२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

बजार पाएन गुरुङ चलचित्रले

कास्की/ अचेल पोखरा गुरुङ चलचित्रको राजधानीको रूपमा चिनिन थालेको छ । पोखरामा मात्रै गुरुङ भाषाका करिब पाँच दर्जन चलचित्र निमार्ण्र्ााइसकेका छन् । लगानीका हिसाबले पनि पाँच करोड रुपैयाँ लगानी गरिसकेका छन् गुरुङहरूले ।
   गुरुङ भाषीका चलचित्र स्थानीय बजारमा त लोकप्रिय छन् नै । अन्तराष्ट्रिय महोत्सवमा समेत अवार्डका हकदार हुन लागेको छ । अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सवमा माओत्से गुरुङको चलचित्र 'कृपा' ले अवार्ड हात पारेको थियो । यही नगरीमा गुरुङ जातिको भाषा, संस्कृति तथा कथावस्तुलाई आधार बनाएर चलचित्र निमार्ण्र्ाार्नर्ुपर्छ भनेर लागेका व्यक्ति हुन माओत्से गुरुङ ।  
चलचित्रकर्मीकै हकहितका लागि 'गुरुङ फिल्मस् एशोसियसन' खोलिएको छ । गुरुङ चलचित्र, निमार्ण्र्ााकलाकारलाई तालिम र महोत्सव आयोजना गरेर भाषाको पहिचान दिलाउने उद्देश्यले संस्था  गठन गरिएको माओत्से गुरुङको भनाइ छ ।  गुरुङ फिल्मस् एशोसिएसनले २०६५ सालमा पोखरामा गुरुङ फिल्म मेलासमेत आयोजना गर्‍यो ।
करिब १५ वर्षेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका माओत्से गुरुङ, आफ्नो जातिहरूको मात्र होइन, स्थानीय स्तरमा नेपाली चलचित्रका पनि ज्ञाता मानिन्छन् । माओत्से, आफ्नो जातिगत चलचित्रप्रति नेपाल सरकारको मातहतमा रहेको चलचित्र विकास बोर्डप्रति रुष्ट छन् । 'हालसम्म यो क्षेत्रबाट बनेका सिनेमाको  संख्या एक सय नाघिसकेको  छ । तर, दर्ताको हिसाबले भने पाँचवटा चलचित्रले मात्रै चलचित्र विकास बोर्डमा स्थान पाएका छन् ।' माओत्से भने,' पोखरबाट बन्ने गुरुङ सिनेमा प्रति यतिसम्म सरकारी भेदभाव छ भन्ने तथ्य यसैबाट प्रस्ट हुन्छ ।' प्रशस्त गुरुङ फिल्म बनिरहे पनि मैथली र भोजपरी सिनेमाले जस्तो गुरुङ सिनेमाले बजार नपाएको उनले गुनासो गरे । त्यसरी बजार नपाउनुमा आफूहरू नै कमजोर रहेको पनि उनले प्रस्ट पारे ।
पोखरामा बसेर सबैभन्दा धेरै गुरुङ सिनेमा बनाउने अर्का सिनेकर्मी हुन्  निर्देशक प्रितम गुरुङ । गुरुङले  सिनेमाको अवस्थाबारेे भने,' गुरुङ भाषा, संस्कृति तथा पहिचानलाई र्सार्वजनिक गर्ने माध्यम गुरुङ चलचित्र बनेको छ । तर, बजार व्यवस्थापन अझै उपयुक्त हुन नसकेको र प्राविधिक हिसाबले पनि कमजोर भएकाले गुरुङ सिनेमाले ठूलो बजार लिन सकेको छैन ।'  
 पोखराका दिल गुरुङ, मनिराज गुरुङ, भीम गुरुङ, गणेश गुरुङले पनि गुरुङ चलचित्र निमार्ण्र्ााई निरन्तरता दिइरहेका छन् । यसको आन्तरिक व्यवस्थापनमा कमजोरी हुँदा अपेक्षाकृत ढंगले बजार विकास हुन नसकेको यिनीहरूको भनाइ छ । गुरुङ सिनेमालाई अब संख्यात्मकभन्दा पनि गुणात्मकरूपमा अगाडि बढाउनु पर्नेमा उनीहरूले जोड दिए ।
             अनिल अधिकारी

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी