२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

वार्ता हुने तय भए पनि निराश छन् कास्मिरी

एएफपी
श्रीनगर, २४ माघ
दक्षिण एसियाका आणविक अस्त्र सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानले शान्ति वार्ता पुनः सुरु गर्ने तय गरे पनि दशकौं लामो दुश्मनीको केन्द्रबिन्दुमा रहेको कास्मिरका बासिन्दाहरू भने वार्ता निष्कर्षा पुग्नेमा निराश छन् ।
सन् २००८ को अन्त्यतिर आर्थिक महानगर मुर्म्बईमा एक सय ६६ जनाको ज्यान जाने गरी आतंककारी हमला भएपछि अवरुद्ध पाकिस्तानसँगको शान्तिवार्ता ब्युँताउने संकेत गर्दै विदेशमन्त्रीस्तरीय छलफलको प्रस्ताव अघि सारेको छ ।
मुर्म्बई हमला पाकिस्तानमा अखडा जमाएर बसेका लडाकूले गरेको भारतले आरोप लगाएको थियो । भारत र पाकिस्तानले विगतमा पटक-पटक वार्ता गरे कास्मिर मुद्दामा उल्लेख्य प्रगति हुन सकेको छैन । हिमाली क्षेत्र कास्मिरको पूरै हिस्सा आफ्नो भएको दाबी भारत र पाकिस्तान दुवैले गरेका छन् । र, कास्मिरको केही भागमा भारत र केही हिस्सामा पाकिस्तानले शासन गरिरहेका छन् ।
कास्मिर भारत र पाकिस्तानबीच विगतमा भएका तीनवटा ठूलामध्ये दर्ुइवटा युद्धको कारण बनिसकेको छ । मुस्लिम बाहुल्य भारतीय कास्मिर यतिखेर दर्ुइ टिनएजर युवक प्रहरीद्वारा मारिएको आरोपले सिर्जना गरेको हिंसात्मक तनावको चपेटामा परेको छ । परिणामस्वरूप शान्तिवार्ता तार्किक निष्कर्षा पुग्ने अपेक्षामा तुषारापात भएको छ ।
'भारतले एकातर्फपाकिस्तानसँग वार्ताको प्रस्ताव अघि सारेको छ, अर्कोतर्फयसले कास्मिरका निर्दोष जनता मारिरहेको छ,' स्वतन्त्र कास्मिर पक्षधर जम्मु कास्मिर लिबरेसन प|mन्टका वरिष्ठ नेता जावेद मिरले भने । भारतीय कास्मिरमा नयाँ दिल्लीको शासन विरोधीले सञ्चालन गरेको दर्ुइ दशक लामो व्रि्रोहमा ४७ हजारको ज्यान गएको आधिकारिक तथ्यांक छ । मानवअधिकारवादी संस्थाहरूले भने सो संख्या दोब्बर भएको दाबी गर्छन् । भारतीय कास्मिर पछिल्ला निकै महिना यता तुलनात्मक रूपमा शान्त रहे पनि पर््रदर्शन र नयाँ दिल्लीले पाकिस्तानले उक्साएको भनेको हिंसाका घटना पछिल्ला साताहरूमा बढेका छन् । इस्लामावादले भने भारतीय आरोपको खण्डन गरेको छ ।
'मलाई यी वार्ताहरूबाट केही होला जस्तो लाग्दैन, म कहिल्यै पनि आशावादी छैन,' ट्याक्सी चालक शेख साफायत -४०) ले भारतीय कास्मिरको गृष्मकालीन राजधानी श्रीनगरमा भने । 'भारतले वार्ताको प्रस्ताव अघि सारेको छ, जसको पाकिस्तानले स्वागत गरेको छ 'किनभने हिंसाले कास्मिरमा प्रत्युत्तर दिएको छ,' सफायतले भने ।
सप्ताहान्तमा हजारौं पर््रदर्शनकारीले 'रगतको बदला रगत' र 'हामी स्वतन्त्रता चाहन्छौं' भन्दै नारा लगाउँदै सुरक्षाफौजमाथि आरोप लागेको र एक साताको अवधिमै भएको दोस्रो टिनएजर हत्याको विरोधमा पर््रदर्शन गरेका थिए ।
कास्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाहले ती किशोरको हत्यारामाथि कठोर कारबाही गरिने बताएका छन् र प्रहरीले छानबिन सुरु गरिसकेको बताएको छ । तर, यी शब्दहरूले प्रहरीले हानेको अश्रु ग्याँसले १४ बर्सर्ेेकशोरको ज्यान लिएपछि सो क्षेत्रमा उठेको तनाव मत्थर पार्न सकेका छैनन् । पछिल्लो समयमा ती पर््रदर्शनहरू भारतविरोधी हुन थालेका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी