© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २८ | 12, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २४
अहिले नेपालमा सुरक्षामा समस्या देखिएको छ । राष्ट्रपति असुरक्षित, वर्तमान प्रधानमन्त्री असुरक्षित र निवर्तमान प्रधानमन्त्री असुरक्षित । मन्त्री असुरक्षित, राज्यमन्त्री असुरक्षित, सहायकमन्त्री असुरक्षित, सीडीओ असुरक्षित, सहायक सीडीओ असुरक्षित, सहायक सीडीओका अंगरक्षकसमेत असुरक्षित । विद्यालयबाट र्फकंदै गरेका बालबालिका पनि असुरक्षित । आपmनो कार्यक्रममा जाने दलका कार्यकर्ता असुरक्षित, गाविस सचिव असुरक्षित, कलमधारी पत्रकार असुरक्षित । राष्ट्रिय बिखण्डनविरुद्ध लोकतान्त्रिक विधिबाट आपmनो विचार प्रकट गर्नेहरूको नाक असुरक्षित, नागरिकका हात-पाउ असुरक्षित । घर-जग्गा असुरक्षित, मोटरगाडी असुरक्षित, मुलुकको साँध-सिमाना असुरक्षित, राष्ट्रिय झन्डा असुरक्षित, राष्ट्रिय एकता र अखण्डता नै असुरक्षित ।
अस्वस्थ शरिरमा रोगको निवारण हेतु छुरा प्रयोग गरेर नागरिकलाइ जीवनदान दिने अनुभवका धनी राष्ट्रपति रामवरण यादव पनि असुरक्षित । स्वस्थ नागरिकको गर्धनमा छुरा प्रयोग गरेर जीवनलीला नै समाप्त पारिदिने पुष्पकमल दाहाल पनि असुरक्षित । कसैको शरीरमा कुनै पनि किसिमको हतियार प्रयोग नै नगर्ने माधवकुमार नेपाल पनि असुरक्षित ।
अन्तिम निरंकुश जिउँदा राजा ज्ञानेन्द्र सुरक्षित, नेपाली श्रमजीवी कलाकारहरूद्वारा निर्मित ज्ञानेन्द्रका पर्ूवजका सालिकहरू असुरक्षित । राणा खलकका सालिकहरू सुरक्षित, राणाविरोधी अमर सहिदका सहिदगेटका सालिकहरू असुरक्षित । सयौं प्रजातन्त्रवादी योद्धाहरूलाई 'अराष्ट्रिय तत्त्व' -अत)को पगरी गुथाएर हर्ुमत लिने, यातना दिने अनि हत्या गर्ने 'राष्ट्रिय' धन्दाका क्रूर खेलाडी 'सेन ओली'हरू सुरक्षित । तिनीहरूको अत्याचारी युगमा ज्यान ढुटयाएर बाँचिबर्चिरहेका लोकतन्त्रका योद्धाहरूको बुढेसकालको जर्ीण्ा शरीर असुरक्षित । सुरक्षित हुनुपर्ने असुरक्षित, असुरक्षित हुनुपर्ने सुरक्षित ।
अहिले नेपालमा माधवकुमार नेपालको नेतृत्वमा सरकार छ । उहाँको गाडीमा घोर्याहा ढुंगो बज्रिएपछि त्यति उच्च तह असुरक्षित देखियो र र्सतर्कता पनि । सिंहदरबारमा खैलाबैला मच्चियो । विशिष्ट तहको उच्च घेरासम्म कसरी शान्ति सुरक्षा खलबलियो - अखबारमा यस्तो पनि छापियो, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूलाई 'जता फिट छौ, उतै जाओ'सम्म भन्नुपर्ने स्थिति उत्पन्न भएछ । यो अवस्था गम्भीर हो ।
'दर्ुबलस्य बलम् राजा' अर्थात् निर्धाको बल राज्यशक्ति हो । राष्ट्रप्रमुख र सरकारप्रमुखजस्ता व्यक्तिको सुरक्षामा समेत खतरा भएपछि शक्तिहीन नागरिकहरूको के हालत होला - यतातिर गम्भीरतापर्ूवक ध्यान दिने फुर्सद कमलाई हुनु मुलुकको हितमा छैन । अपराधीमाथि सरकारका तर्फबाट प्रकट भएको यो हदसम्मको उदारवादले मुलुकका लागि परिणाम पनि राम्रो निस्कँदैन ।
मुलुक हाँक्ने प्रधानमन्त्रीलाई राज्यले खर्चिलो नाक, कान र आँखा प्रदान गरेको हुन्छ । त्यसैले, उहाँलाइ थाहा हुनर्ुपर्छ, कसद्वारा यति बिघ्न सुरक्षामा समस्या पर्यो - अपराधी गुप्त छ कि प्रकट छ - ऊ भूमिगत छ कि खुला छ - अपराधी राष्ट्रिय ढिकुटीको राजस्वबाट संकलित रकम बुझेर तारेहोटलमा भोजन गर्छ कि कुनाकन्दरा, भीरपाखामा भौंतारिएर सागसिस्नु, खोलेफाँडो र कन्दमूलमा जीवन झुन्डयाएर नागरिक आवाज बुलन्दीको सिलसिलामा छ -
विगत सम्झने हो भने हिजो संविधान बनाउन उम्मेदवारी दिएर निर्वाचनमा खटिरहेका वर्तमान प्रधानमन्त्रीकै पार्टर्ीी कनिष्ठ उमेदवारहरू ढुटिँदा र भागाभाग हुँदा नै सुरक्षा समस्या खडा भएको हो । कोही चुनाव प्रचारमा जानबाट वञ्चित हुने, कोही बाहुबलका आधारमा परिणाम उसको पक्षमा पारेको घोषणा टुलुटुलु हेरेर निरीह बन्नुपर्ने । त्यही क्षणमा सुरक्षा समस्या थियो । रामहरि श्रेष्ठका हत्याराहरूको पदोन्नति, प्रचण्ड थैवका सिकारीमाथि माफी । पत्रकारलगायतका नागरिकहरूका यमराजहरूको संरक्षण । सन्तोष कार्कीजस्ता निर्दोष बालकका बधिकजस्ता क्रूरात्माका सुप्रिम नायकलाइ ज्यू-हजुरीको सम्मान, दर्ुबल र निर्धाहरूमाथि थिचोमिचो । बाहुबलवाला भीडको दबाबको प्रभावमा राज्यको निर्ण्र्ााआदि जबजब भए तबदेखि नै सुरक्षा समस्याले मलजल पाएको हो ।
सुरक्षा समस्या संस्कृति बन्न सक्छ । निर्धा मानवहरूको बली धर्म हुन सक्छ । जनतालाई पियाइएको धर्ुकापानीलाई र्सबत पियाएको भ्रम भइदिन्छ, यदि अपराधलाई चिचिलैमा चिमोट्न सकिएन भने । कर्ुकर्मले प्रौढता पाएपछि शिक्षक, पत्रकार, बालक, वृद्ध, पुरोहित, कृयापुत्रीदेखि मुलुकका महामहिम 'प्रथम'हरू के बाँकी रहन्छन् । अप्ठयारो पर्न लागे माफी मागिदियो । नपरे विदेशीका 'कठपुतली'लाई महान् जनताले दिए ताजन भनिदियो । टन्टै साफ ।
हिजो अभिजात सामन्ती राजासँग कार्यगत एकता गर्दै प्रजातान्त्रिक राजनीतिक पार्टर्ीी कार्यकर्ताहरूको हत्या गरियो । राजनीतिक कार्यकर्ताका बधिकहरू राष्ट्रिय सहिद । सच्चा सहिदहरू जो भिन्न विचार बोकेबापत घर, खेत, बाटो, विद्यालय र ओछयान-ओछयानबाट कब्जामा लिएर क्रूरतापर्ूवक हत्या गरिएका कर्तव्यनिष्ठ र इमानदार आपmना कार्यकर्ता गुमनाम । यिनै हुन्, सुरक्षा संयन्त्रमा समस्या खडा गर्ने तत्त्वका पर्ूवाधारहरू ।
आज सरकार 'रिजर्भ टंकी'भित्रको दर्ुगन्ध नहेरी धाराको टुटी धुने, फेर्ने र टुटीमाथि असन्तुष्टि जाहेरी गर्ने गरिरहेको छ । 'रिजर्भ टंकी' सफा गरेपछि, सबै धारामा शुद्ध र निर्मल पानी खस्छ । समस्या मूल टंकीमा नै छ । जसरी मगज बिग्रियो भने शरीरका अन्य अवयवहरूले ठीक काम गर्न सक्तैनन्, त्यसरी नै मूल टंकीमा सिनो पर्यो भने धारामा गनाउने पानी झर्नु अनिवार्य हुन्छ ।
'रिजर्भ टंकी'मा कुहिएर दर्ुगन्ध फैलाउने लोखर्केहरू तिनै हुन्, जसलाइ भेट्न हिजो सिलिगुडीदेखि दिल्लीसम्म दौडनुपरेथ्यो । संविधान बनाउन व्यवधान खडा गर्ने 'राष्ट्रिय स्वाधीनता'का पुजारी तिनै हुन्, जसले तुच्छ पद प्राप्तिका लागि आपmनै सहयोद्धालाई विस्तारवादी, क्षेत्रीय 'प्रभू'का दलालजस्तो क्रूर आरोप लगाउन पछि परेनन् । शान्तिविरोधी तिनै हुन्, जसले क्रूर हत्याराहरू लुकाए, अपराधीहरूका मुद्दा फिर्ता लिए ।
