© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २४
मनोज घिमिरे/राजधानी
ढाका, २४ माघ
कुनै समय नेपालको सबै भन्दा पदकको आसा गरिएको खेल तेक्वान्दोमा खराब पर््रदर्शन गरेको छ । ११ औँ दक्षिण एसीयाली खेलकुद-साग) प्रतियोगितामा तेक्वान्दोको ६ स्पर्धा सकिदा सम्म नेपालले एक स्वर्ण्र्ाानि हात पार्न सकेको छैन ।
तेक्वान्दोबाट एक रजत र दुइ काश्य पदक मात्र हात लागेको छ । ७४ किलो तौल समुहमातर्फआइतबार दानबहादुर ऐरीले नेपाललाई काश्य जिते । सो स्पर्धामा अफगानीस्तानका सायद मसुदे स्वर्ण्र्ाादक हात पारे । पाकिस्तानका रिजवानले रजत जिते ।
सेमिफाईनलमा पाकिस्तानका रिजवानर् इस्लामसँग पराजित भएपछि ऐरी कास्य पदकमै सिमित भएका हुन् । यस अघि आईतबारै भएको क्वाटर फाईनलमा भुटानका कुसुङ्ग एण्डीलाई ४-३ स्कोरले हराउदै ऐरी प्रतियोगिताको सेमीफाईनल प्रबेश गरेका थिए ।
तेक्वान्दोकै अन्य दर्ुइ स्पर्धामा भने नेपाली खेलाडीहरू पहिलो चरणमै पराजीत भए । पुरुषको ८० किलो तौल समुहमा नेपालका रमेश कुमार श्रेष्ठ भारतका आनन्द पन्डीया राजनसँग ११-७ ले पराजीत भए । राजनले स्पर्धाको स्वर्ण्र्ााजते भने पाकिस्तानका जाभेद रमले रजत जिते ।
त्यसैगरी महिलातर्फो ४९ किलो तौल समुहमा नेपालकी सबिना महर्जन पाकिस्तानकी सामियार् इम्दादसँग ३-२ ले पराजित भईन् । सो स्पर्धामा सामियाले रजत जितिन् भने बंगलादेशकी सामी अख्तरले काश्य पदक जितिन् ।
क्रिकेटमा पदकबिहिन
नेपाल बंगलादेशको राजधानी ढाकामा भइरहेको ११औ दक्षिण एसियाली खेलुकद-साग)मा क्रिकेटतर्फनेपाल पदकबिहिन भएको छ ।
ट्वान्टी२० क्रिकेटमा कास्यका लागि आइतबार पाकिस्तानसँग खेलेको नेपाल पराजित भयो ।
पराजयसगै नेपालको क्रिकेटमा पदक जित्ने सपना चक्नाचुर भयो । नेपाललाई पाकिस्तानले दर्ुइ विकेटले हराउदै कास्य पदक जित्यो ।
राजधानी ढाकाको मिरपुर स्थित अन्तर्रर्ााट्रय क्रिकेट मैदानमा आईतबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक सय ४८ रनको योगफल खडा गरेको थियो । नेपालका प्रारम्भीक ब्याट्सम्यान सुभाष खकुरेल र अनिल मण्डलले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे । प्रदिप एरैले ५२ रनको योगदान गरे । सुभाष र ज्ञानेन्द्र मल्लले ३०/३० र अनिलले २५ रन जोडे । जवाफमा एक सय ४८ रनको विजयी लक्ष्य पछाएको पाकिस्तानले अन्तिम ४ बल बाकी छदा नै आठ विकेट गुमाउदै जित हात पार्यो ।
पाकिस्तानको सुरुवात भने अत्यन्त खराब रहेको थियो । पाकिस्तानले तीन ओभर सकिदा तीन विकेट गुमाएको थियो । चन्द्र साउदले पहिलो ओभरमा विकेट लिएका थिए । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ६ रन चाहीएको अबस्थामा अमृत भट्टराइले बलिङ गरेका थिए ।
उनले ओभरको पहिलो बलमा विकेट लिए पनि दोस्रो बलमा कप्तान ज्ञानेन्द मल्लको खराब फिल्डीङका कारण नेपालले खेल गुमाउन पुगेको थियो । ज्ञानेन्द्रको हातबाट फुत्केको बल चौका भयो । नेपालले लिग चरणको खेलमा माल्दिभ्सलाई हराएको थियो । क्रिकेटमा श्रीलंकालाई हराउदै बंगलादेशले स्वर्ण्र्ााजतेको छ ।
बक्सिङ
बक्सिङ्गमा नेपालले स्वर्ण्र्ाादकको आशा गरेको अजित गुरुङ्ग फाइनलमा प्रवेश गरेका छन् । ६० किलो तौल समुहको सेमीफाइनलमा आइतबार अजितले अफगानिस्ताका मोहम्मद अजिजलाई १०-९ को झीनो अन्तरले हराउदै फाइनलको यात्रा तय गरे । अब, अजित स्वर्ण्र्ाादकका लागि बंगलादेशका मोहम्मद अवदुर रहिमसंग भिड्ने छन् ।
यस अघि ५१ किलो तौल समुहमा लक्ष्मण साउद भारतका सुरोनजय सिंहसंग पराजित भएका थिए । पहिलो चरणमा वाई पाएर सेमीफाइनलमा पुगेका लक्ष्मण दोस्रो राउण्डमै रिटायर्डहट हुँदा कास्यमै सीमित भए ।
आर्चरी
आर्चरीमा तेश्रो स्थानका लागि नेपालले भुटानविरुद्ध खेल्ने भएको छ । पुरुष टिम स्पर्धामा नेपाली टोली आइतबार आयोजक बंगलादेशसँग पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न बाध्य भएको हो ।
नेपालका लागि असिम शेरचन, प्रेमप्रसाद पुन र प्रेम मोक्तानले क्रमशः दर्ुइ सय दर्ुइ, दर्ुइ सय १८ र दर्ुइ सय २८ अंक जोडेका थिए ।
Comments0
Leave Comments