२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

बेलायतको विद्यार्थी भिसा अझ कठोर

बीबीसी
लन्डन, २४ माघ
विद्यार्थी भिसाको दुरुपयोग गरी बेलायतमै बस्न खोज्ने प्रवृत्ति रोक्न कठोर नियम लागू गरिएको बीबीसीले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । होम सेक्रेटरी एलेन जोन्सनले बेलायत छिर्ने आप्रवासीमध्ये ३० प्रतिशत विद्यार्थी भिसामा आउने र ठूलो संख्याका बयस्कले ड्रि्री नभई छोटो अवधिको कोर्स गर्ने गरेको बताए ।
नयाँ नियमअनुसार आवेदकले जीसीर्एर्सइ लेभलभन्दा थोरै तल्लो तहको अंग्रेजी बोल्न जान्नुपर्नेछ भने छोटो कोर्स गर्नेले 'डिपेन्डेन्ट' ल्याउन पाउने छैनन् । टोरी भनिने यो प्रणालीलाई सीमा नियन्त्रणको ठूलो छ्रि्र मानिएको छ ।
होम अफिसले नयाँ परिवर्तनले यो वर्षहजारौंको संख्यामा जारी गरिएका भिसा लिनेहरू प्रभावित हुन्छन् भन्ने खबरको पुष्टि भने गरेन ।
विद्यार्थी भिसामा पुनःविचार गर्न गत नोभेम्बरमा आदेश दिइएको होम अफिसका एकजना प्रवक्ताले बताए । सन् २००८/९ मा बेलायतले दर्ुइ लाख ४० हजार विद्यार्थी भिसा जारी गरेको थियो । छोटो अवधिको कोर्सका लागि आएर गैरकानुनी रूपमा बसोबास गर्ने प्रवृत्ति बढिरहेकै बेला नेपाल, उत्तरी भारत र बंगलादेशबाट भिसाको लागि गर्ने आवेदन निलम्बन गरेको एक सातापछि विद्यार्थी भिसामा नयाँ नियम लागू गरिएको छ ।  गत वर्षबेलायतले आफ्नो मुलुक छिर्न चाहने विद्यार्थीले यसको वर्गीकरणअनुसार ४० प्वाइन्ट ल्याउनुपर्ने नियम लागू गरेको थियो । तर, यसले संदिग्घ आतंककारी र अस्थायी भिसा लिएर पनि बेलायतमै बस्न खोज्ने आप्रवासीलाई ढोका खोलिदिने भन्दै सरकारको व्यापक आलोचना भएको थियो । बीबीसीको एन्ड्रयु मार्र सोसँग बोल्दै होम सेक्रेटरीले सो प्रणाली पहिल्यै शिथिल भइसकेको बताए ।
'हामीले दर्ुइ सय नक्कली कलेजहरू बन्द गराएका छौं,' उनले भने, 'सन् २०११ भित्र हामीसँग विश्वकै ज्यादै जटिल प्रणाली हुनेछ, जसले यहाँ आउने मानिसको मात्रै जाँच गर्दैन उनीहरू फर्केको पनि जाँच गर्नेछ ।'
वैधानिक अध्ययनका लागि बेलायत आउन चाहनेका लागि ढोका खुला रहेको पनि उनले बताए । 'हाम्रो देश उच्च शिक्षाका लागि मानिसले जान चाहने दोस्रो ज्यादै लोकप्रिय ठाउँ हो,' उनको भनाइ थियो । 'बेलायती अर्थतन्त्रको ठूलो हिस्सा, पाँच अर्बदेखि आठ अर्ब पाउन्डलाई क्षति पुर्‍याउनु हुन्न भन्नेमा हामी होसियार छौं ।'
तत्काल लागू हुने नयाँ नियम
- युरोपेली संघभन्दा बाहिरका सफल उम्मेदवारले जीसीर्एर्सइ मापदण्डभन्दा थोरै तल्लो तहको अंग्रेजी बोल्नुपर्नेछ । हाल सुरु तहको अंग्रेजी बोले पुग्ने नियम छ ।
- ड्रि्रीभन्दा तल्लो तहको कोर्स गर्ने विद्यार्थीलाई सातामा १० घन्टामात्र काम गर्न दिइनेछ । अहिलेको नियमले २० घन्टा काम गर्न दिन्छ ।
- ६ महिनाभन्दा कम समयमा सकिने कोर्स अध्ययन गर्न आउनेले डिपेन्डेन्ट ल्याउन पाउनेछैनन् भने ड्रि्रीभन्दा तल्लो तहको कोर्स अध्ययन गर्न आउनेका डिपेन्डेन्टले काम गर्न पाउने छैनन् ।
-  यसबाहेक ड्रि्रीभन्दा तल्लो तहको कोर्सका लागि पनि उनीहरूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था नयाँ रजिस्ट्रर र हाइली ट्रस्टेड स्पोर्न्र्सस लिस्ट -ज्यादै विश्वासिलो प्रायोजक सूची)मा छ भने मात्र भिसा जारी गरिनेछ ।
लिबरल डेमोक्रेटका छाया होम सेक्रेटरी क्रिस हुह्नेले बेलायतले सीमा क्षेत्रको नियन्त्रण तत्काल पुनःस्थापित गर्नु आवश्यक रहेको बताए, 'विद्यार्थी भिसा प्रणालीको सबैभन्दा ठूलो छ्रि्र टोरी र लेबोरद्वारा म्याद सकिएपछि आप्रवासी फर्के नफर्केको जाँच गर्ने नियमको खारेजी हो, जसको अर्थ कोही व्यक्ति भिसाको म्याद सकिएपछि बाहिरियो कि बाहिरिएन भन्ने कुरा हामीले थाहा पाउँदैनौं ।'
कन्जरभेटिभका छाया होम सेक्रेटरी क्रिस ग्रेलिङले विद्यार्थी भिसा प्रणाली एक दशकदेखि सीमा नियन्त्रणको सबैभन्दा ठूलो छ्रि्र बनेको बताए ।
'मन्त्रीहरूले यहीँ बस्नका लागि एउटा कोर्सबाट अर्कोमा र्सर्ने र समुद्रपारीका विद्यार्थीलाई एकपटक पनि घर नफर्कीकन र्'वर्क पर्मिट'को लागि दिने अभ्यास रोकेर त्यस्तो स्थितिको पनि अन्त्य गरिरहेका छन्, जहाँ एउटा विद्यार्थी अध्ययन भिसामा बेलायत आएर बस्न सक्छ,' उनले भने ।
आफ्नो दलले विदेशी विद्यार्थीले नगद धरौटी राख्नुपर्ने र त्यस्तो धरौटी उनीहरू भिसाको म्याद सकिएपछि नफर्केको खण्डमा जफत हुने नियम लागू गर्नुपर्ने प्रस्ताव राखेको पनि उनले बताए । तर, जोन्सन यसले कर्मचारीतन्त्रको अर्को तहमात्र थप गर्ने बताउँछन् ।
'ती विद्यार्थीमध्ये अधिकांश, यदि तिनीहरू अवैध आप्रवासी बाटोबाट आइरहेका छन् भने तिनीहरूले अवैध आपराधिक समूहलाई हजारौं पौन्ड तिर्नेछन्,' उनले भने, 'धरौटी जफत गर्ने अवधारणाले समस्या समाधान गर्दैन ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी