© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
अनिल, राजकृष्ण/राजधानी
कास्की, २३ माघ
लगातार पछिल्ला दुइ संस्करण जितेको नेपाल पुलिस क्लबले पोखरा रंगशलामा शनिबार सम्पन्न 'आहा गोल्डकप फुटबल' प्रतियोगिताको फाइनल खेलमा नेपाल आर्मी क्लबको चुनौति १-० गोल अन्तरले समाप्त पादै आहा गोल्डकपमा ह्याटि्रक गरेको छ ।
खेलको निर्धारित समय दुबै पक्षबाट कुनै पनि गोल नभएपछि खेल अतिरिक्त समय तिर लम्किएको थियो । थप ३० मिनेट सकिन मात्र तीन मिनेट बाकि रहदा पुलिका योगेश श्रेष्ठले गोल गदै पुलिसको उपाधी पक्का गरे । उपाधीसँगै पुलिसले एक लाख ५० हजार रुपैया हात पार्यो । उपविजेता आर्मीले भने ७५ हजार रुपैयामा चित्त बुझायो ।
खेलको अधिकास समय पुलिसलाई आर्मी क्लबले दबाबमा राखेपनि, अन्तिममा सम्हालिन नसक्दा पराजित हुनुपर्यो । क्याराभान सहित छैटौं र सातौंं आहा गोल्ड कप बिजेता नेपाल पुलिस क्वलले अन्ततः थप समयको २७ औं मिनेटमा गोल गदै खेल आफ्नो पक्षमा पार्यो ।
पुलिसका गोलरक्षक रितेश थापाले प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । उनले यमाहा मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको सवार्धिक गोल कर्ता आर्मीका बिकर्ण्र्ााेष्ठ भए । उनले प्रतियोगितामा चार गोल गरेका थिए । उनले १५ हजार रुपैया प्राप्त गरे । उत्कृष्ट प्रशिक्षकको उपाधी नेपाल आर्मीका राजु काजी शाक्यले प्राप्त गरे । त्यसैगरी, फेयर प्ले टोली मच्छिन्द्र क्लब चुनियो ।
Comments0
Leave Comments