२०६६ - फागुन - २८ | 12, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

प्रचण्ड, पुत्ला र भारत

भारतीय नागरिकले १२ माघमा मोरङको डायनिया क्षेत्रमा भारतीय भूमिबाट दशगजा पारी नेपाल भूमिमा प्रवेश गरेर माओवादी अध्यक्ष तथा नेपालका पर्ूवप्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाए ।
जहाँनीय शासनकालमा होस् अथवा सम्वत् २००७ मा नेपालमा प्रजातन्त्रको स्थापनापछि अहिलेसम्म, भारतीयहरूले भारतभूमि वा नेपाली सीमामा प्रवेश गरी विरोध पर््रदर्शन गरेको यो पहिलोे घटना हो । यो घटनाको पृष्ठभूमिमा नेपालप्रति विरोध होइन कि नेपाली माओवादीले भारतप्रति केही समयदेखि परस्पर विरोधी अभिव्यक्ति दि“दै आएकोप्रति भारतीय जनताले आफ्नो आक्रोशलाई त्यसरी प्रकट गरेका छन् भन्ने बुझिएको छ । नेपाल प्रवेश गर्ने भारतीयहरूमा भारत सरकारको सीमासुरक्षा निकायका कर्मचारीहरूले पोसाक बदलेर नेपाल प्रवेश गरी प्रचण्ड महोदयविरुद्ध आफ्नो क्रोध पोखेका छन् । आमभारतीय भने त्यसबेला नेपाल भारत सीमा छुट्याउनेमा नै आफूलाई सीमित राखेका थिए ।
पुत्लादहनको त्यो घटनाप्रति नेपाल सरकारले बेवास्ता जस्तो गरी पर्ूण्ा मौनधारणा गरेको छ- त्यो समयमा उच्चस्तरीय संयन्त्रभित्र रहेका गिरिजाप्रसाद कोइरालासँग दाहाल महोदयले भेट गरेर राष्ट्रिय स्वाधीनता आदिबारे कुरा गर्ने नत्र संसद्भित्र माओवादी पार्टर्ीी नेताहरूले थरिथरीका प्रश्नहरू उठाइ लामा- लामा भाषणहरू गर्नेमा ब्यस्त रहेका छन् । गत दर्ुइ साताभित्र माओवादी नेताहरूले भारतसँग दुहाइ माग्ने नत्र वर्तमान सरकारविरुद्ध नयाँ दिल्लीमा पुगेर माओवादी नेतृत्व मातहत राष्ट्रिय संयुक्त सरकार गठन गर्न अनुरोध गर्ने, अथवा नेपालको राष्ट्रिय सेनाको एउटा अंशलाई उचालेर नेपालभित्र विप्लव खडा गर्ने षड्यन्त्रमा भारत लागिरहेको बारे वक्तव्य दिनमा ब्यस्त थिए । नेपाली माओवादीका त्यस्ता कुनै पनि र यथार्थमा परस्परविरोधी अभिव्यक्तिहरू हुने गरेका देखिएको छ । यद्यपि कुनै एउटा अभिव्यक्तिको आधिकारिक पुष्टि वा जिम्मेवार प्रतिवाद कतैबाट पनि हुने गरेको छैन । मनमा लागेको बोल्दै जानेमा विशिष्टता पाएको माओवादी पक्ष भने आफूलाई नेपालको संसदीय व्यवस्थाभित्रको सबैभन्दा उत्तरदायीपर्ूण्ा पार्टर्ीीान्ने संविधानसभामा सबैभन्दा बढी प्रतिनिधित्व प्राप्त पार्टर्ीीो ।
