२०६६ - फागुन - २९ | 13, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

डिजेल अभाव सहन उपभोक्ता बाध्य

सुभाष न्यौपाने/राजधानी
काठमाडौं, २३ माघ
डिजेलको मागमा भएको अत्यधिक वृद्धिले उपभोक्ता अभाव सहन बाध्य छन् ।
नेपाल आयल निगमले आवश्यकता अनुसार डिजेल आपर्ूर्ति गर्न नसक्दा उपभोक्ता अभाव सहन बाध्य भएका हुन् ।
डिजेल अभावले र्सार्वजनिक सवारीसाधन र लघु व्यवसाय पनि प्रभावित भएको छ । यसको अभावले पेट्रोल पम्पमा इन्धन भर्न भीड लाग्ने क्रम सुरु भएको छ ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव शरद भण्डारीले उपभोक्ताको मागअनुसार डिजेल वितरण गर्न नसकिएको स्वीकार गरे ।
लोडसेडिङका कारण जेनेटर सञ्चालन गर्नेले पनि ठूलो मात्रामा डिजेल खरिद गरिरहेका छन्,' महासचिव भण्डारीले भने, 'निगमले नोक्सानी देखाएर आपर्ूर्ति कटौती गरिरहेको छ ।'
निगमले राजधानीमा  दैनिक चार सय किलोलिटर डिजेलको माग हुने अपेक्षाविपरीत खपत वृद्धि भइरहेकाले अभाव भएको जनाएको छ । निगमका कार्यकारी निर्देशक दिगम्बर झाले उपभोक्ताले सञ्चय गर्ने बानीका कारण डिजेलमा सामान्य अभाव भएको बताए । उनले पनि यसको खपत अत्यधिक वृद्धि भएकाले आपर्ूर्ति व्यवस्थापन चुनौतीपर्ूण्ा भएको बताए ।
एसोसिएसनका महासचिव भण्डारीले राजधानीमा लोडसेडिङ समस्या बढ्दै जाँदा डिजेलको खपत अझ वृद्धि हुने जानकारी दिए । उनले यतिखेर दैनिक सात सय किलोलिटर डिजेल आवश्यक पर्ने बताए । उनले खपत बढाउन नसकिए बढ्दै गएको लोडसेडिङले गर्दा औद्योगिक प्रयोजनमा जेनेटर सञ्चालनका लागि यसको खपत अझ बढ्ने बताए ।
यातायात व्यवसायी डिजेलको अभावले र्सार्वजनिक यातायात ठूलो मात्रामा प्रभावित हुन थालेको गुनासो गरिरहेका छन् । र्सार्वजनिक यातायातमा पनि लामो दूरीको सवारीसाधनले बढी समस्या भोगिरहनुपरेको उनीहरूको भनाइ छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाले निगमले लामो दूरीका सवारीसाधनका लागि 'अपायक' ठाउँका पेट्रोलपम्पमा डिजेल दिने गरेको बताए । उनले यथेष्ट डिजेल वितरण गर्न नसकेको निगमले पहँुचवाला पेट्रोलपम्पको स्वार्थमा र्सार्वजनिक सवारीसाधन सञ्चालन हुनेभन्दा लामो दूरीमा इन्धन दिने गरेको आरोप लगाए । उनले पेट्रोलपम्पले रात परेपछि मात्र इन्धन बिक्री-वितरण गर्ने हुनाले खरिद परिणाममा इन्धन चुहावट हुने गरेको जिकिर गरे ।
यातायात व्यवसायीले नयाँ बसपार्कदेखि कलंकी र गौशालादेखि कोटेश्वर क्षेत्रका पेट्रोलपम्पमा डिजेल दिएर लामो दूरीका यातायातका लागि निश्चित कोटा दिने सहमति उल्लंघन भएको गुनासो गरिरहेका छन् । महासंघका महासचिव डोलनाथ खनालले लामो दूरीका सवारीसाधनले सहज ढंगले इन्धन नपाए  यातायात व्यवसायी र मजदुरले बाध्यात्मक कदम चाल्ने बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी