© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
राजधानी समाचारदाता
काठमाडौं, २३ माघ
सातामा सुनको मूल्यमा एक हजार पाँच सय रुपैयाँले मूल्यवृद्धि भएको छ ।
नेपाल राष्ट्र बंैकले सुन आयातमा रोक लगाएपछि अन्तर्रर्ााट्रय बजारको तुलनामा स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको हो ।
यो अवस्थाले अझ मूल्य बढ्न सक्ने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवासायी संघका अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
सुन आयात रोकिएपछि बजारमा सुनको केही अभाव देखिएको छ । विवाहको समय सुरु हुन थालेपछि मागमा भएको वृद्धिले बजारमा सुनको केही अभाव भएको संघले बतायो ।
बजारमा सुन अभाव हुन थालेपछि व्यवसायीले हयान्डक्यारीमार्फ सुन ल्याउने तयारी गरिरहेेको संघका अध्यक्ष शाक्य बताउँछन् ।
सामान्यतया हयान्डक्यारीमार्फ १५ देखि २५ केजीसम्म सुन ल्याउन सकिन्छ । साताको पहिलो दिन प्रतितोला छापावाल सुन ३१ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा साताको अन्तिम दिन ३२ हजारमा पुगेको छ ।
सुन अभाव
सरकारले बैंकिङ प्रक्रियाबाट सुन आयातमा रोक लगाएपछि कपिलवस्तु र आसपासमका बजारमा सुनको अभाव देखिएको छ । सरकारी तवरबाट सुन नआउने भएपछि छिमेकी मुलुक भारतबाट अवैध रूपमा सुनको आयात हुन थालेको व्यापारीहरू बताउँछन्
अवैध रूपमा भारतबाट नेपालमा सुन ल्याएर बिक्री-वितरण हुन् थालेपछि सुनको मूल्य पनि अन्तर्रर्ााट्रय बजारको तुलनामा महँगो पर्न थालेको छ ।
विवाहको लगनका बेला बजारमा सुनको अभाव भएपछि आम उपभोक्ता कालो बजारियासँग मोटो रकम तिरेर सुन किन्न बाध्य भएका छन् ।
सुन खरिद गर्न छिमेकी मुलुक भारतसँग आश्रति हुनुपरेपछि सुनव्यापारीलाई भारत गएर सुन खरिद गर्न आवश्यक भारतीय नोटको समेत अभाव हुन थालेको छ । जसका कारण भारतीय नोटको पनि अवैध कारोबार सुरु भएको छ । बजारमा अहिले सहज रूपमा भारतीय नोट पाउन छाडेको छ भने भारतबाट सुन आयात गर्न भारतीय मुद्राको माग बढेपछि एक सय भारु साट्न एक सय ६३ देखि एक सय ६५ सम्म तिर्नुपरेको व्यावसायी बताउँछन् ।
सरकारी नीतिका कारण स्थानीय बजारमा सुनको मूल्यमा भारतमा भन्दा नेपालमा प्रतितोला पाँच हजारको हाराहारीमा महँगो पर्न थालेको छ । अवैध रूपमा एक केजी सुन भारतबाट नेपाल ल्याउँदा डेढ लाख जति नाफा हुने बताइन्छ ।
Comments0
Leave Comments