© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
लक्ष्मी सापकोटा/राजधानी
काठमाडौं, २३ माघ
कृषि क्षेत्रमा गरिएको अनुसन्धानमध्ये ५० प्रतिशत प्रविधि प्रयोगविहीन अवस्थामा छन् ।
त्यस्ता प्रविधि कृषकको पहुँचसम्म पुग्न नसकेका कारण प्रयोगविहीन अवस्थामा पुगेका हुन् । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान -नार्क)ले कृषि क्षेत्रमा नयाँ प्रविधि पत्ता लगाएको छ । आर्थिक अभावले कृषकसमक्ष लान नसकेको नार्कका वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद पौड्यालले बताए । पौड्यालका अनुसार वाषिर्क दर्ुइदेखि तीन सय प्रविधि पत्ता लाग्ने गर्छ ।
बजेट अभावका कारण त्यस्ता प्रविधि केन्द्रमा नै सीमित रहेको वैज्ञानिक पौडेल बताउँछन् । चालू आर्थिक वर्षा नार्कका लागि ५८ करोड रकम छुट्याइए पनि अनुसन्धानतर्फ१० करोड रकम मात्र छुट्याइएको छ । बाँकी रकम कर्मचारी तलब-भत्ता र भवन मर्मतका लागि खर्च हुने पौड्यालले जानकारी दिए ।
दर्ुइ-तीन वर्षलगाएर प्रविधि पत्ता लग्ााइए पनि त्यस्ता प्रविधि कृषकका लागि उपयोगविहीन बन्दै गएका छन् । नार्कले खाद्यान्न, पशुपन्छी, बागवानी, कीट, माटोलगायतका अन्य क्षेत्रमा अनुसन्धान गर्दे आएको छ ।
पत्ता लगाएको प्रविधि लिएर ग्रामीण क्षेत्रमा वैज्ञानिकहरू जान सक्ने वातावरण नभएकाले प्रविधिमा दुरुपयोग हँुदै गएको कीटविज्ञान महाशाखाका वरिष्ठ प्राविधिक पर्ूण्ादास धौवबी श्रेष्ठ बताउँछन् । उनका अनुसार प्रविधि प्रयोगविहीन बन्दै गएपछि अनुसन्धानकर्तामा मनोबल घट्दै गएको छ ।
खाद्यान्नमा पत्ता लगाएका प्रविधि कम मात्रामा कृषकसमक्ष पुग्न सके पनि अन्य प्रविधि पुग्न सकेका छैन ।
नार्कले पत्ता लगाएको नयाँ प्रविधि कृषि विभागका जिल्ला
कृषि विकास कार्यालयमार्फ किसानसमक्ष पुग्ने गर्छ । त्यस्ता प्रविधि किसानसमक्ष पुर्याउने जिम्मेवारी पाएको कृषि विभागले बजेट कम भएकाले प्रचारप्रसार गर्न नसकेको बताइएको छ ।
समग्र कृषि क्षेत्रमा नै
कम बजेट भएकाले कृषकको मागअनुसार प्रविधि पुर्याउन नसकेको कृषि विभाग योजना शाखाका उपमहानिर्देशक विष्णु अर्यालले बताए ।
धान, गहुँ र मकैका उन्नत जातका बिउहरू कृषकसमक्ष पुगे पनि अन्य प्रविधि पुग्न नसकेको तर्क उपमहानिर्देशक अर्यालको छ ।
प्रविधि विस्तार गर्न दक्ष जनशक्तिको अभावले समयमा किसानसमक्ष प्रविधि पुग्न नसकेको पनि उनले बताए । चालू आर्थिक वर्षा किसानसमक्ष नयाँ प्रविधि किसानसमक्ष पुर्याउन ७७ करोड रकम विनियोजन गरिएको छ । स्थानीय निकायमा बढी बजेट विनियोजन गरिएको र कृषि बजेट कम छुट्याइएकाले प्रविधि किसानसमक्ष पुर्याउन कठिन परेको उनले बताए ।
Comments0
Leave Comments