© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २२
हरिदेवीलाई
"माछापुच्छ्रे नुहाइदिने मनकी मेरी फेवा ।
अर्को जुनी हुन्छ भने यहीं जन्माइ दिनु ।।
आज भोलि बैदामेले गर्दैनकिमाया ।
पहिलाजस्तो देखिन्नकि माछापुच्छ्रे छायाँ ।।"
पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर........... हरिदेवी कोइरालाको बहुचर्चित गीतको लाइन हो । नेपाल र नेपालीको अवस्था अनुकूल र आम संगीत प्रेमीको मानस पटलमा बस्न सफल गीत गाउँछिन् उनी । यही गीतले उनलाई कोइली देवीको परिचयसमेत दियो ।
सुन्दर नगरी पोखरामा जन्मेकाले पनि होला, साहित्य लेखन तथा लोक गायन क्षेत्रमा उनको छवी उँचो रह्यो । पोखरा ६ बैदाममा २०१५ साल चैत्र १७ गते जन्मेकी थिइन् उनी । २०२९ सालदेखि लेखन तथा गायन क्षेत्रमा प्रवेश गरेको बताछिन् ।
अहिले उनी यो देशको सम्मानित स्रष्टाका रूपमा परिचित छिन् । हरिदेवीका गीत मायाप्रीतिका भन्दा पनि भजन, बालगीत, राष्ट्रिय गीत, नेपाल र नेपालीको गरिबी अनुकूलका गीत छन् । उनले स्वं. लोककवी अलिमियाँका अधिकांश गीत गाएकी छिन् । नेपालको मौलिक संस्कृति, परम्परालाई दह्रोसँग स्थापित गरेकी कोइरालाले कहिल्यै समाज प्रतिकूल भएर गाइनन् ।
मानिस जिउँदो हुँदा खोजी खन्तर नगर्ने अनि मृत्यु परान्त सम्मान गर्ने नेपालको चलनले होला हरीदेवीजस्ता कलाकारलाई राष्ट्रले अझै दिनुपर्नेजति सम्मान नगरेजस्तो लाग्छ । १४ वर्षो उमेरदेखि उनिले साहित्य तथा गायनमा दह्रोसँग आफूलाई उभाउन सफल भइन् । भन्छिन्, 'विद्यार्थी जीवनमा मामा घर, जाने बहानामा साहित्य लेख्ने गर्थें ।' उनको पालामा छोरीचेलीले गीत गाएको राम्रो मान्दैनथ्यो, नेपाली समाजले । उनी भन्छिन्, 'मैले प्रयाशः नगरेको भए यो स्थानमा आउँदिनथिएँ ।'
१४ वर्षै हुँदा लेखनाथ नगरपालिकाको साहित्यिक कार्यक्रममा कविता वाचन गरेको अनुभव ताजै छ, उनको मानसपटलमा । अझ रमाइलो कुरा के भने त्यही साहित्य वाचन गर्ने कार्यक्रमका लािग एउटा कविता लिएर पुगेकी हरिदेवीलाई एक्कासी सभापति बनाइ दिएपछि उनी अचम्ममा परेकी थिइन् । त्यही घटना उनका लागि थप प्रेरणा स्रोत बनेको थियो । २०४० सलामा राष्ट्रिय कलाकार बनेर अगाडि आउनर्ुपर्छ भनेर प्रेरणा दिने साहित्यकार कुलबहादुर केसी र मुकन्द शरण उपाध्यायलाई कहिल्यै बिर्सन्नन्, उनी ।
फेवातालको पानी, रानी वनको सुसेली उनका लागि त्यतिबेलाका पुस्तक तथा तालिम बने । अहिले पोखरामा हुने साहित्यक कार्यक्रममा प्रमुख अतिथि वा कार्यक्रमकी केन्द्र बन्ने गरेकी छिन्, कोइराला । भन्छिन्, 'अहिलेजस्ता पाठशाला थिएनन्, हामीले सिक्ने भनेको हामीभन्दा अगाडिका स्रष्टाबाटै हो ।'
