© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २३
राजधानी समाचारदाता
काठमाडौं, २३ माघ
त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरूको अभिलेख दिन नसक्दा शिक्षा मन्त्रालयले वृद्धि तलब रोक्का गरिदिएको छ ।
सरकारले गत असारमा वृद्धि गरेको १० प्रतिशत तलबमान रोकिदिएको हो । विश्वविद्यालयमा कार्यरत करिब १५ हजार शिक्षक र कर्मचारीको अद्यावधिक गरिएको तथ्यांक मन्त्रालयलाई बुझाउन नसक्दा करिब ४२ करोड रुपैयाँ रोकिएको हो । त्रिवि शिक्षक र कर्मचारीहरूले गत असारदेखि वृद्धि भएको रकम पाएका छैनन् ।
विश्वविद्यालय अनुदान आयोगले रकम स्वीकृत गरी शिक्षा मन्त्रालय पठाएको रकमलाई शिक्षा मन्त्रालयबाट रोकिएको त्रिवि रजिस्ट्रार डा. भीमराज अधिकारीले जानकारी गराए । 'हामीले मन्त्रालयमा ताकेता गरेका छौं, तर किन मन्त्रालयले ढिलो गरेको हो, हामी नै छक्क परेका छौं,' डा. अधिकारीले राजधानीसँग भने ।
विश्वविद्यालयका पदाधिकारीले शिक्षकर्/कर्मचारीको वृद्धि भएको रकमसमेत खुवाउन नसकेको भन्दै त्रिवि कर्मचारी संघले २६ माघदेखि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । त्रिविमा कार्यरत कर्मचारी/ शिक्षकको अभिलेख बुझाएर रकम लैजान सकिने भए पनि त्रिविले सो काम नगरेकाले ढिलाइ भएको शिक्षा मन्त्रालयका एक सहसचिवले बताए । 'त्रिविलाई दिने रकम रोक्ने पक्षमा छैनौं, तर नियमअनुसार त चल्नुपर्यो नि †' ती अधिकारीले भने । रकम निकासामा त्रिवि पदाधिकारीले नै चासो नदिएको उनको आरोप छ ।
त्रिविअर्न्तर्गत आंगिक ६० क्याम्पस र केन्द्रीय कार्यालयमा गरी करिब १५ हजार शिक्षक कर्मचारी कार्यरत रहेको जनाए पनि हालसम्म कहाँ कति र कुन पदमा छन् भन्ने अद्यावधिक गर्न नसकेको त्रिवि कर्मचारी संघका अध्यक्ष भोजकुमार बस्नेतले बताए । उनले भने, 'विचरा पदाधिकारी जिम्मेवार नभएका कारण कर्मचारी/शिक्षकले सरकारबाट पाएको सुविधा पनि समयमा पाएनौं ।'
त्रिविका पदाधिकारीमा राजनीतिक दलहरूले भागबन्डा गरेपछि समस्या आएको भन्दै अध्यक्ष बस्नेतले पदाधिकारीको कार्यक्षमतामै प्रश्न उठेको बताए । बस्नेतले सरकारले दिएको रकम ल्याएर आफ्ना कर्मचारी र शिक्षकलाई सुविधा दिन नसक्ने पदाधिकारीहरू आफ्नो चार वर्षो कार्यकाल लम्ब्याउन र सुविधा भोगका लागि मात्र पदमा बसेको आरोप लगाए ।
त्रिविमा उपकुलपति प्रा.डा. माधवप्रसाद शर्मा, शिक्षाध्यक्ष डा. र्सर्ूयलाल अमात्य र रजिस्ट्रार डा. भीमराज अधिकारी क्रमशः एमाले, काग्रेस र माओवादीको सिफारिसमा नियुक्त भएका हुन् । पहिलोपटक राजनीतिक कोटाबाट पदाधिकारी बनेका तीन पदाधिकारीले त्रिविको शैक्षिक गुणस्तर र हितका लागि काम नगरेको भन्दै कर्मचारीले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने घोषणा गरेपछि आइतबार वार्तामा बोलाएको बस्नेतले जानकारी दिए ।
त्रिवि रजिस्ट्रार डा. अधिकारीले कर्मचारीका जायज माग पूरा गर्न आफूहरू सहमत भएको भन्दै मन्त्रालयमा रोकिएको रकम तत्काल निकासाका लागि पहल गर्नेसमेत जनाए । 'चार महिना भयो त्रिविबाट पत्र लखेेको, तर मन्त्रालयले केही थाहा नपाएको झैं गरी रकम रोकेको छ,' उनले भने, 'रकम निकासाका लागि गत साता पनि मन्त्रालयसँग छलफल भएको हो ।' र्
कर्मचारी संघले वृद्धि भएको रकम पाउनुपर्नेलगायतका १५ बँुदे माग अघि सारेको छ । आफ्ना मागबारे त्रिविले कुनै पहल र सम्बोधन नगरे पदाधिकारी बहिष्कार अभियानसहितको आन्दोलन गर्ने उनीहरूले जनाएका छन् ।
Comments0
Leave Comments