२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

कुटो-कोदालो गर्नेहरू कम्प्युटरमा व्यस्त

खोटाङस्थित ग्रामीण क्षेत्रका कतिपय गाउँलेहरूले एक वर्षअगाडिसम्म कम्प्युटर देखेका थिएनन् । त्यतिबेला उनीहरू कुटो-कोदालो र घाँस-दाउरामा रमाउँथे । गाउँ-गाउँमा विद्युत् विस्तार हुने क्रमसँगै यहाँका विभिन्न गाउँका बासिन्दाहरू कुटो-कोदाला छोडेर कम्प्युटर चलाउन थालेका छन् ।
विद्युत्को केन्द्रीय प्रसारण लाइन र स्थानीयस्तरमै उत्पादन गरिएको पेल्टि्रक सेटले गाउँघर झिलिमिली भएको छ । सोही कारण घर-घरमा कम्प्युटर राखेर गाउँलेहरू प्रविधिलाई पछयाइरहेको देख्न पाइन्छ । जिल्लाको उत्तरी जाल्पा, पाथेका, सप्तेश्वर, बाक्सिला, त्यस्तै पश्चिमी हलेसी, अर्खौले, दक्षिणी सिम्पानी, लिच्कीराम्चे, खोटाङ, चिसापानीलगायतका ग्रामीण क्षेत्रमा केही सयमअघि मात्र विद्युत् पुगेको छ । यी गाउँका कृषकहरू नियमित कामलाई थाँती राखेर आजकल एक समय भने कम्प्युटरमा झुम्ने गर्छन् ।
समुदायको सक्रियता, गाउँ विकास समितिको अनुदान र दातृ निकायको आर्थिक सहयोगमा अहिले जिल्लाका धेरै ठाउँमा बत्ती बलेको छ । गाउँमा कम्प्युटर भित्रिन थालेपछि ठाउँ-ठाउँमा कम्प्युटर कक्षासमेत सञ्चालन गर्न थालिएको छ । छोटो समयमै आफूले यहाँका धेरैलाई कम्प्युटर सिकाइसकेको सिम्पानीका कम्प्युटर प्रशिक्षक भानु प्रधानले जानकारी गराए ।
प्रधानका अनुसार जिल्लाको जाल्पा, बाक्सिला, सप्तेश्वर, सिम्पानी, हलेसी, खोटाङलगायतका गाविसमा गाउँलेहरूलाई कम्प्युटर सिक्ने अवसर प्रदान गरिएको छ । 'नियमितरूपमा घर-खेती, घाँस-दाउरा, खेतालो र गोठालो गर्दै जीवन गुजारा चलाउँदै आएका गाउँले कृषकसमेत दिनको दर्ुइ/चार घन्टा समय निकालेर कम्प्युटर सिक्ने गर्दछन्,' प्रशिक्षक प्रधानले भने । आफ्नै श्रमबाट उत्पादित कोदाको, ढिंडो र गुन्द्रुक खाएर सस्तोमा कम्प्युटर सिक्न पाएका गाउँले कृषक र विद्यार्थीहरूले पनि निकै राहत महसुस गरेका छन् ।
ठाउँ-ठाउँमा त सूचना प्रविधिको विकास सँगसँगै र्
इ-मेल, इन्टरनेटमा पनि गाउँलेहरू रमाउन थालेका छन् । रोजगारको सिलसिलामा घरबाहिर रहेका आफन्तलाई यसअघि उनीहरूले चिठीमार्फ आफ्नो खबर पठाउँथे । गाउँमा कम्प्युटर र इन्टरनेट जोडेपछिर् इ-मेल/इन्टरनेटको प्रयोग गरी छिनभरमै सर्म्पर्क हुने गरेको पनि स्थानीय बासिन्दाहरूले बताए र्।र् इ-मेल/इन्टरनेटबाट सस्तो र आवश्यक जानकारी पाउन सकिने भएपछि ग्रामीण इलाकाहरूमा यसको लोकप्रियता बढेर गएको छ ।
यसै प्रसंगमा सिम्पानी इलाका हुलाकका खरिदार नरेन्द्र खड्काले भने, 'प्रविधि र विकासकै कारणले होला, अहिले हुलाकमा पत्रपत्रिकाबाहेक चिठीपत्रहरू आउने क्रम पहिलाभन्दा रोकिएको छ ।' नेपाल टेलिकमको स्काई फोन र सीडीएमए फोनबाट सस्तोमा इन्टरनेट सेवा पाइन थालिएको छ । सोही कारण गाउँ-गाउँमा कम्प्युटर इन्स्िटच्युट र घर-घरमा इन्टरनेट सञ्चालन गर्न सजिलो भएको स्थानीय बासिन्दाहरूले बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी