२०६६ - फागुन - २८ | 12, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

नया“ दौडमा ँटेलि अवार्ड’

काठमाडौं/रास- काँचको पर्दामा प्रसारित टेलिफिल्म, म्युजिक भिडियो, कलाकार र सांगीतिक कार्यक्रम मूल्यांकन गरी तीमध्ये उत्कृष्ट ठहरिएकालाई 'टेलिअवार्ड' दिइने भएको छ ।
स्वदेशी टेलिभिजन इतिहासमा यस्तो अवार्ड पहिलोपटक दिइन लागिएको हो ।
टेलिभिजन कलाकारको छाता संगठन टेलिभिजन कलाकर्मी मञ्चले मिडिया हबसुग सहकार्य गर्दै ३० वैशाख, २०६७ सालका दिन 'टेलिअवार्ड' प्रदान गर्ने घोषणा गरेको हो ।
पुरस्कार प्रतिस्पर्धाका निम्ति २०६० देखि २०६५ सम्म विभिन्न नेपाली टेलिभिजन च्यानलबाट प्रसारण गरिएका सामाजिक-चेतनामुलक टेलिफिल्म, हाँस्य टेलिशृंखला, आधुनिक-पप र लोकदोहोरीजस्ता सांगीतिक कार्यक्रम समेटिने छन् ।
'क' देखि 'ज'सम्मको विषयसूचीमा छुटयाइएको 'टेलिअवार्ड'मा ३८ विधा समावेश गरिएका छन् । 'एसएमएस भोटिङ'मार्फ लोकप्रिय अभिनेता, लोकप्रिय अभिनेत्री र लोकप्रिय टेलिचलचित्र छान्ने जिम्मा दर्शकलाई दिइएको छ ।
'यस्तो किमिसको अवार्ड हामीले मुलुकमै पहिलोपटक आयोजना गर्न लागेका हौं,' शुक्रबार साँझ राजधानीमा आयोजित प्रेस भेटघाटमा  मञ्चका महासचिव बाबुराजा केसीले भने, 'टेलिभिजनका कलाकारले पनि राज्यका लागि महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेकाछन् ।्
त्यसको मूल्यांकन राज्यबाट भएको देखिएन । त्यसैले हामी यो अवार्ड गर्न बाध्य भएका हौं ।'
प्रेस भेटघाटमा र्सार्वजनिक गरिएका विधामा सामाजिक चेतनामुलक तथा हाँस्य शृंखलातर्फकथा, पटकथा, संवाद, टेलिचलचित्र, अभिनेता, अभिनेत्री, निर्देशक, चरित्र अभिनेता तथा अभिनेत्री, निर्देशक, बालकलाकार, छायाँकार र सम्पादक छन् ।
त्यस्तै, शृंगार, प्रकाश,
म्युजिक भिडियो -लोक, दोहोरी, आधुनिक-पप, निर्देशक र मोडल)लाई पनि
अवार्ड दिइनेछ ।   
'लाइफ टाइम एचिभ्मेन्ट'को अवधारणासमेत ल्याइएको 'टयाफोन मिडिया अब टेलिअवार्ड'मा कालजयी विधाअर्न्तर्गत २०४१-२०५० र २०५१-२०६० गरेर सम्मान प्रदान गरिने छ ।  
महासचिव केसीले केही वर्षघिसम्म सरकारी स्वामित्वको नेपाल टेलिभिजनमात्र भएको अवस्था स्मरण गर्दै थपे, 'अहिले स्थिति त्यस्तो छैन । स्वदेशी टेलिभिजन च्यानलहरू दिन प्रतिदिन खुलिरहेका छन् । यस्तो अवस्थामा प्रतिस्पर्धा पनि बढिरहेको छ । त्यसैको सही मूल्यांकन होस् भनेरै यो अवार्डको जन्म भएको हो ।' उनका अनुसार अबदेखि यो अवार्ड प्रत्येक वर्षप्रदान गरिने छ ।
सरकार नियन्त्रित टेलिभिजन र निजी टेलिभिजनबाट प्रसारित सबै कार्यक्रम अवार्डका लागि समावेश गर्न नसकेको पनि केसीले स्पस्ट पारे ।
उनले भने, 'हाम्रो पहिलो प्रयास भएकाले सबैलाई समेट्न नसकेका हौं ।' दोस्रो चोटीबाट एक वर्षभत्र प्रसारण भएकालाई मात्र पुरस्कारका लागि छानिने छ ।' उनले क्रमिकरूपमा पुरस्कारका विधा थपि“दै लगिने पनि जनाए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी