२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

विद्यालय बनाउन कसिए आमाहरू

हरिवोल आचार्य/राजधानी
खोटाङ, २४ माघ
खोटाङ दोर्पाचिउरीडाँडाका आमाहरू ग्ााउँमा विद्यालय स्थापना गर्न जुट्ने
भएका छन् ।
'शिक्षामा लगानी हाम्रो अभियान' भन्ने मूल नाराका साथ नवप्रगतिशील आमा समूह दोर्पा चिउरीडाँडा-२ दुम्लीले आफ्नो गाउँँमा विद्यालय निर्माण गर्ने भएको हो । विद्यालय स्थापनाका लागि आमा समूहले चार वर्षेखि मासिक प्रतिव्यक्ति पाँच रुपैयाँका दरले उठाएर जम्मा पारेको ७० हजार रुपैयाँ
लगानी गरिनेछ ।
आगामी शैक्षिक सत्रदेखि सञ्चालन हुने गरी आमा समूहले प्रावि तहको विद्यालय स्थापना गर्ने तयारी भइरहेको छ ।
स-साना नानीहरूलाई टाढाको विद्यालयमा पठाउन समस्या भएको भन्दै महिलाहरू आफ्नै गाउँँमा विद्यालय स्थापना गर्ने अभियानमा जुटेको आमा समूहकी अध्यक्ष माया खड्काले बताइन् ।
विद्यालय स्थापनाका लागि दोर्पाचिउरीडाँडा-२ का कृष्णकुमार र्राई र तेजबहादुर बुढाथोकीले संयुक्त रूपमा एक रोपनी जग्गा निःशुल्क दिएका छन् ।
आमा समूहमा संगठित दोर्पाका आमाहरूले आफ्नो कोषमा जम्मा भएको रकम सस्तो ब्याजमा लगानी गरिरहेका छन् । समूहमा आबद्ध सदस्यलाई आर्थिक समस्या परेका बेला त्यही कोषमा जम्मा भएको रुकम ऋण दिने व्यवस्था मिलाएको सिंहदेवी प्रावि दोर्पाका प्रधानाध्यपक श्रीराम र्राईले बताए ।
गाउँमा बाटोघाटो मर्मत तथा सरसफाइ गर्दै आएका आमा समूहले सुत्केरी, मुटु रोगी र मृगौलाका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको समूहका सचिव अञ्जना
र्राईले बताइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी