© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
श्रीलंकाली प्रेसले केही समयदेखि विभिन्न घटनामा अल्झनुपरेका कारण संर्घष्ारत चौथो अंग पुनः चर्चामा आएको छ । राष्ट्रपतीय निर्वाचनका बेला प्रेसले बढी ध्यान केन्द्रित गरेको छ ।
गएको ५ जनवरीमा सञ्चारकर्मीहरूले सन् २००९ मा हत्या गरिएका सम्पादक लसन्था विक्रमातुंगाको पहिलो जन्मजयन्ती मनाए । चार दिनपछि नै श्रीलंकामा लोकप्रिय दैनिक पत्रिका लंकादीपकाका वरिष्ठ संवाददाता दयासिल लियानागीले राजीनामा दिइन् । एउटा विवादास्पद समाचारलाई लिएर केही राजनीतिक शक्तिकेन्द्रको दबाबका कारण उनले राजीनामा दिएको बताइएको छ । त्यसलगत्तै, १३ जनवरीमा सन्डे लिडरका दर्ुइजना पत्रकारले इमेलबाट हत्याको धम्की पाए । प्रहरीले सो साप्ताहिकको परिसरमा खानतलासी पनि गरेको थियो । भाग्यवस सोही दिन मार्च २००८ देखि थुनामा परेका एकजना तामिल पत्रकार जयप्रकाश टिसाइनायगम तारेखमा मुक्त भए । उनीलाई राष्ट्रिय सुरक्षामा खलल पार्न खोजेकोमा दोषी देखाइएको थियो र सन् २००९ को अगस्टमा २० वर्षो जेलसजाय सुनाइएको थियो ।
टिसाइनायगमको तारेखमा रिहाइलाई र्समर्थन गर्ने अवस्था भए पनि अन्य घटनाक्रमहरू त्यस्ता छैनन् । 'ढिलै भए पनि न्याय प्राप्त भएको छ,' सञ्चार अधिकार संस्था स्वतन्त्र सञ्चार अभियानका सुनिल जयसेकराले आईपीएसलाई बताए । टिसाइनायगमको मुद्दाले अन्तर्रर्ााट्रय जगतकै ध्यानाकषिर्त गरेको छ किनभने आतंकवाद नियन्त्रण ऐन -पीटीए) अर्न्तर्गत मुद्दा चलाइएका उनी पहिलो पत्रकार थिए ।
पीटीएले अभियोग नै नलगाई कानुन कार्यान्वयन अधिकारीले कुनै पनि व्यक्तिलाई पक्राउ गर्ने र बयान लिने अधिकार उपलब्ध गराएको छ । यो ऐन तामिल पृथकतावादीका गतिविधिलाई लगाम लगाउन ल्याइएको थियो, तर अधिकारकर्मी समूहहरूले यस ऐनमा राखिएका खतरनाक प्रावधानको दुरूपयोग हुने आवाज उठाइरहेका छन् । 'कसैले आफ्ना धारणा अभिव्यक्त गरेको आरोपमा पहिलोपटक पिटिएको प्रयोग गरिएको छ,' जयसेकराले भने, 'यो यथार्थमा डरलाग्दो दृष्टान्त हो ।'
यस प्रावधानको विपक्षमा रहेको एम्नेस्टी इन्टरनेसनलले पनि रिहाईको स्वागत गरेको छ । 'टिसाले आफ्नो परिवारसँग बस्न पाउने गरी रिहाइ भएकामा हामीलाई अत्यन्त खुसी लागेको छ तर उनलाई थुन्नु नै गलत थियो,' मानवअधिकार समूहका श्रीलंकाली अनुसन्धाता योलान्डा फोस्टरले वक्तव्यमा भनेका छन्, 'उनीमाथिको सजाय न्यायको अपव्याख्या र मानवअधिकारको घोर उल्लंघन थियो ।'
एम्नेस्टीले श्रीलंका सरकारलाई उनीमाथि लागेका सम्पर्ूण्ा दोषारोपण खारेज गर्न आग्रह गरेको छ । टिसाइनायगमका वकिलले समेत हाल मुल्तबीमा रहेको मुद्दाको फैसलासमेत टिसाकै पक्षमा आउने विश्वास जनाएका छन् । 'उनी कारागारबाट नैतिकबलका साथ बाहिरिएका छन् । अपिलका निम्ति हामीसँग राम्रो आधार रहेकाले म विश्वस्त छु,' सल्लाहकार मथियाबरानाम सुमन्थीरानले सञ्चार अधिकारकर्मी समूहलाई बताए । काममा गइरहेको समयमा हत्या गरिएका सन्डे लिडरका सम्पादक विक्रमातुंगाका सम्बन्धमा भने अनुसन्धानमा खासै प्रगति हुन सकेको छैन, यद्यपि उनले प्रयोग गर्ने मोबाइल फोन र सो मोबाइल प्रयोगकर्ता पक्राउ परेका छन् । टाउकोमा गम्भीर चोटका साथ अस्पताल पुर्याउने क्रममा उनको मोबाइल हराएको थियो ।
'दशमहिनाको अनुसन्धानपछि यस मुद्दालाई फौजदारी अनुसन्धान विभागमा पठाइएको छ तर त्यसयता कुनै र्सार्वजनिक धारणा बाहिर आएको छैन,' हत्या गरिएका सम्पादकका दाजु लाल विक्रमातुंगाले भने । 'तिनीहरूले मलाई एकपटक बोलाए तर पुनः केही भनेका छैनन् । अदालतमा मुद्दाको पैरवी २४औंपटक स्थगित भएको छ । हरेकपटक प्रहरीले पर्याप्त प्रमाण नभएको बताइरहने गरेको छ । एकजना प्रत्यक्षदर्शी समेत महिनौंदेखि वेपत्ता छन्,' उनले भने ।
अकोतर्फसन्डे लिडरले गत १३ डिसेम्बरमा राष्ट्रपतीय निर्वाचनका प्रत्यासी सरथ फोन्सेकाको अन्तर्वार्ता छापेर विवाद सिर्जना गरेको छ जसमा फोन्सेकाले युद्धको अन्तिम समयमा पृथकतावादी लिवरेसन टार्इगर्स अफ तमिल इलमका वरिष्ठ सदस्यले आत्मर्समर्पण गरे पनि गोली हान्न माथिल्ला सरकारी पदाधिकारीले निर्देशन दिएको आफूले सुनेको बताएका थिए ।
टार्इगर्स गतवर्षमेमा पराजित भएका थिए । सेनापतिका रूपमा फोन्सेकाले विजयको श्रेय पाएका थिए र यसमा राष्ट्रपतिले समेत सशस्त्र फौजको कमान्डर भएको हैसियतमा श्रेय पाउनु स्वभाविक थियो । विपक्षी राष्ट्रपतीय उम्मेदवार फोन्सेकाले भने सो समाचारप्रति अस्वीकृति जनाएका छन् । यसैका कारण श्रीलंकाको इतिहासमै पहिलोपटक निकटतम राष्ट्रपतीय प्रतिस्पर्धा हुने गरी राजनीतिक तीक्तता सिर्जना गरेको थियो ।
सन्डे लिडरको परिसरमा प्रहरी खानतलासीसँगै प्रहरी अधिकारीहरूले राजनीतिक पर्चाहरू प्रेसमा छापिएको सूचना प्राप्त गरेको बताएका थिए । तर, खानतलासी गर्दा त्यस्ता सामग्री पाइएको थिएन । फोन्सेका र संसद्मा सबैभन्दा ठूलो तामिल राजनीतिक दल तामिल नेसनल एलायन्सबीच गोप्य सम्झौता भएको कुरा लेखेको आधारमा लियागीको राजिनामा आएको विश्वास गरिएको छ । राजनीतिक गोला फाल्न सक्षम यस समाचारमा फोन्सेकाले तामिल नेसनल एलायन्सका धेरैवटा विवादास्पद र राजनीतिकरूपमा संवेदनशील मागमा र्समर्थन जनाएको उल्लेख थियो । फोन्सेका पक्षधरले यस समाचारलाई तत्कालै खण्डन गरेका थिए ।
-आईपीएस्/एन्पीआई)
Comments0
Leave Comments