२०६६ - फागुन - २९ | 13, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

राजधानीका चौविस ठूला रेष्टुरेन्ट बन्द

सुभाष न्यौपाने/राजधानी
काठमाडौं , २४  माघ
माओवादी समर्थित मजदुर संगठनले 'द बेकरी क्याफे 'लगायतका २४ वटा ठुला रेष्टुरेन्टमा  तलव भत्ता वृद्धिको माग राखेपछि व्यवस्थापनले त्यसलाई धान्न नसकिने भन्दै आइतबारबाट  बन्द गराएका छन् ।
माओवादी निकट अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर संघले तलवमा ४० प्रतिशत र मंहगी भत्तालाई एक सय प्रतिशत वृद्धिको माग राखेपछि त्यसलाई धान्न नसकिने भन्दै व्यवस्थापनले राजधानीका २४ वटा ठुला रेष्टुरेन्ट बन्द गराएका हुन् ।
बन्द भएकामा ' द बेकरी क्याफे 'का ११ वटा, र्'हर्ट बेड्र' आठ वटा र 'एन्डिज' का पाँच वटा छन् ।  रेष्टुरेन्ट एण्ड बार एशोशिएशन -रेबन) का पर्ुव अध्यक्ष श्यामसुन्दर कक्षपतिले व्यवसायीले धान्न नै नसक्ने गरी माग राख्ने र ग्राहक आउने समयमा हड्ताल गर्ने गरेपछि बाध्य भएर रेष्टुरेन्ट बन्द गराउनु परेको बताए ।
'द बेकरी क्याफे'मा दर्ुइ सय ६०, र्'हर्ट बेड'्रमा एक सय ७० र 'एन्डिज'मा एक सय २० को हाराहारीमा मजदुर रहेका छन् । माओवादी मजदुर संगठनले शुक्रबार दिउँसो १२ देखि २ घण्टा र शनीबार १२ देखि ४ घण्टा २४ वटा रेष्टुरेन्ट बन्द गराएका थिए । आइतबार दिउँसो १२ बजेदेखि आठ घण्टा बन्द गराउने भएपछि बाध्य भएर आफै तालाबन्दी गराउनु परेको एन्डिजका एक जना व्यवस्थापकले राजधानीसँग बताए ।
मजदुर पक्ष भने टेड्र युनियन अधिकारका रुपमा व्यवस्थापन समक्ष जायज माग राख्दा एक्कासी रेष्टुरेन्ट बन्द गराएर समस्या चर्काउने काम भएको जिकिर गरिरहेको छ ।
संघका महासचिव प्रकाश श्रेष्ठले विगतका सम्झैता लागू गराउन पहल गर्दा त्यसलाई वार्ताका माध्यमबाट समाधान गर्नका साटो रेष्टुरेन्ट नै बन्द गराउनु मजदुरविरोधि गतिविधि भएको बताए । उनले व्यवस्थापनले तालाबन्दी तुरुन्तै खुलाएर वार्ताको वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए ।
रेबनले तीन वर्षअघि पाँचवटा प्रमुख टेड्र युनियनसँग न्युनतम ज्याला लागू गर्ने, १० प्रतिशत सेवा शुल्क मजदुरलाई उपलब्ध गराउने र तीन वर्षम्म थप माग राख्न नपाउने सम्झैतालाई माओवादी मजदुर संगठनले उलंघन गरेको जनाएको छ । रेबनका अनुसार सम्झैताको समयावधि अझै एक वर्षबाँकी छ ।
संघका महासचिव श्रेष्ठले विगतको सम्झैता पर्ुण्ा रुपमा लागू नभएकाले व्यवस्थापनलाई दबाव दिन मात्र माग राख्दा द्धिपक्षिय वार्ताबाट समाधान गर्नभन्दा षडयन्त्रपर्ुवक ढंगले २४ वटै रेष्टुरेन्ट बन्द गराइएका बताए ।
तर र्'हर्ट बेड्र' रेष्टेरेन्टका एक व्यवस्थापकले रेष्टुरेन्टमा लामो समयसम्म्ा विक्रि नभए ब्रि्रेर जाने खाद्य बस्तु -पेरिसिएबल गुड्स) बढी मात्रामा हुनाले त्यसलाई नै माओवादी समर्थित मजदुर संगठनले रणनीतिको रुपमा उपयोग गरेपछि बढी नोक्सानी हुन नदिन रेष्टुरेन्ट बाध्यतावस  बन्द गराइएको राजधानीलाई जानकारी दिए । उनले यस्ता गतिविधिले सन २०११ को भम्रण वर्षपनि प्रभावित हुने जिकिर गरे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी