© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
राजधानी समाचारदाता
काठमाडौं, २३ माघ
लामो समयदेखि निराशाजनक अवस्थामा रहेको सेयर मूल्य घट्ने क्रम जारी छ । लगानीको वातावरण विकास हुन नसक्दा लामो समयदेखि बजारमा बियरिस टेन्ड देखिएको छ ।
बंैक तथा बित्तीय संस्थाले चालू आर्थिक वर्षो ६ महिने आयव्यय विवरण र्सार्वजनिक गर्न थालेकाले आगामी दिनमा सेयर कारोबार बढ्न सक्ने अपेक्षा गरिएको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय कम्पनीको कारोबार भएको छ । त्यस्ता कम्पनीमध्ये चार हजार ६ सय २७ कारोबारबाट १६ करोड ६१ लाख ४२ हजार रुपैयाँबराबरका तीन लाख ३२ हजार ६ सय कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकममा गत साताको तुलनामा शून्य दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको स्टक एक्स्ाचेन्जले जनाएको छ ।
गत साता पाँच हजार एक सय ३७ कारोबारबाट १६ करोड ६० लाख २४ हजार रुपैयाँबराबरका तीन लाख ५१ हजार ६ सय कित्ता सेयरहरू खरिद-बिक्री भएका थिए । कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीको नौ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५४ दशमलव १८ प्रतिशत हो ।
सेयर बजारमा अधिकांश समय 'क' वर्गकै कम्पनीको कारोबार हुने गरेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० दशमलव ९४ अंकले ह्रास भई अन्तिम दिन पाँच सय १ दशमलव ४० विन्दुमा पुगेको छ ।
यसैगरी, समूहगत परिसूचकको उतारचढावलाई हर्ेदा 'क' वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ८९ अंकले ह्रास आई एक सय २२ दशमलव ९२ अंकमा पुगेको छ ।
यस साता तीन करोड चार लाख रुपैयाँको सेयर किनबेच भएर स्ट्यार्न्र्डड चार्र्टर्ड बैंंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । सेयर संख्या र कारोबार संख्याका आधारमा भिबोर विकास बैंक अग्रस्थानमा रहेको छ ।
अघिल्लो साताझंै यो साता कुनै पनि ऋणपत्रतर्फो कारोबार हुन सकेन । सातामा ६ कम्पनीको सेयर सूचीकरण भएको छ ।
सूचीकरण भएका कम्पनीहरूमा महाकाली विकास बैंकको दर्ुइ लाख कित्ता साधारण सेयर, गुडविल फाइनान्सको ५९ हजार आठ सय कित्ता बोनस सेयर, सोही फाइनान्सको १७ लाख कित्ता हकप्रद, एनआईसी बैंकको १७ लाख १० हजार कित्ता, साल्ट ट्रेडिङ कर्पोरेसनको ४३ हजार कित्ता र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको दर्ुइ कित्ता बोनस सेयर सूचीकरण भएको स्टक एक्स्ाचेन्जले जनाएको छ ।
Comments0
Leave Comments