अझ सानो घेरामा चिन्ने हो भने मुलुकलाई 'महाविपत्ति'को निमन्त्रणा गर्ने तिनै हुन्, जसले आपmनी आमाको मातृत्व मात्र मातृत्व ठाने । उनलाई कर्ुर्चीमा आरोहण गराउन दसौं लाख नागरिकले माटोमुनि पुरिनु उचित देखे । आफूलाई सत्तामा चढाउन रगतको भर्याङ बनाउन जीवन अर्पण गर्ने ती नागरिकहरूकी आमाले छोराछोरी हर्ुकाउँदा पनि आपmनी आमाको भै+m कहर काट्नुपर्यो होला भनेनन् । उनीहरूकी आमाको वात्सल्यको कुनै मूल्य राखेनन् ।
सपना देखेको भरमा एकातिर आफू एउटालाई अज्ञातबाट हत्या प्रयास भयो भनेर चर्को स्वरले चिच्याउने । अर्कातिर जनता मारेर भए पनि सत्तारोहण नगरी छाड्दिन भन्ने । उनका श्रीमतीका र जनताका श्रीमतीका आँसु एकै हुन् भन्ने हेक्का राख्न नसक्ने । यिनै युद्धपिपासुहरू नै वर्तमान शान्ति सुव्यवस्था खलल पार्ने प्रमुख नायक हुन् ।र्
वर्तमान प्रधानमन्त्रीलाई बानेश्वरको चउदण्डीमा दिनभरि 'कठपुतली' 'चाकर' आकाशबाँणी र रिमोट कन्ट्रोलबाट चल्ने 'रोबोट'जस्ता शब्दले प्रहार गर्ने र बोलचाल बन्द भएको घोषणा गर्ने । बेलुका उनै प्रधानमन्त्रीलाई भेटेर अंकमाल गर्ने । कोखामा 'कुकुर बुगारा' भएजस्ता ती अंकमालकर्ताहरू विशेष धातुले बनेका भन्न सुहाउने किसिमका नै छन् । हातेमालो गरेका बखत काखिमुनि यसो छामेको भए प्रस्ट भइहाल्थ्यो । त्यसपछि त सुरक्षा संयन्त्रसँग असन्तुष्ट हुनै नपर्ने । एकातिर दिनभरि मुख छाड्ने साँझ छाँद हाल्ने, बाहिरफेर आपmना हनुमानहरूलाई ढुंगामुढा प्रहार गर्न लगाउने आफूचाँही मारिन्छु कि
भनेर बर्बराउने । यिनै विक्षीप्त जनहरू हुन्, शान्ति सुव्यवस्थाका बाधक ।
यति र्छलङ्ग हुँदाहुँदै बबुरा सिपाहीको के दोष - शान्ति सुरक्षाको सियो इसान दिसातिर हराएको छ, नैऋत्यतिर खोजेर फेला पर्दैन । सात्विक भोजनवालाको अँगालोमा कसरी आए, भोजनकै कारण आफ्नै नयनकवच बिर्सर्ुुहरू । आलिंगन गर्न आएका बखत नचिन्ने, अन्यत्र समाधान खोज्ने हो भने कसरी चल्छ मुलुक - कसरी बहाली हुन्छ शान्ति सुरक्षा -
सरकार † झाँगाझोलीतिर अपराधी खोज्नै पर्दैन । अशान्तिको झटारो हान्नेसँगै बसेर भोजन गर्ने, बबुरो झट्टीत्रि्रेलाइ खोज्न धमिले -धिमाले) खोलो चहार्ने विचित्रको छ, सरकारको चाला । जोकोहीले देखिरहेका छन् । अपराधी सिंहदरवार, बानेश्वर, नयाँ बजार, कोटेश्वरतिरै बसेका हुन्छन् । कहिले महाराजगन्ज, कहिले छाउनी, कहिले 'प्रभु'हरूका दूतावास-दूतावासमा कतै प्रधानमन्त्रीको पदपुजनी गर्न र कतै 'कता बाँडु
प्रभु -' भन्न लुटेचोरेका गाडीमा छयापछयाप्ती हुइकिइरहेका हुन्छन् ।
'नागरिक सर्वोच्चता', 'राष्ट्रिय स्वाधिनता', 'महान जनता', 'विशेष धातुका कार्यकर्ता', 'महान जनयुद्ध', 'दसौं हजारको बलिदानबाट आएको क्रान्तिकारी हुनुको नाताले'जस्ता विशेषण आपmना लागि प्रयोग गर्छन् । अनि अर्काका लागि 'प्रमुख दुश्मन', 'कठपुतली', 'दलाल', 'राष्ट्रघाती', 'जनविरोधी' आदि शब्द थेगोजस्तै ओकलिरहन्छन् । तिनै हुन्, शान्तिका बाधक । कतै शान्ति सुरक्षाको पहरेदार सरकारकै नाक, कान र आँखा लट्टएिकी -
-लेखक एमालेका पर्ूवसांसद हुन्)
devshankar49@yahoo.com
Comments0
Leave Comments