२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

चिटिक्क सुहाउँदो जातीय पहिरन

'आफ्ना पर्ुखाले लगाएको पोसाक लगाउँदा गर्व लाग्छ,' नेपाल मगर संघ म्याग्दीको भेलामा बेनी बजारमा आएकी रीता राम्जालीले भनिन्, 'आफ्नै पहिचानको पोसाक लगाउँदा मगर चेली हूँ भन्ने भावना भित्रैबाट उर्लेर आउँछ ।'
आफ्नो रीतिरिवाज तथा संस्कृति जोगाउनका लागि मगर चेलीले लगाउने गुन्यू-चोली, घाँटीमा हरियो पोते र कम्मरमा पटुकाले  ठाँटिएकी १२ कक्षामा अध्ययनरत रीता राम्जाली भन्छिन्, 'जातीय संास्कृतिक पहिचानको संरक्षणका लागि परम्परागत पहिरनमा सजिएकी हूँ ।'
गाउँमा हुने मेला, पूजा-पाठ, सांस्कृतिक कार्यक्रम र विभिन्न समारोहमा आजकल जनजातिका युवयुवतीले आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाउने प्रचलन बढेको छ । 'क्या आनन्द लागेको छ, परम्परागत पहिरन लगाउँदा रमाइलो अनुभूति पनि भएको छ,' हेमा शेरपुञ्जाले भनिन्, 'यो पहिरनले मगर चेली हूँ भनेर चिनाउँछ । यसले गर्दा गर्व लाग्छ ।'
'जातीय पोेसाक लगाएर मगर समुदायको मारुनी नाचेपछि त झनै रमाइलो लाग्छ,' पहिरनमा सजिएकी मञ्जु बुढाथोकीले भनिन्, 'विभिन्न कार्यक्रममा अनिवार्य रूपमा जातीय पोसाक लगाएर जाने गरेकी छु । यो लगाएर हिँडेपछि नाचूँ-नाचूँ लाग्छ ।'
बेलाबेलामा जातीय पोसाक लगाइने भएकाले यसको महत्त्व बढेको जनजाति युवतीहरूको भनाइ छ । त्यस्तै, गीता पुनमगरले पनि आफ्नो जातीय पहिरन लगाउँदा आफू राम्री भएको अनुभूति हुुने बताइन् । पुनमगरले भनिन्, 'हामी युवापुस्ताले आफ्नो पहिचानलाई संरक्षण गर्नुपर्छ ।'
पछिल्लो समयमा मगर, गुरुङ, नेवार, छन्त्याललगायतका जनजातिका परम्परागत पहिरन सभा, समारोह, सांस्कृतिक कार्यक्रम र औपचारिक कार्यक्रममा सीमित भए पनि यसको प्रयोग बढ्न थालेको जनजाति महासंघका जिल्ला अध्यक्ष मुक्ति रोका बताउँछन् ।
अचेल राजधानी र विदेशमा देखाइने सांस्कृतिक कार्यक्रममा यी पहिरन व्यापारका लागि राम्रो माध्यम बनेका छन् । स्वदेश तथा विदेशमा देखाइने सांस्कृतिक कार्यक्रममा भने गैरजनजातिले विभिन्न जातिका पोसाक लगाउने
गरेका छन् ।
पुराना पुस्ताले जातीय पहिरन लगउनुका साथै पछिल्लो समयमा युवावर्गमा आएको जनचेतनाको विकासले गर्दा अफ्नो पहिरनप्रति आकर्षा बढेको रोकाको अनुभव छ । आजकल नयाँ पुस्ताले जातीय पहिरन लगाउन थालेका छन् ।
नयाँ पुस्ताले जातीय पहिरन लगाउनुलाई समाजशास्त्री प्रध्यापक गोरखबहादुर जीसीले पहिचानको संज्ञा दिँदै भने, 'केही वर्षता जनजातिमा जागरण बढेको छ, त्यसैले पहिचानस्वरूप जातीय पहिरन लगाउने क्रम बढेको छ, यसलाई सकारात्मक रूपमा लिनर्ुपर्छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी