© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
सुनसरीको इटहरीमा रहेको शान्तिनगरी सामुदायिक वनको अस्तित्व यतिबेला संकटमा परेको छ । सामुदायिक वन समूह भने हाल निर्वाचनमा व्यस्त छ । यही मौका छोपेर स्थानीय केही उपभोक्ता आफैं र छिमेकी गाउँका मानिसले वनको काठ-दाउरा निर्धक्कसँग काटिरहेका छन् । मनपरी वन विनाशको क्रममा उनीहरूले त्यहाँ भएका बहुमूल्य जातका वनस्पतिलाई समेत सखाप पार्न बाँकी राखेका छैनन् । त्यहाँका अन्य जातका बोटबिरुवाहरू सकिने अवस्थामा पुगेको सो वनप्रति चिन्तित स्थानीय उपभोक्ताहरूले बताए ।
इटहरी-२ शान्तिनगरमा रहेको शान्तिनगरी सामुदायिक वन उपभोक्ता समूह भने केही समययताबाट चुनावको तयारीमा जुटेको छ । समूहका सबैको ध्यान चुनावमा गइरहेको समयमा उपभोक्ता आफैं जथाभावी रूपले जंगलमा प्रवेश गरी बोटबिरुवा काट्न थालेका हुन् । यसरी वन विनाश गरिएको हप्तौं बिते पनि समूहले चासो दिएको छैन । सोही कारण वनमा भएका बहुमूल्य जातका बोटबिरुवा तथा वनस्पतिहरू मासिँदै गएको सो सामुदायिक वनका केही उपभोक्ताले राजधानीसँग गुनासो गरे ।
शान्तिनगरी समुदायिक वन समूहको निर्वाचन आइबार हुँदै छ । जसका लागि सबै पदाधिकारी प्रचार-प्रसार तथा तयारीमा जुटे पनि उनीहरूले सामुदायिक वनको सुरक्षाका लागि भने पटक्कै समय ननिकालेको पनि ती उपभोक्ताहरूले बताए । स्थानीय उपभोक्तबाटै तीव्र रूपमा वन फडाँनी भए पनि रेन्जपोस्ट तथा जिल्ला वन कार्यालय सुनसरीले पनि वास्ता नगरेको उनीहरूको गुनासो छ ।
सात सय २९ हेक्टर क्षेत्रफल ओगटेको सो सामुदायिक वनमा चुनाव कारण देखाउँदै केही समययताबाट गस्ती गर्ने क्रमसमेत बन्द भएको ती उपभोक्ताहरूले बताए
'जंगलको सानो फायरलाइन इलाकाभन्दा माथिका बहुमूल्य जातका बोटबिरुवाहरू अहिले दिनदिनै धमाधम काटिन थालेका छन् । समूहका गास्तीटोलीहरूले समेत चुनाव आएको भन्दै गस्ती गर्न छाडेका छन्,' एक उपभोक्ताले राजधानीसँग भने ।
यही मौका छोपेर छिमेकीे इटहरी-३ मा रहेको सरस्वती सामुदायिक वन समूहका केही उपभोक्ता तथा हाँसपोसा-२, तरहरामा रहेको हाँसपोसा सामुदायिक वनका केही उपभोक्तासमेत लागेर शान्तिनगरी सामुदायिक वन विनाश गरिरहेको पनि स्थानीय उपभोक्ताले बताए ।
बिहान हुनासाथ बन्चरो तथा आरासमेत बोकेर स्थानीय केही मानिस वन पसेको देख्न पाइन्छ । उनीहरू दिनभर त्यहाँका रूख काट्छन र बेलुकीपख जंगलबाट काठ निकासी गर्छन् ।
'एक साता अघिदेखि यसरी वनको फँडानी बढिरहेको छ तर आफू एक्लैले के गर्न सक्छु र †' समूहको १९ टोलीमध्येका एक टोलीका कमान्डरले भने । जंगलबाट काठ चोरी भइरहेको बेला उनीसमेत रमिते बनेका थिए ।
लाचार हुँदै उनले भने, 'यसरी नै सबै उपभोक्ताले दैनिक रूख ढालेर ल्याउने हो भने वनको अस्तित्व मासिन अब केही दिन पनि लाग्दैन ।' वन फँडानीबारे आफूले सामुदायिक वनका अध्यक्षलाई समेत जानकारी गराएको ती टोली कमान्डरले दाबी गरे ।
दैनिकरूपमा करम, सिसौ, सखुवालगायत जातका बोटहरू ढाल्न थाले पनि शान्तिनगरी सामुदायिक वन समूहका अध्यक्ष नरबहादुर मोक्तानले त्यसबारे अनभिज्ञता जनाए ।
वन समूहका अध्यक्ष मोक्तानले भने, 'साथीहरूसँगै म पनि चुनावमा व्यस्त छु । सोही कारण वन फँडानी बढेको हुन सक्छ ।' तर पनि अहिलेको संवेदनशील अवस्थामा आफू एक्लैले केही पनि गर्न नसक्ने उनले बताए ।
दर्ुइ हजारभन्दा बढी घरधुरीको अधीनमा रहेको शान्तिनगरी सामुदायिक वनमा अहिले दैनिक चार सय डोकाभन्दा बढी दाउरा काटिन थालेका छन् । यही मौकामा वन्यजन्तुको सिकार खेल्ने क्रम बढेको पनि स्थानीय उपभोक्ताहरूले बताए ।
यसैबीच, इटहरी रेन्जपोस्टका रेन्जर फूलनारायण चौधरी पनि वन फँडानी भएको प्रति अनभिज्ञता प्रकट गरे ।
यसरी शान्तिनगरी सामुदायिक वनको जंगल फँडानी गर्ने गरेका कारण सानो फायरलाइन इलाकाभन्दा माथिको जंगल उजाड बन्न लागेको छ ।
Comments0
Leave Comments