© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २८ | 12, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| ३०.०० | ८.०० | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २४
यादव पौडेल/राजधानी
झापा, २४ माघ
भारतीय बजारबाट गुणस्तरहिन सिमेन्ट भित्रिने क्रम बडदो छ । बिभिन्न ब्राण्डका यस्ता सिमेन्टका कारण उपभोक्ता थप मारमा परेका हुन ।
यस्ता सिमेन्ट प्रयोग गरेको कारण झापा बुधवारेका दर्ुगा भट्टर्राईको घर बनाएको ६ महिनामा भत्किएको उनले बताए । भट्टर्राई मात्र नभई त्यस क्षेत्रका अन्य स्थानियवासीमा पनि यस्तै समस्या रहेको छ । उनि सिमेन्ट तथा हार्डवेयर पसलका संचालक पनि हुन ।
भद्रपुरका व्यापारी सुनिल अग्रवालले 'ए ग्रेड'को भनेर दिएको सिमेन्ट प्रयोग गरेको कारण घर भत्केको उनि बताउछन । भट्टराइले उपभोक्तालाई बिक्री बितरण गरेको सिमेन्टले अन्य ग्राहको पनि घर भत्केको गुनासो ति ग्राहकको छ ।
स्रोतका अनुसार भारतीय बजारबाट दिनहुँ हजारौंबोरा अवैध सिमेन्ट नेपाल भित्रने गरेको छ । भन्सार कर्मचारी, सशस्त्र प्रहरी र तस्करको मिलेमतोमा भारतीय गुणस्तहिन सिमेन्ट दिनहुँ नेपाल भित्रने गरेको नाम नखोल्ने र्सतमा चारआलीका एक व्यापारीले बताए ।
'भन्सारले गुणस्तर प्रमाणित गरेपछि मात्र त्यस्ता सिमेन्ट नेपाल भित्रने गर्छ ,' भट्टराइले भने- 'नेपाल भित्रने सिमेन्ट सिलिगुडीमा राती मात्र प्याकिङ हुन्छ ।' गुणस्तरहिन मललाई भन्सार कर्मचारीको मिलीमतोमा गुणस्तरीय बनाउने गरेको दावी उनको छ ।
झापाका बजारमा यतिवेला भारतमा निर्मित अजन्ता, दियाली शताब्दी, अम्बुजा, बंगाल सुपर र बंगलादेशमा बनेको हिमाली सिमेन्ट पर्याप्तमात्रमा पाइन्छ । यसरी अवैध रुपमा भित्रिएका नक्कली सिमेन्ट पहिचान गर्न नसक्दा उपभोक्ताको ठूलो धनराशी यतिकै खर्च भैरहेकेा छ ।
नेपाली सिमेन्ट भन्दा भारतीय सिमेन्ट सस्तो पर्ने भएपछि उपभोक्ताहरू त्यस्ता सिमेन्ट तर्फबढि आकषिर्त हुने गरेको बिक्रेताहरू बताउछन । भारतीय बजारबाट अवैधरुपमा गुणस्तरहिन सिमेन्ट नेपाल भित्रने क्रम बढेपछि मेचीका व्यवसायिले जिल्ला प्रशासन कार्यालय झापा, मेची भन्सार कार्यालय, झापा उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ विर्तामोड र दमक उद्योग वाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन ।
Comments0
Leave Comments