पोखरामा साथीभाइसँग बाख्रा हर्ेने वा खेल्न बहानामा जाँदा सल्लेरी सुसाएको धुनले कविता लेखिन्थ्यो । उनले कुनै न कुनै गीत गाइहाल्ने वा कविता कोरिहाल्ने उनका समकक्षी बताउँछन् । सादा जीवन उच्च विचार उनका मार्ग निर्देशन हुन् । उनका करिब एक सय ५० भन्दा बढी तिजका गीत रर्ेकर्ड भएका छन् भने ६६ वटा क्यासेट, पाँचवटा साहित्यिक कृति बजारमा आइसकेका छन् ।
नेपालको संस्कृति बचाउने जिम्मा लिएको अनुभव दिमागमा राखी राखेकाले पनि हुनसक्छ उनले कहिलै पनि आफूलाई व्यावसायिक रूपमा उभाइनन् । व्यावसायिक रूपमा उभाएको भए सायद आज पोखरामा धनी वर्गको लिस्टमा हरिदेवी हुनेथिई होला । राष्ट्रको संस्कृति बचाउनर्ुपर्छ, साहित्यको विकास गर्नर्ुपर्छ, आफूसँग भएको क्षमतालाई उँचो राख्नर्ुपर्छ भन्ने मान्यता थियो, उनको ।
गाएवापत आफूले पाउने पारिश्रमिक पनि हरिदेवी कोइराला संगीत सम्मान कोषमा दिन्छिन्, उनी । कुनै पनि कार्यक्रममा बाटा खर्च भनेर दिए भने पनि उनले आफ्नो पारिश्रमिक त्यही कोषलाई दिने गरेको उनका श्रीमान् रामबहादुर कोइराला बताउँछन् । श्रीमान्को भरपुर सहयोग नभएको भए हरिदेवी सायद यो स्थानमा आउने थिइनन्, होला ।
२०४० सालमा पहिलो गीत रर्ेकर्ड गराउँदासमेत उनका श्रीमान्सँगै थिए । 'दुवैजना जागिरे, छुट्टी मिलाएर रात्रि बसमा गइयो घरका छोराछोरीलाई होटलमा खाना खान लगाएर गीत रर्ेकर्ड गराएर आएका हौैं,' श्रीमान् रामबहादुरले राजधानीसँगको भेटमा भने, 'श्रीमतीको प्रतिभालाई उजागर गर्ने जिम्मा मेरो काँधमा परेजस्तो लाग्यो त्यही भएर मैले त्यो जिम्मेवारी पूरा गर्दै आएको छु ।' रामबहादुरले अहिले पनि पोखरामा हुने कार्यक्रममा हरिदेवीलाई मोटरसाइकलमा पछाडी राखेर हिँडाल्छन् ।
पोखरामै स्थापित चार दर्जनभन्दा बढी सामाजिक संघ/संस्थामा काम गर्छिन्, उनी । काम गर्दाका अनुभव सुनाउँदै कोइराला भन्छिन्, 'घरकी बुहारी/श्रीमती/आमा सबैको भूमिका मैले नै निर्वाह गर्नुपथ्र्यो ।' साहित्य तथा गायनका विषयमा तारतम्य मिलाउनु कम्ती गार्हो थिएन ।' स्कुल जीवनमा गाउन र लेख्नमा केही सहज भए पनि । रर्ेकर्ड गराएर काम गर्नु अप्ठ्यारो थियो । एकपटक गीत रर्ेकर्ड गराएर नहुने अनि रर्ेकर्डका लागि पनि काठमाडौं धाउनुपर्ने ।
उनका फ्यानहरूले भेटेपछि गीत गाइदिनुस् भन्छन् रे । उनको अनुभवमा पोखरामा हुने अधिकांश कार्यक्रममा गीत गाउन अनुरोध गर्छन् आयोजक संस्थाका पदाधिकारी ।
अहिले समाज फैलिएको विकृत्रि्रति हरिदेवीको ठूलो गुनासो छ । 'समाजका सक्रिय युवाहरू बाहिरिँदै छन् । यो राम्रो होइन । यस्तो पाराले देश बन्दैन । हाम्रो देशका सम्पर्ूण्ा युवा, समुदायले त्यसतर्फध्यान दिनर्ुपर्छ,' उनी थप्छिन्, 'साहित्य र गायन क्षेत्रमा पनि विकृति थपिँदै छ ।'
अनिल अधिकारी/राजधानी
जamचयबलष्२निmबष्।अिomेन्द्र केसी/राजधानी
Comments0
Leave Comments