माओवादी पार्टर्ीीे त्यस्तो 'दर्ुइ जिबे्र' भन्दा पनि विना ज्रि्रोको जथाभावी कथनले गत १२ माघमा भारतीय मनस्थितिलाई पनि डगमग पार्न सुरु गरेको संकेत गर्छ । भारतले सानो ठाउँमा 'प्रचण्ड हाय, हाय' को बिल्ला झुन्ड्याएर सेतोकालो कपडाको पुत्लामा आगजनी गर्न थालेको हाल देखिए तापनि माओवादी पक्षले आफूलाई भारतीय सवालमा एउटा बुँदामा स्थिर राखेन भने विकराल रूप लिनसक्ने शंका केहीमा उमारेको छ । संवत् २०४५ फागुन चैततिर भारतीय प्रधानमन्त्री राजीव गान्धीको समयमा नेपालविरुद्ध 'आर्थिक नाकाबन्दी' सुरु गरेर १५ महिनासम्म चलाएको थियो । अहिलेको मोरङस्थित डायनीय क्षेत्रमा भारतीय एसएसबीले गोप्य तवरमा भाग लिई प्रचण्डको पुत्ला जलाएको घटनालाई देखा परेजस्तो सानो रूपमा ग्रहण नगर्नु उपयुक्त ठहरिनेछ । राष्ट्रको सामु एउटा पार्टर्ीीजतिसुकै ठूलो भए पनि नगन्य र आंशिक हुन्छ । माओवादीको परस्परविरोधी भारतीय नीतिले यो देशलाई कुन ठाउँसम्म पुर्‍याउने हो भन्नेबारे केही भन्नु गाह्रो छ । राज्यमा विदेशी हस्तक्षेप र अराजकता आमन्त्रित हुनसक्ने स्थितिमा यो देशको सीमानामा रहेको अर्को कुनै मुलुकले पनि चासो लिनेछैन भन्ने मेरो विश्वास हो । माओवादी नेतृत्वले नेपालका छिमेकी देशहरूबाट त्यस्तै अव्यवस्थालाई निम्त्याउने चेष्टा गरेका हुन् कि भन्नेमा मेरो शंका छ । वर्तमान माओवादीका अग्रज पुष्पलाल श्रेष्ठ अथवा मदन भण्डारीले पनि माओवादीमा यता वर्षदिनदेखि प्रकट भएको विशेष गरी भारतप्रतिको नीतिमा अव्यस्थित चित्तलाई प्रकट गरेका थिएनन् ।
नेपाल र भारतबीच खुला सीमाना छ, यसको अर्थ सीमाना रहिरहला भन्ने होइन । अर्थात् एउटा देशको नागरिकले आफ्नो देशको क्षेत्रभित्र व्यवहार गर्ने अधिकारलाई अर्को देशको अनुभूति बेगर त्यो देशको क्षेत्रभित्र उपयोग गर्न पाउँदैन । मोरङ डायतियामा भएको प्रचण्डको पुत्ला जलाउनेतिर भारतीय क्षेत्रका जनताले प्रवेश गरेर सम्पन्न गर्न खोज्नु त्यो देशको र्सार्वभौमिकताको प्र्रत्यक्ष उल्लंघन हो । त्यसकारण डायनियामा भारतीयहरूले प्रवेश गरी नेपालको आन्तरिक राजनीतिक मामलामा असहमति प्रकट गर्नु सबै प्रकारले निन्दनीय घटनामात्र हो त्यसकारण सरकारीस्तरबाट समेत भारत सरकार सामु र्सार्वजनिक तवरमा विरोध गर्नुपर्ने घटना हो । त्यस्तो केही भएको भए नेपाली जनता सामू कतिपय कारणले गर्दा खुलासा नगरिएको हुनसक्छ । अथवा डायनिया पारी भारतीय क्षेत्रका नागरिकहरूले आफूखुसी नेपालभित्र प्रवेश गरी दाहाल महोदयको पुत्ला जलाएको हुनसक्ने हुनाले जिल्ला प्रशासनका आधारमा त्यो घटनालाई सीमित राख्न खोजिएको पनि हुनसक्छ । माओवादी पार्टर्ीी कारणले नेपालको