदा राष्ट्रपति डा. रामवरण यादवले उनलाई पुनः शपथ गराएका हुन् । राष्ट्रपति यादवले नेपाली भाषामा पढेको शपथको व्यहोरालाई अनुवाद गर्दै झाले सुरुमा मातृभाषा मैथिली र सँगै नेपालीमा शपथ लिएका थिए ।
हिन्दी भाषामा शपथ लिँदा धोती र कर्ुता लगाएका झाले आइतबारको शपथ समारोहमा भने नेपाली राष्ट्रिय पोसाक दौरा-सुरुवाल लगाएका थिए ।
३ बजेर २४ मिनेट जाँदा राष्ट्रपतिभवन पुगेका उपराष्ट्रपति झाले शपथ लिनुअघि प्रधानमन्त्री माधवकुमार नेपालसँग कुराकानी गरेका थिए । राष्ट्रपतिभवनको मञ्चमा भएको सो कुराकानीलगत्तै दुवै जनाले राष्ट्रपतिलाई भेटेका थिए । भेटको करिब ५ मिनेटपछि राष्ट्रपतिले झालाई शपथ गराएका थिए ।
शपथ लिँदा उपराष्ट्रपति झाले राष्ट्रपति यादवले बोल्नुभन्दा अगावै र्'इश्वरका नाममा' भन्ने शब्द उच्चारण गरेका थिए । मैथिली र नेपाली दुवै भाषामा शपथ लिएकाले उनी अकमकिएका थिए ।
शपथ कार्यक्रममा कूटनीतिक नियोगका कुनै पनि अधिकारीको सहभागिता थिएन । यस्तै, माओवादी प्रतिनिधिको पनि शपथ समारोहमा उपस्थिति देखिएन । कांग्रेस नेताहरूको उपस्थिति पनि अत्यन्तै न्यून देखियो ।
शपथमा मधेसवादी दल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहभागी थिएनन् । मधेसवादी दलका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले भने शपथ समारोहमा भाग लिएका थिए । फोरमका कुनै पनि नेता शपथमा सहभागी भएनन् ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी