© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २७ | 11, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २४
भीम गौतम/राजधानी
काभ्रे, २४ माघ
चिट नचोर्न विद्यार्थीलाई सचेत गराउने शिक्षकहरू नै चिट चोर्न नपाएपछि परीक्षा बहिष्कार गर्दै झडपमा उत्रिएका छन् ।
शिक्षकहरूले निहुँचाहिँ बनाए निरीक्षकको दर्ुर्व्यवहार । निरीक्षकले चिट खोसेपछि परीक्षार्थी बनेका शिक्षकहरूले आन्दोलन सुरु गरेपछि आइतबार बनेपास्थित चैतन्य क्याम्पस तनावग्रस्त बन्यो ।
शिक्षकहरूलाई विशेष पाठ्यक्रम बनाई कक्षा १२ सरहको परीक्षा दिने व्यवस्था गरेपछि परीक्षामा दिन बसेका उनीहरूले कडाइ गरेको भन्दै परीक्षा बहिष्कार गरी नाराजुलुस सुरु गरेका थिए । परीक्षाको अनुगमन गर्ने क्रममा उच्च माध्यमिक विद्यालय परिषद्बाट आएका वरुण घिमिरेले परीक्षार्थीबाट चिट खोेसेका थिए ।
त्यसपछि 'किन हामीलाई दर्ुर्व्यवहार गरेको' भन्दै परीक्षार्थीहरू आन्दोलनमा उत्रिएका थिए । 'चिट चोरेको देखेपछि खोस्न खोजें, त्यसपछि आक्रमण गर्न आए, सिट्ठी बजाएर एकैपटक जम्मा भए,' वरुणले राजधानीसँग भने । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ऋषिकेश पाण्डेले उच्च मावि परिषद्बाट आएका घिमिरे र हेमनाथ पौडेललाई परीक्षार्थीले क्याम्पसको कम्प्युटर कक्षमा थुनेपछि प्रहरीले उद्धार गरेको बताए ।
देवी उच्च मावि दोलखाकी शिक्षिका लक्ष्मी उप्रेतीलाई निरीक्षकहरूले दर्ुर्व्यवहार गर्दै उठबस गरेको, हातपात गरेको, उत्तरपुस्तिकासमेत च्यातिदिएको आरोप परीक्षार्थी शिक्षकहरूले लगाए । 'मलाई निरीक्षकले उठबस गर्न लगाए र कुटपिटसमेत गरे,' लक्ष्मीले भनिन् ।
परीक्षामा सहभागी शिक्षकहरूले बाध्यतावश परीक्षा बहिष्कार गर्नुपरेको बताए । आफूलाई दुर्व्यर्वहार गरेपछि त्यसको विरोधमा उत्रिएको बताउँदै सिन्धुपाल्चोकका कमलादेवी निमाविका शिक्षक कृष्णप्रसाद कोइरालाले भने, 'चिट चोर्न नदिएको विरोध होइन, शिक्षिकाहरूलाई दर्ुर्व्यवहार गरेपछि विरोधमा उत्रिएका हौं ।'
आन्दोलनमा उत्रेका शिक्षक र प्रहरीबीच भएको झडपमा आधा दर्जन शिक्षक घाइते भएका छन् । झडपमा प्रहरी जवान माधव रायमाझीसमेत घाइते छन् । शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढाबाट चैतन्य क्याम्पसको लेखा शाखाको झ्याल र टेबुलसमेत क्षत्रि्रस्त बनेको छ ।
आइतबार चैतन्य क्याम्पसको प्लस टुमा अध्ययनरत विद्यार्थीको परीक्षाको फारम भर्ने अन्तिम दिन भए पनि सो घटनाका कारण स्थागित गरिएको छ । घटनाको समाचार संकलनका क्रममा सगरमाथा टेलिभिजनका काभ्रे संवाददाता सरोज सापकोटालाई टाउकोमा चोट लागेको छ । परीक्षा बहिष्कारपछि प्रहरीसँग भएको झडपका क्रममा उनीहरूले 'शिक्षामन्त्री राजीनामा दे, उच्च माध्यामिक शिक्षा परिषद्का उपाध्यक्ष राजीनामा दे' लगायत नारासमेत लगाए ।
काभ्रे, दोलखा र सिन्धुपाल्चोक जिल्लाका आठ सय ८४ शिक्षक सहभागी परीक्षा केन्द्र रहेको चैतन्य बहुमुखी क्याम्पसका केन्द्राध्यक्ष जुजुभाइ मानन्धरले विज्ञप्ति जारी आइतबारको परीक्षा स्थगित गरिएको र असहज वातावरणका कारण सोमबारदेखि हुने परीक्षा पनि चैतन्य क्याम्पसमा नगर्ने जनाए । विज्ञप्तिमा परीक्षाको वैकल्पिक व्यवस्था गर्न उच्च माध्यामिक शिक्षा परिषद्लाई अनुरोध गरिएको र
परिषद्को निर्ण्र्ाानुसार अघि बढ्न परीक्षार्थीहरूलाई आग्रह गरिएको छ ।
सरकारले विद्यालय सुधार क्षेत्र कार्यक्रमअर्न्तगत सन् २०१२ भित्र १-८ कक्षालाई आधारभूत र ८-१२ कक्षालाई मावि बनाउने उद्देश्यसहित हाल प्राविमा पढाउने र प्रवेशिका परीक्षा -एसएलसी) पास गरेका शिक्षकका लागि सो परीक्षा सञ्चालन गरेको हो । परीक्षामा कुशादेवीस्थित फुल्चोकी निमाविका शिक्षक भवनाथ तिमल्सिना किरियापुत्रीका रूपमा समेत सहभागी छन् ।
Comments0
Leave Comments