र्सवांगीणस्थित निकै नै दुरुह, संकटपर्ूण्ा र अज्ञान दिशातिर लम्किएको जस्तो छ । यस्तो स्थितिलाई ध्यानमा राखेर नेपाल सरकारले मोरङ-डायनियामा प्रचण्डको पुत्ला जलाउने कामलाई दर्ुइ राष्ट्रबीचको सम्बन्धमा आघात पुर्‍याउने घटनाका रूपमा उठाउन नचाहेको पनि हुनसक्छ । संवत् २०४५ मा भारतको राजीव गान्धी सरकारले नेपालविरुद्ध आर्थिक नाकाबन्दी सुरु गरेकालाई त्यसबेला मरिचमान सिंहको सरकारले उपेक्षा गरेको थियो । मरिचमानसिंह सरकारले त्यसो नगरेर त्यो विवादलाई दर्ुइ राष्ट्रको सम्बन्धकोे स्तरमा उठाउने चेष्टा गरेको भए नेपालको स्वाधीनता नै खतरामा पर्न सक्ने थियो । तर, त्यसबेला नेपालका तर्फाट चरम संयम धारण गरिएको हुँदा ती १५ महिनाभित्र निर्दलीय पञ्चायत व्यवस्थालाई विधिवत् अन्त्य गरेर राष्ट्रिय स्वाधीनतालाई भने जोगाउने काम भएको थियो ।
मोरङ-डायनियामा भारतीय एसएसबीले अधिकारिक पोसाक बेगर नेपाल क्षेत्रभित्र प्रवेश गरी दाहालको पुत्ला जलाउने घटना सम्पन्न गर्नु र र्सवसाधारण जनताले भने दर्ुइ देशको सीमा अंकित गर्ने १० गजामा मौन बसेर हेरिरहनु आदि सम्पर्ूण्ा घटनालाई विशिष्ट बुद्धिद्वारा प्रक्षेपण गरिएको घटनाका रूपमा म लिन्छु । त्यसकारण भारतीय पक्षमा रहेको त्यो श्रेेष्ठ बुद्धिलाई म धन्यवाद दिने पक्षमा छु । त्यसले गलत किसिमले भए पनि नेपाल भूमिमा प्रवेश गरेर माओवादीलाई सचेत हुने मौका दियो, तर दर्ुइ राष्ट्रबीच गम्भीर विवादको मामलालाई उठ्न भने दिएन । त्यसरी त्यो भारतीय तत्वले दाहाल महोदयको पुत्ला जलाउँदा दाहाल र नेपाली माओवादी पार्टर्ीी कतिपय शर्ीष्ास्थ नेताहरू साथमा भारत आश्रति र भारतीय सल्लाहले पे्ररित रहेका छन् भन्ने आफूले बुझेकोलाई प्रस्ट तुल्याएका थिए । यो प्रस्टताले नेपाल र भारतबीचको तीन दिशातिर फैलिएको ५४ हजार वर्ग मिलसित टा“सिएको सीमारेखाको एउटा सानो ठाउँ मोरङ डायनियामा मात्र पुत्ला जलाउने काम गरी भारतीयहरूले आफ्नो विरोधलाई अति सानो महत्त्वको घटना ठहर्‍याए जस्तो देखाए । आफूमा किञ्चित पनि बुद्धि छ भने नेपालका माओवादी नेताहरूले यो घटनाबाट आवश्यक शिक्षा लिनु र आफूलाई र आफ्ना वक्तव्यहरूलाई संयमित राख्नु उचित हुनेछ । ती माओवादी नेताहरूले मोरङ डायनियाको घटनालाई भारतद्वारा 'सूची प्रवेश' को रूपमा सीमित रहन दिनु नेपालको हित अनुकूल ठहरिने छ, होइन भने सूची प्रवेशपछि प्राचीन उखानले 'मुसलः प्रवेश' हुन्छ भन्ने बिर्सन हुँदैन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी